- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Tuesday 29 May 2012

भक्ति प्र.पौड्याल

भक्ति प्रसाद पौड्याल जीका केस्राहरु 


भक्ति प्रसाद पौड्याल
मोरंग  
"होली"

खेल्दछन् सब आज होली
रङ्गमा मीठो छ बोली
बिर्सियो पीडा जुनीको
रङ्गले निथ्रुक्क चोली

रङ्गकै हो पर्व होली

लौ मनाऔँ हृदय खोली।
                १८-०३-२०१२
"प्रतीक्षा"

Monday 28 May 2012

लक्ष्मीमाङ चेम्जोङ

लक्ष्मीमाङ चेम्जोङ लिम्बु  जीका केस्राहरु

"नाटक"

मन दिएर जाने
आँफै कसम खाने

तिमी बाहेक मैले
अरुलाई भ्रम ठाने 

ध्यान लिएर जाने
तिम्रो नाटक माने।

लक्ष्मीमाङ चेम्जोङ लिम्बु
अङ्सराङ-५,पाँचथर,हाल- मलेसिया
                 २८-०५-२०१२

"होसियार"
लोकतन्त्र अब गल्दैछ
संविधान सभा जल्दैछ

राजतन्त्र फेरी फर्किने
निरङ्कुश हल्ला चल्दैछ 

संघियता पनि गल्दैछ 
अन्तरिम शिर ढल्दैछ।

                   २७-०५-२०१२

"वर्तमान"

उहि ठुलो रे उसको जातमा
उसैले लेख्यो कलमा हातमा

किन बिगार्‍यौ समाज तिमीले ?
उकास्न सक्छौ कसरी रातमा

सानो ठुलो के फरक जातमा
परिणाम आयो त्यसैको घातमा।
                                         २६-०५-२०१२


“गरिब”

जिन्दगीमा धेरै दु:ख मैले पाएँ
सुखको त्यो चौतारी नि मैले धाएँ

केही क्षण पसिना त सुक्थ्यो अनि
आनन्दले बसि कहाँ मैले खाएँ 

अरु भन्दा अति लाज मैले पाएँ
च्यातिएका लुगा सदा  मैले लाएँ।
                                      १५-०४-२०१२

“आतङ्क"

जती सक्छौ सक्दो खेल
कहाँ छ नि तिम्रो मेल

देश हाम्रो भए किन ?
सधैं भरि हाल्छौ तेल

हत्या हिंसा गरी खेल
सदा तिम्रो यस्तै झेल !
१५-०४-२०१२

"कल्पना"

तानीरहु लाग्छ नजर
धाईरहु लाग्छ शहर

तिमीसँग यस्तो मोहनी
वाध्य  हुन्छु  कुर्न  डगर  

उमेरमा छड्के नजर
गरि देऊ प्रेम कदर । 
                  १५-०४-२०१२

“चुपचाप"

लोक दु:ख कसैले हेरेन
जस्तो ताल उस्तै हो फेरेन

नाच्ने नाची नै रा'छ मारुनी
दान दिनेलाई पनि टेरेन

कसले दियो केही हेरेन
यतीसम्म हुँदा नि घेरेन।
                      [आकृति केस्रा]

"विद्रोह"

दु:ख पर्दा कति रुनु 
आँशु झारी कति धुनु

जिन्दगीमा हरपल
सर्बहारा कति हुनु

गरीबले कति रुनु
जोर खुट्टा कति  छुनु।
                         ०१-०३-२०१२
                [आवृति केस्रा]

[     केस्रा साहित्यानुरागी मित्रहरु तपाईलाई ब्लगमा प्रकाशित प्रत्येक केस्राहरु अध्ययन पछि  कस्तो लाग्यो कृपया तल.. १) उत्तम २) राम्रो ३) नराम्रो...बक्समा क्लिक गरि अभिमत दिनु होला।]

Saturday 26 May 2012

दान राई"झरी"

 दान राई "झरी" जीका केस्राहरु 

 "काल"

कस्तो  चोट  लाग्यो
खुसि सबै  भाग्यो  

दैव पनि  कस्तो 
सास  मेरै  माग्यो  

ज्यानै  जान  लाग्यो 
काल  यहाँ  जाग्यो। 
             २३-०५-२०१२


 - दान राई "झरी"
   उदयपुर,हाल- मलेसिया
"भाग्य"

