- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Tuesday 28 February 2012

नारदमनि राई


नारदमनि राई जीका केस्राहरु
- नारदमनि राई
संखुवासभा,हाल- मलेसिया  

"विस्वास घात"

मैले दिएँ हात
उसले दियो लात

गरें थिएँ विस्वास
बद्लामा पाएँ घात

चाहिदैन हात
लाग्यो मलाई मात
                      २५-०२-२०१२
      [प्रारम्भिक उत्तरार्द्ध चरणमा लेखिएको केस्रा]
   
     "साथ"

आज हदै भो घोर
जिन्दगीमा भो बोर

विस्वासलाई लात् मार्दै
आफ्नै साथी भो चोर

अपर्झट भो घोर
उसको अर्कै भो जोर
                     २५-०२-२०१२
              [प्रारम्भिक उत्तरार्द्ध चरणमा लेखिएको केस्रा]
   'दुर्भाग्य'
म त हजुर गिरेको
उहाँ मान्छे बिरेको

मलाई युद्ध लडाई
उहाँ तक्मा भिरेको

पाइलैपिच्छे गिरेको
सबैलाई पिरेको।
                    १७-०२-२०१२
             [प्रारम्भिक उत्तरार्द्ध चरणमा लेखिएको केस्रा]
"म  लुटिएँ"

दु:खले गरें मैले काम
अर्काले लुट्यो मेरो दाम
सम्झेर घरको स्थिती
न भने पानी न त घाम
भनिन कहिले साह्रो काम
सहनै पर्ने कस्तो ठाम।
              १६ -०२ -२०१२
         [प्रारम्भिक उत्तरार्द्ध चरणमा लेखिएको केस्रा]
   "बिछोड"
हास्छौ कति खित्का छोड्दै
पराईसंग नाता जोड्दै
कुल्चिएर वाचा कसम
हासी हासी साथ तोड्दै

गयौ तिमी मलाई छोड्दै
अर्कैतिर बाटो मोड्दै।
                     १४-०२-२०१२
          [प्रारम्भिक उत्तरार्द्ध चरणमा लेखिएको केस्रा]
             
 "मायाको खेल"
माया पिर्तिको खेल
बिना जन्जिरको जेल

भाग्यमा भए मिल्यो
नत्रभने भयो झेल

विना बिटको खेल
चलिरहेछ अचेल।
                 
         १०-०२-२०१२
      [प्रारम्भिक उत्तरार्द्ध चरणमा लेखिएको केस्रा] 
     
    "जड्या "
लौ हेर यो जड्या
कुरो गर्छा सड्या

भन्छ जिब्रो बटार्दै
छैन मत चड्या

जाडले ढल्यो जड्या
भन्छ झन्डै लड्या
          ०६-०१-२०१२
       [प्रारम्भिक उत्तरार्द्ध चरणमा लेखिएको केस्रा]

      "नतिजा"
डबल ९९ यो हो हुस्की
लिउने मैले चुस्की

बूढीलाई कान फुक्ने
त्यसैको बूढी खुस्कि

पीउदामा बूढी हुस्की
माइत जान्छे ठुस्कि
             २३-१२-२०११
      [प्रारम्भिक चरणमा लेखिएको केस्रा]
[ प्रयुक्त केस्रामा अंक ९९ को प्रयोग गरिएकोछ,केस्राको मान्यता अनुसार "आकृति र आवृति केस्रा" लेखनमा अंकको प्रयोग मान्य हुनेछ तर अलङ्कार केस्रामा मान्य हुने छैन।- प्र.सम्पादक  ]

No comments:

Post a Comment