- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Wednesday 22 February 2012

जे.वि.राई"रुमानी"


जे.वि.राई "रुमानी" जीका केस्राहरु
   
    "सत्ता"

जे.वि.राई "रुमानी"
मोरंग,हाल- मलेसिया

यो  सत्ताको  जात
लागे  पछि  हात

धित  नै  नमर्ने
कस्तो  होला  मात

अचम्मको  जात
न  भरिन्छ  आत !
          २३-०१-०१२
      [प्रारम्भिक उत्तरार्द्ध चरणमा लेखिएको केस्रा] 

      "साली"
के  भो  भएर  काली
छे  साह्रै  दिलवाली


ससुराल्की गहना
उ  मेरी  प्यारी  साली

तन कि  मात्र  काली
मन कि छे  उज्याली  /
             १४-०१-०१२
       [प्रारम्भिक उत्तरार्द्ध चरणमा लेखिएको केस्रा] 

   ''हिउ फूल"

हिउ फुल्ने देशमा
हिउ फूल केशमा

हिउ जस्तै फूलेकी
हिउ साडी भेषमा

हिउ चुली देशमा
हिउ पारि त्यसमा /
             १९-१२-०११
       [प्रारम्भिक चरणमा लेखिएको केस्रा ]


    ''धोकेवाज"

पैले  नाता जोड्यौ
अनि नाता गोड्यौ

रै छौ धोकेवाज
अन्तै नाता मोड्यौ

किन नाता जोड्यौ
अनि नाता तोड्यौ /
               १९-१२-०११
       [प्रारम्भिक चरणमा लेखिएको केस्रा ]


     ''अनुरोध''

अंगालोबाट हटाऊ हात
बिर्सिदेऊ यो रंगिन रात

थाहा छदैछ तिमीलाई
तिम्रो मेरो मिल्दैन जात

बिन्ति नसमाऊ मेरो हात
यो समाजले लाउछ बात /
                 १९-१२-०११
           [प्रारम्भिक चरणमा लेखिएको केस्रा ]

  "गार्ड"
मूल  घरको  आड
सधै  घोट्छ हाड

ढोकैमा  उभिएर 
तन्काउछ ढाड

हो  कम्पनीको  आड
  सेकुरिटी  गार्ड /
            १४-१२-०११
        [प्रारम्भिक चरणमा लेखिएको केस्रा ]


   "श्रमिक"


रगत पसिना दिएर
दु: पीडाहरु पिएर


गर्दछ संघर्ष जो श्रमिक
फाटेको हृदय त्यो सिएर

जीवन बलिदान दिएर
बाँच्दछ पलपल खिएर /
                   २१-११-०१२ 
       [प्रारम्भिक चरणमा लेखिएको केस्रा ] 

No comments:

Post a Comment