रोएर नि हास्दैछु
टुटेको मन् गास्दैछु 

भाग्य  रैछ  खोटो  यो 
खुसिहरु मास्दैछु

बेहोसी  मै  हास्दैछु  
उमेर  यो  नास्दैछु।  
             ०९-०५-२०१२

"मृत्यु"

मारेर  यहाँ  जानुछ
सम्झना  मात्र  लानुछ  

नगरौ  हामी  झगडा
खानु  नै  आफ्नो  मानुछ

संसार  छोडी  जानुछ
सबैले  पीडा  खानुछ।   
                 ०४-०३-२०१२

"दास"

समयको  दास  
कहाँ  होला  बास

जिन्दगी  नै  एस्तो 
के होला नि  खास

म त  रैछु  दाश
छैन  अब  आश। 
        २९-०२-२०१२

"साथी"  

मेरो  यो  साथीको  जोश
व्यर्थै  गुमाउछ  होस

आफै  गरेर  गल्ति  त्यो  
दिन्छ  साथीलाई  दोष

विना अर्थको हो  जोश 
होइन  त्यो  कुरा  ठोस। 
                  २५-०२-२०१२
"भोटो"

यो नानीको भोटो
कति साह्रै छोटो

लाज छैन गठ्ठे
खिचाउछौ फोटो

पारदर्शी भोटो
मान्छे हेर्यो मोटो।
         १२-०१-२०१२

 "चोट"

जब चोट पर्छ
अनि आँशु झर्छ

बच्ने आशाहरु
आफै भित्र मर्छ

रुँदै हाँस्नु पर्छ
खुसि टाढा सर्छ।
              १२-०१-२०१२

 "नेता"

के गर्छौ नेता सबै जुटेर
नेपाल आमा आफै कुटेर

शान्ति छैन कतै हेर यहाँ
दाजुभाई मै विश्वास टुटेर

विकाश गर्छौ भन्दै जुटेर
देश् कै ढुकुटी लान्छौ लुटेर। 
                              ११-०१-२०१२ 

"घात"

विस्वासमा  भयो  घात 
विना  दोष  लाग्यो  बात

के  नै  भुल  भयो  मेरो
छोडी  गयौ  यहाँ  हात 

गर्नु  रैछ  तिम्ले  घात
पर्यौ  आज  दिन मै  रात।
                        ०७-०१-२०१२

"टाढा"

गयौ  आज  छोडी
मेरो  दिल  तोडी

कहाँ  खोजौ  अब 
हाम्रो  जस्तो  जोडी

टाढा  भयौ  छोडी
पराई घुम्टो  ओडी।   
             ०४-०१-२०१२

"आवाज"

उठौँ अब नेपाल आमा हँसाऔ
मिलीजुली सुन्दर बस्ती बसाऔ

सर्बत्र चेतनाको बिगुल फुक्दै
सामन्तको पेटमा छुरी धसाऔ

सुख बाँडेर सबैलाई हँसाऔ
चेतनाको पहाड अब रसाऔ।
                                    १८-१२-२०११
                [प्रारम्भिक चरणमा लेखिएको केस्रा]

[     केस्रा साहित्यानुरागी मित्रहरु तपाईलाई ब्लगमा प्रकाशित प्रत्येक केस्राहरु अध्ययन पछि  कस्तो लाग्यो कृपया तल.. १) उत्तम २) राम्रो ३) नराम्रो...बक्समा क्लिक गरि अभिमत दिनु होला।]

Thursday 24 May 2012

भरत अधिकारी

भरत अधिकारी जीका केस्राहरु
    

भरत अधिकारी
तनहुँ,हाल-मलेसिया

      "याद"

याद आयो तिम्रो अति
दिएँ माया भए जति

सम्झनाले गर्दा मेरो
पोल्छ छाती भत-भति

सम्झी रोएँ आज अति
आँशु पिई  बसौ कति ?
                   १२-०५-२०१२

  "भेद-भाव"



आँगनमा बस भन्छ
आफु निकै ठुलो बन्छ

जात-भात कुरा गरि
कहाँ उस्ले मान्छे गन्छ

म जातमा ठुलो भन्छ
सानो भनि जरो खन्छ

                 १८-०३-२०१२  

     "नबुझेर"


भाषण सुने तालि ठोकें
जिताएर काँधमा बोकें

नारा जुलुस लगाएर
जनता हिड्ने बाटो रोकें

नबुझी मैले तालि ठोकें
अहिले बुझें जिब्रो टोकें
                   ०४-०३-२०१२ 


   "नियोजन"

बेला छदै राखे होस
नदेखाउनु त्यो जोश

धेरै भए दु:