- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Monday 27 February 2012

आलेख- अनुप्रास


- भक्ति प्रसाद पौड्याल
 मोरंग
अनुप्रास सम्बन्धी जानकारी               

"अनुप्रास" शब्द अनु+ प्र+ अस्+ घञ् को संयोगबाट बनेको हो । यो जोडमा अस् मात्र सार्थक धातु हो र बाँकी उपसर्ग तथा प्रत्यय रहेका छन् ।
संस्कृत साहित्यमा बहुधा चर्चित र पूर्वीय साहित्यमा पनि बहुधा प्रयुक्त शब्दालङ्कारका रूपमा अनुप्रासलाई नेपाली साहित्यमा पनि निकै महत्व दिइएको पाइन्छ । रस र भावको अभिव्यञ्जनामा अनुयायी यो अलङ्कारमा वर्णसाम्य हुन्छ । त्यसमा पनि व्यञ्जनको आवृत्तिलाई अनुप्रास मानिएको छ ।एकै प्रकारका व्यञ्जन वर्ण लगातार दोहोरिए पढ्न र सुन्नमा पनि चामत्कारिक लाग्छन् । त्यसो गर्दा अनुप्रास बन्छ ।यो पाँच प्रकारको हुन्छ ।



१) छेकानुप्रास
२) वृत्यनुप्रास
३) श्रुत्यनुप्रास
४) अन्त्यानुप्रास
        र
५) लाटानुप्रास
१) छेकानुप्रासः- एक वा अनेक व्यञ्जन वर्ण एकै क्रममा दोहोरिँदा छेकानुप्रास हुन्छ । क्रम उल्टापाल्टी हुँदा छेक बन्दैन ।
जस्तै:-
कमलमा कमिला
            यहाँ क म एकै क्रममा दोहोरिएका हुनाले छेकानुप्रास बनेको छ ।

२) वृत्त्यनुप्रासः- एक या अनेक वर्ण एक या अनेक पटक स्वरुप र क्रम मिलेर या स्वरुप र क्रममध्ये कुनै एक मिलेर आवृत्ति हुँदा यो अलङ्कार बन्ने उल्लेख आचार्य विश्वनाथले गरेका छन्
जस्तै:-
कालीदास भनेर कोकिलहरु काला भए ता पनियहाँ अनेक बार र दुईपटक आवृत्ति भएको छ । सबै बस , यहाँ पनि क्रम भिन्न आवृत्ति भएकाले वृत्ति भएको छ ।

३) श्रुत्त्यनुप्रासः- एकै उच्चारणस्थानबाट उच्चारित व्यञ्जन लगातार आए यो अलङ्कार हुन्छ।
जस्तै:-
बरु प्रेममै म डुबीरहुँयहाँ ब प र म एउटै ओष्ठस्थानबाट उच्चरित व्यञ्जन हुन् । त्यस्तै कण्ठ्य , दन्त्य , तालव्य आदि स्थान पनि हुन सक्छ ।

४) अन्त्यानुप्रासः- एउटै श्लोकका पाउका वा हरफका अन्त्यमा उही स्वरुप र क्रममा व्यञ्जनहरु दोहोरिए अन्त्यानुप्रास हुन्छ ।
जस्तै:-
व्यर्थको काममा पो जुटियो हजुर !
सर्वस्व लुटुन्जेल सुतियो हजुर !
                  यहाँ "हजुर" शब्दले अन्त्यानूप्रास निर्माण गरेको छ ।

५)  लाटानुप्रासः- शब्द यदि समान वाच्यार्थ सहित दोहोरिन्छ तर तात्पर्य या भाव चैँ फरक पर्छ भने लाटानुप्रास मानिन्छ ।
जस्तैः-
सिद्धान्त बुझेकालाई भाष्यको के काम हजुर !
सिद्धान्त नबुझेकालाई भाष्यको के काम हजुर !