- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Thursday 16 February 2012

डम्बर तुम्बापो

डम्बर तुम्बापो "बुद्ध" जीका केस्राहरु
 
       "आग्रह"

दिलमाया  ! यता  आउन
एकैछिन  बसी  जाउन

तिम्रो  त  नि  दिल  नै  ठुलो
मसंग  नै  माया  लाउन

सधै  सधै  यहाँ  आउन
पिरतीको  गीत  गाउन /
                   ०५-०२-०१२ 
      [प्रारम्भिक उत्तरार्द्ध चरणमा लेखिएको केस्रा ]
   
        "मन-२"

सिधा आयौ मन माग्यौ
लिएर मन अन्त लाग्यौ

पर्खेर बसें तिम्रो बाटो 
सुन्छु अर्कै बाटो भाग्यौ

आखिर मन किन माग्यौ 
घृणा भरि तिमि जाग्यौ / 
                   ०६-०१-०१२ 
           [प्रारम्भिक उत्तरार्द्ध चरणमा लेखिएको केस्रा ]
      
         "माया"

केस्रा केस्रामा तिम्रो मायाँ पलायो
तिम्रो मायाँले मन मुटु जलायो

यो मायाँ त पत्थर नहुँदो रैछ
तिम्रो मायाँले मेरो दिलै गलायो

आखिरमा यो कस्तो मायाँ पलायो
मायाँको रीत अघि कल्ले चलायो ?
                             १८-१२-011
                 [ प्रारम्भिक चरणमा लेखिएको केस्रा ]
   
     "मन-१"
मन किन आज यति रसायौ
बेखबर कता माया बसायौ

कोमल थियो मन त्यतिबेला
असंख्य सियो एकैसाथ धसायौ


खाली यो मनमा माया रसायौ
खुशीको बदला आँशु खसायौ /
          १४-११-०११
      [ प्रारम्भिक चरणमा लेखिएको केस्रा ]
              -धरमपुर,झापा हाल- मलेसिया

No comments:

Post a Comment