- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Saturday 11 February 2012

जीवन देवान

जीवन देवान "गाउँले" जीका केस्राहरु
      
      साया"
खोलापारिकी सान्नानी
हत्ते हाल्छे जानीजानी

सायाङ साईनो जोडी 
सुम्पिन्छु भन्छे जवानी 

वैशको मात् हो सान्नानी 
तँ  संगको जिन्दगानी /
           02-01-012
        [ शब्दार्थ,सायाङ =मलायु भाषा /नेपाली अर्थ = प्रेमी/प्रेमिका/ प्यारो ]
      [प्रारम्भिक उत्तरार्द्ध चरणमा लेखिएको केस्रा]
   
      "आग्रह"

बन्द गर बात
बित्न लाग्यो रात

मुख भन्दा बढि
चलाऊ अब हात 

मिले पछि बात 
किन हेर्छौ जात / 
         14-12-011         
           [प्रारम्भिक चरणमा लेखिएको केस्रा]

  "त्याग"

म असल पति
ठान्दछे श्रीमती

सिरीखुरी सुम्पी 
माया दिन्छे अति 

सहि हुँदा पति 
जान्छु भन्छे सती / 
       13-12-011    
          [प्रारम्भिक चरणमा लेखिएको केस्रा]

 "पागलपन"

सुनसान रातमा
मोबाइल हातमा

हुन्छ कुरो प्रेमकै
हर बातबातमा

उठ्छु आधा रातमा
र रुन्छु त्यै मातमा /
       19-11-011
         [प्रारम्भिक चरणमा लेखिएको केस्रा]

 "मेरो व्यक्तित्व"

शरीर ढाकें कोटले
इज्जत ढाकें नोटले

निष्ठुरी मन छोएन
सितिमितिको चोटले

झल्कायो सान कोटले
मुर्ख बनायो खोटले /
       04-11-011       
            [प्रारम्भिक चरणमा लेखिएको केस्रा]
              धनकुटा,हाल- मलेसिया

No comments:

Post a Comment