- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Wednesday 8 February 2012

आलेख- अनुप्रासको प्रयोग

                             केस्रा विधामा अनुप्रासको प्रयोग
अनुप्रास चार प्रकारको हुनेछ ।
) समश्रुति अनुप्रास :- अनुप्रास शब्दको पहिलो वर्ण अक्षर भिन्न भएता पनि वर्णविन्यासमा समान स्वर भएको साथै बाँकि अक्षर दोहोरिएको शब्द । जस्तै :-
                काम, धाम, माम, खाम = समान स्वर उच्चारण 'आम' ।
              क+आ+म = काम, ध+आ+म = धाम, म+आ+म =माम, ख+आ+म =खाम
         लुकाउनु, फुकाउनु, सुकाउनु, झुकाउनु = समान स्वर उच्चारण 'उआउनु'
ल+उ+क+आ+उ+न+उ= लुकाउनु,फ+उ+क+आ+उ+न+उ= फुकाउनु,  स+उ+क+आ+उ+न+उ= सुकाउनु, झ+उ+क+आ+उ+न+उ= झुकाउनु

) स्वरश्रुति अनुप्रास :- दुई अक्षर भन्दा ज्यादा भएको अनुप्रास शब्दको अन्तिम अक्षर दोहोरिए पनि अघिल्तिरको  वर्ण असमानता तर वर्णविन्यासमा समान स्वर भएको साथै पहिलो र अन्तिम अक्षर समान तर विचको अक्षर भिन्न भएता पनि स्वर उच्चारण समान भएको शब्द । जस्तै:-
             गुहार, पुकार, सुधार, जुनार = समान स्वर उच्चारण 'उआर'
                 ग+उ+ह+आ+र =गुहार,  प+उ+क+आ+र = पुकार,
                स+उ+ध+आ+र = सुधार,  ज+उ+न+आ+र = जुनार,

       आकार, आधार, आभार, आहार = समान स्वर उच्चारण 'आआर'
             आ+क+आ+र = आकार,  आ+ध+आ+र = आधार,
             आ+भ+आ+र = आभार,  आ+ह+आ+र = आहार

        ताक्छ, खान्छ, नाच्छ, लाग्छ = समान स्वर उच्चारण 'आ~छ'
                 त+आ+क्+छ = ताक्छ,  ख+आ+न्+छ =खान्छ,
              न+आ+च्+छ = नाच्छ,  ल+आ+ग्+छ = लाग्छ

) अल्पश्रुति अनुप्रास :- कम्तिमा दुई अक्षर वा स्वर उच्चारण मिलेको लामो र छोटो अलग अलग शब्दांशको उच्चारण वा लामो शब्दका अन्तिम समध्वति अक्षर समान उच्चारणबाट बन्ने अनुप्रास । जस्तै :-
               पाप, अभिशाप, धराप, विलाप = समान स्वर उच्चारण 'आप'
                     प+आ+प = पाप,  अ+भ+ई+श+आ+प = अभिशाप,
                     ध+अ+र+आ+प = धराप,  व+ई+ल+आ+प = विलाप

) आश्रति अनुप्रास :- कुनै दुई अक्षर वा शब्दको संयोजनबाट अर्थ खुल्ने शब्दको अनुप्रास । जस्तै :-
           भा'को, गा'को, खा'को, ला'को = समान स्वर उच्चारण 'आ’को'
                  भ+आ'क+ओ = भा’को,  ग+आ'क+ओ = गा’को,
                  ख+आ'क+ओ = खा’को,  ल+आ'क+ओ = ला’को

       के छ, जे छ, दे छ, ले छ = समान स्वर उच्चारण 'एछ'
                 क+ए/छ = के छ,  ज+ए/छ = जे छ,
                 द+ए/छ = दे छ,  ल+ए/छ = ले छ ।
       पनि,छ नि,त नि,भनि = समान स्वर उच्चारण 'अनि’
                 प+अ+नि = पनि,      छ+अ/नि = छ नि
                त+अ/नि = त नि,    भ+अ+नि = भनि