- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Sunday 5 February 2012

आलेख- 'केस्रा' संक्षिप्त परिचय

              नेपाली साहित्यमा "केस्रा" विधा
शब्द / अर्थ -केस्रा/केस्रो - (ना.) फलफूल (सुन्तला आदि) -को भित्र पट्टिको तह वा टुक्रा । - 'सरल नेपाली शब्दकोश' -२०६२
केस्रा/केस्रो - (ना.) सुन्तला आदि फलको भित्र पट्टिको खण्ड खण्ड परेको भाग वा टुक्रा । - 'राष्ट्रिय नेपाली शब्दकोश' बहुभाषी शब्दकोश -२०६३

केस्रा - सुन्तला, कागती, भोगटे जस्ता रेसादार फल र लसुनको पोटीमा रहेका सजिलै छुट्टिने एउटा खण्ड।- 'समकालीन नेपाली शब्दकोश'-www.nepalisabdakos.com

केस्रा/केस्रो - (ना.) सुन्तला आदि फलको बोक्राको भित्र पट्टि रहने पातलो बोक्रासमेत भएको खण्ड-खण्ड परेको टुक्रा, मांशपेशीमा रहेको धागाका आकारको तह । - 'रत्न नेपाली शब्दकोश' -२०६२

परिभाषा -
        यथार्थ जीवनको कुनै एक अवश्थामा हुने एक अनुभूति तथा एक दृष्टिकोणको अभिव्यक्ति अथवा कुनै पनि पूर्ण विषयवस्तुमा हुने कुनै एक खण्ड वा कुनै एक अंशलाई मात्र सूक्ष्म पहिचान गरि सोहि पक्षमा मानवीय संवेदना तथा संवेगबाट साहित्यमा उत्पन्न हुने भाव वा रसको एक पक्षको अभिव्यञ्जना नै 'केस्रा' हो ।
विषय वस्तुको छनौट :
        सामान्य भाषामा केस्रा भन्नाले कुनै पनि फलको पोटि अथवा खण्ड अथवा भाग हो,साहित्यमा पनि केस्रा भन्नाले कुनै विषय वस्तुको एक खण्ड वा भाग नै हो,जसरि सुन्तलालाई केलाउदा केस्रा बन्छ, केस्रामा विभाजित भएर पनि सुन्तलाको गुण,विशेषता आदि मै निहित हुन्छ,यो तितो,टर्रो,अमिलो कदापि हुँदैन,यसको
परिमाणमा भने फरक हुने गर्दछ,सुन्तला पूर्ण हो भने केस्रा त्यसको सानो अंश हो,यसरि नै साहित्यमा पनि कुनै विषयको बहुरूप हुने गर्दछ,जस्तै:- 'माया''विषयमा विभिन्न मानवीय संवेदना तथा संवेगहरुको अनेक अनुभूति हुने गर्दछ,जस्तो:- माया+सुखानुभूति/माया+घृणा/ माया+शंका/ माया+त्याग/माया+उत्साह आदि यी ''माया'' विषय वस्तुको विभिन्न पक्षहरु हुन्,रचनाकारहरुले ''माया'' विषयको कुन पक्षमा लेख्ने हो,त्यो पक्षलाई तय गरेर त्यसैलाई प्राथमिकता दिएर लेख्नु पर्दछ,यहाँ हामीले बुझ्नु पर्ने के हो भने कुनै पनि फलको स्वाद प्रत्येक केस्रामा एउटा नै हुन्छ, तर साहित्य सृजनामा एउटा विषयमा विभिन्न केस्रा वा पक्ष हुन्छन र अनेक स्वादमा,यसलाई हामीले एक विषय वस्तुको अनेक स्वाद मध्ये कुन एक स्वादमा लेख्ने भनेर निराकरण गरेर लेख्नु पर्दछ, कुन विषयमा लेख्न लागिएको हो त्यसको विभिन्न पक्षलाई पहिचान गरि ति मध्ये एक पक्षलाई ज्यादा प्राथमिकता दिएर लेख्नु पर्दछ /
उदाहरण:-

‎'प्रणयपीडा'
पीडा छ छातीमा ओठमा हाँसो
कसरी साँचू म महँगो नासो > पहिलो र दोश्रो हरफ= उठान ]

उसैको बाटोमा बिच्छ्याएँ आँखा
मन् भाग्यो जोसँग, राख्दैन चासो > तेश्रो र चौथो हरफ=विश्राम ]


उसैलाई सुम्पन साँचेको हाँसो
बन्ने पो हो कि यो गलाको पासो / > पाँचौ र अन्तिम छैटौ हरफ=बैठान ]
- भक्ति प्रसाद पौड्याल
[ प्रयुक्त केस्राको प्रत्येक हरफमा पूर्ण "एघार व्यञ्जनवर्ण " सामेल छन् / केस्रा विधाको मान्यता अनुसार आधा व्यञ्जनवर्ण र हलंत व्यञ्जनवर्णको गणना हुँदैन/ साथै प्रत्येक हरफमा एक स्वरवर्णको गणनामा छुट रहेकोछ,जसलाई आवश्यकता परे गन्न वा नगन्न पनि सकिन्छ /]
निष्कर्ष
        उल्लेखित सृजनाको प्रमुख विषय वस्तु वा फल भनेको "सम्बन्ध"हो, "सम्बन्ध" विषयसंग सम्बन्धित अनेक मानवीय संवेदना तथा संवेगहरु हुने गर्छन/जस्तै:- सम्बन्ध+विश्वास/ सम्बन्ध+ घात/ सम्बन्ध+माया/ सम्बन्ध+पीडा/ सम्बन्ध+डर/सम्बन्ध+खुलदुली...इत्यादी, यी सबै "सम्बन्ध"विषयको पक्षहरु हुन् तथा उक्त फलको केस्राहरु हुन् / प्रयुक्त केस्रामा "सम्बन्ध" विषयको "सम्बन्ध+खुलदुली" पक्षलाई सूक्ष्म प्राथमिकताका साथ लेखिएकोछ/ यहाँ डर र खुल्दुली दुवै भाव झल्किए पनि बैठानले त्यसको निराकरण गर्दै खुलदुलीलाई ज्यादा प्राथमिकता दिएर लेखिएकोछ/ यसर्थ केस्रा सृजनामा विषयवस्तुलाई प्रमुखता भन्दा उक्त विषयको एक सूक्ष्म पक्षलाई प्राथमिकता दिएर लेखिनु पर्दछ /
                             - मौलश्री लिम्बू


