- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Thursday 23 February 2012

आलेख- हरफ

      ''केस्रा''मा हरफ समायोजन र अनुप्रास पुर्नावृति
               'केस्रा'भनेको कुनै पनि फल वा विषयवस्तुको एक खण्ड वा अंश हो जो
 फल खाईएको हो त्यसको मात्र स्वाद अन्तसम्म हुने गर्दछ,यसर्थ "केस्रा" एउटा
 विषय वा भावमा केन्द्रित भएर सटिक,चुस्त,सुक्ष्म लक्षणमा लेखिनु पर्दछ ।
             केस्रामा हरफ समायोजन र अनुप्रास पुर्नावृतिको आफ्नै महत्व रहेकोछ।
"केस्रा" विधाको संरचनामा रहेको 'छ' हरफलाई तीन हिस्सामा समायोजन गरिएकोछ।
पहिलो दुई हरफको समायोजनलाई ''उठान'',दोश्रो समायोजनलाई ''विश्राम'' र तेश्रो
समायोजनलाई''बैठान'' भनिन्छ।यो ''केस्रा''को बाह्य स्वरूप हो।प्रत्येक हरफहरुको
भाव एक-अर्कामा परिपूरक हुनु पर्दछ र समायोजन गरिएका तीनै हिस्साहरु एकै
 विषयसंग सम्बन्धित हुनु पर्दछ।पहिलो हरफको जिज्ञासालाई दोश्रो हरफ वा उक्त
 हिस्साले अनिवार्य निरुपण गरिरहनुपर्दैन, बरु ''उठान''ले उजागर गरेको विषयलाई
 ''विश्राम''ले अनिवार्य खुलासा गर्नु पर्दछ र ''बैठान''ले सो विषयको निराकरण  तथा
आफ्नो तार्किक निष्कर्ष दिनु पर्दछ।''केस्रा''लाई वजनदार वा प्रभावकारी बनाउनका
लागि ''बैठान''लाई सकेसम्म कौतूहलता,सूक्ष्मदृष्टि,सांकेतिक तथा वैचारिक ढंगले
 टुंग्याउनु पर्दछ।
                 सामान्यतया: कुनै पनि यात्रामा विश्राम हुने गर्दछ,त्यो विश्राम गन्तव्य
 हुन् सक्दैन।त्यसपछि  हुने यात्रा टुंगोमा पुग्दछ,त्यो नै बैठान वा समाप्त हो।
केस्राको उठानले विषय वस्तुको उजागर वा प्रकाश पार्दछ, त्यसतै विश्रामले  विषय
वस्तुको पक्षलाई खुलासा वा निश्चितता गर्दछ र बैठानमा  खुलासा वा निश्चितता
को निरुपणसंगै लेखकले वैचारिकता व्यक्त गर्दछ।यसर्थ कुनै पनि वस्तुको चाह
तथा प्राप्ति उठान हो,उपभोग तथा समाप्ति विश्राम हो,वस्तुको उपभोग पछि
स्वत:समाप्त हुन्छ नै समाप्त भएता पनि उक्त वस्तुको लगाव रहेको हुन्छ या
भनौ पुर्नविचार गरिन्छ,कि सो वस्तु फेरी प्राप्त होस् या कहिल्यै नहोस् त्यो
 नै बैठान वा समाप्त हो।यस्तै श्रमिक तथा बनियारहरुले अतिरिक्त समयमा
धेरै कामलाई थोरै समयमा फत्ते गरि  ज्यादा पारिश्रमिक लिन चाहन्छ।यदि सो
 कामबाट उसलाई फाइदा भएमा उ पुन:काम गर्न चाह तथा सोच तयार गर्छ।
कारणवश बेफाईदा भएमा उ त्यो कामलाई वर्जित गर्ने सोच तयार गर्दछ,
या भनौ कामको समाप्ति पछि पनि सो काम उप्रान्त गर्ने वा नगर्ने भन्ने
सोच तयार हुन्छ र निराकरण पनि गर्दछ ।यसर्थ ''केस्रा''मा ''उठान'' कै विषय
वस्तुलाई केन्द्र मानेर निष्कर्ष दिनु पर्ने भएकोले उठानको पहिलो अनुप्रास  बैठानको
 पहिलो हरफमा  अनिवार्य  "अनुप्रास पुर्नावृति" हुनुपर्दछ।