- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Friday 24 February 2012

केहि केस्राहरु-२

  
     प्रारम्भिक चरणमा लेखिएका केहि केस्राहरु

- सन्जिब राई
झापा,हाल- मलेसिया
     "मस्क्यौरी"
   
   म परेँ गाऊँले ठिटो
   खाई हुर्केँ आँटा पिठो

   साथै लाने मन कान्छी
   मुग्लान नै पो लागौँ छिटो

   माया गर्ने गाँऊले ठिटो
   राख्छु खिलाई मिठो-मिठो /
              -०६-१२-०११
        [प्रारम्भिक चरणमा लेखिएको केस्रा]
         
            ''बित्दो जोवन''

    रात उसै गरी ढल्दैछ 
       स्वास  उसै गरी चल्दैछ
 
   कति तड्पाऊँछौ हे प्रिया
मुटु उसै गरी जल्दैछ  
   
   बैंस उसै गरी ढल्दैछ
   मन  उसै गरी गल्दैछ /
                                 -१६-१०-०११
          [प्रारम्भिक चरणमा लेखिएको केस्रा]
**************************************************
      "साथ"
 
    जस्को लागि थिएँ

- रमेश कुँवर "गोठाले"
उदयपुर,हाल-मलेसिया
          उस्कै निम्ती जिएँ
   
    हासो खुशी थोरै
    आँसु धेरै पिएँ
 
    म उस्कै थिएँ    
    ठान्छे धोका दिएँ। 
          १५-११-२०११
        [प्रारम्भिक चरणमा लेखिएको केस्रा]
 
 
        "धोका"

 नजानेर माया लाए
 जानी जानी धोका पाए
  
    ज्योतिषीले भन्दिएन
 भाग्य बुझ्न कती धाए
  
    बैगुनिलाई माया लाए
 कती मिठो धोका खाए।
              -०९-१०-२०११            
         [प्रारम्भिक चरणमा लेखिएको केस्रा] 
******************************************************

- सुदिप कोईराला
  मोरंग  

       "फिक्री"
    चाहे तिमी  वर आउ
 या त कतै पर जाउ
    
    वास्ता फिक्री छैन तिम्रो
 म त त्यसै  दिन्न भाउ
 
    सम्झाउँछु बरु आउ
 विना माछी के को दाउ।
              -०७-१०-२०११
       [प्रारम्भिक चरणमा लेखिएको केस्रा] 
************************************************

- रिखुराम सूर्यवंशी
पाल्पा,हाल- यु.ए.ई.  
         'स्वार्थ'
           साथी स्वरूप मान्छन्  
     जाली मलाई ठान्छन् 
 
     लेक बेशी जाउँ भन्दा  
     ताल मिलाई जान्छन्
    
         स्वार्थी मलाई मान्छन्
   पनि साथ लान्छन् /
                ०५-१२-०११
     [प्रारम्भिक चरणमा लेखिएको केस्रा]