- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Saturday 25 February 2012

आङ्देम्बे राज

 आङ्देम्बे राज " सहयात्री" जीका केस्राहरु
 
- आङ्देम्बे राज "सहयात्री"
   पाँचथर,हाल-मलेसिया
 
     "चुलो"

साँझ बिहान् डढ्छ चुलो
नभनेरै धुँवा धुलो

ऐया आथा भन्दा भन्दै
दिनै बढ्छ घाउ ठुलो

सारै दुःखः पाउँछ चुलो
ओदान् भएपछि लुलो ।
                        १७-०२-०१२
              [प्रारम्भिक उत्तरार्द्ध चरणमा लेखिएको केस्रा]
    
     "घायल"

जलेर भएँ खरानी
पाईन्छ यँहा न पानी

खुनीले लाईन् डढेलो
मन् मेरो मानि नमानी

भएर बाँचे खरानी
यस्तै छ मेरो कहानी ।
                       १७-०२-०१२
            [प्रारम्भिक उत्तरार्द्ध चरणमा लेखिएको केस्रा]
  
    "सुन्दरी"

अप्सरा हौ की परी
साँच्ची नै छौ सुन्दरी

कल्कलाउँदो जोवन
फूलेछ बास्ना छरी

आकाशकी हौ परी
बस्या छौ आँखैभरी ।
                १७-०२-०१२
        [प्रारम्भिक उत्तरार्द्ध चरणमा लेखिएको केस्रा]

      "चुनौती"

हिडेर त्यसै, हामी रुक्दैनौँ
खुलेर लड्छौँ, हामी लुक्दैनौँ

अगाडि बड्छौ,हाँसेर मर्छौ
मर्नको लागी,हामी चुक्दैनौ 

चालेर पाईला, हामी रुक्दैनौँ
नामर्दा जस्तै, हामी झुक्दैनौँ।
                               १९-१०-२०११
                   [प्रारम्भिक चरणमा लेखिएको केस्रा]

      "शान्ति"

 नजाउ शान्ति,तर्किएर
बिना कसुर,झर्किएर ।

नेपाल आमा,रुन्छिन् सधैं
बिलौनाको आँसु,छर्किएर

नजाउन,तर्किएर
आउन आउ,फर्किएर।
                      ११-१०-२०११
               [प्रारम्भिक चरणमा लेखिएको केस्रा]

    
     "नीयत"
 

सुन्तलीलाई,मानेकोछु
हजारौँमा,छानेकोछु

दुँनियालाई,लोभ्याउने
उन्को बानि,जानेकोछु

त्यसैले त,मानेकोछु
एक् झापड,हानेकोछु ।
                      ११-१०-२०११
             [प्रारम्भिक चरणमा लेखिएको केस्रा]


    "पिडा"

पिरतीले  दियो हात 
अनि पछि दियो घात

सहनुको सिमा छैन
चोटैचोट्को दियो खात

बेहोशीमा दियो हात
सधै लाग्ने दियो मात ।
                          १०-१०-२०११
                  [प्रारम्भिक चरणमा लेखिएको केस्रा]

No comments:

Post a Comment