नेपाली साहित्यमा "केस्रा" विधाको नामकरण
              नेपाली साहित्यमा धेरै विधाहरु छन्,प्रत्येक विधाहरुको छुट्टै तत्व तथा
 आधारहरु हुने गर्छन,संरचना शिल्प,प्राविधिक पक्ष,लय तथा प्रस्तुति आदीमा
 फरक-फरक पहिचान भएकोले अलग विधाको नामकरण  सम्भव भएको हो।
मुलत:साहित्य विधालाई चार प्रकारमा विभाजन गरिएकोछ:-१, आख्यान=उपन्यास,
कथा,लघुकथा,आत्मा कथा आदि  २,कविता = गीत,कविता,गजल,मुक्तक,आदि
३,निबन्ध =निबन्ध,प्रबन्ध,नियात्रा,संस्मरण आदि र ४,नाटक =एकाङ्की,पूर्णाङ्की,
आदि। अहिले यिनीहरुको सूक्ष्म अध्ययन पछी दुई भागमा बाँडेर चर्चा गर्न
थालिएकोछ,:-१ आख्यान र २,अनाख्यान ।
            आख्यान भन्नाले सिलसिलेवार शब्दहरुको वाक्य संरचनामा पद्ध्य विधामा
जस्तो लय नभएका उपन्यास,कथा,लघुकथा,निबन्ध,नाटक,नियात्रा आदि पर्दछन।
त्यस्तै अनाख्यान विधा अन्तर्गत कविता,गीत,गजल,लेखिएका खण्ड-काव्य,महा -
काव्य,गद्ध्य कविता आदि पर्दछन।विधाहरुलाई दुई समूहमा विभाजन गरिएता
पनि ति शिर्षकहरुको  आफ्नै गुण-विशेषता,मान्यता,शिल्प,संरचना आदिले गर्दा एक-
अर्कामा बिल्कुल फरक छन्।त्यसैले यिनीहरुअलग विधाको पहिचान लिएर साहित्यमा
 देखा पर्नसम्भव भएको हो।यहि अर्थमा कविता विधा कै पृष्ठभूमिमा रहेर पनि
 ''केस्रा''मा आफ्नै मुल्य-मान्यता,संरचना,शिल्प आदिको मौलिक संयोजन छ,जसरि
 दुधबाट बन्ने परिकारहरुको गुण-विशेषता आदिले गर्दा नाम फरक छन् ।त्यसरी नै
 कविता विधा अन्तर्गत आफ्नै मान्यता,संरचना आदिले गर्दा ''केस्रा' फरक नाम
रहेकोछ, दुधलाई तताएर ठेकीमा राख्छौ त्यो दही बन्छ,दहीबाट मही र घिउ।त्यसतै
दुधबाट विभिन्न प्रकारका परिकार बन्छन,समग्रमा यी सबैलाई दुध भनेर सम्बोधन
गर्न मिल्दैन,दुधबाटै बनेता पनि तिनीहरुको गुण-दोष,विशेषता फरक  बन्न गएकोले
अलग  पहिचान रहेको हो।यसको मतलब के भन्न खोजिएको हो भने पद्ध्य साहित्यहरु
 कविता विधा अन्तर्गत नै बनेका हुन्,तर तिनीहरुको संरचना,मान्यता,शिल्प,लय,
प्रविधि आदिले गर्दा अलग पहिचानका साथ फरक विधाको नाममा सुचिकृत हुन सफल
 बनेको हो,कविताबाट बनेका खण्ड काव्य-महा काव्यलाई हामीले  कविता मात्र भन्न
मिल्दैन।त्यस्तै सायरी-शेर,मुक्तक-रुवाईलाई हामीले लघु गजल तथा गजलको
अंग भन्न मिल्दैन।हुन त यिनीहरु गजल कै प्रारम्भिक संरचनाबाट रचिने गरिन्छ,
या त सायरी तथा मुक्तकको लामो रुप गजल हो भन्न नै मिल्छ।यिनीहरुको लेखन
प्रविधि,लय,संरचना उस्तै  देखिएता पनि यिनीहरुको आफ्नै मान्यता,कला,सूक्ष्म
संरचना आदिले गर्दा फरक पहिचानका साथ विध्यमान रहेकाछन्।यसर्थ दुधबाट
बन्ने परिकारको विशेषतासंगै नाम फरक भए जसरि कविता अन्तर्गत नै''केस्रा''पनि
फरक पहिचानका साथ उदयमान छ  ।
                                                                                          - मौलश्री लिम्बू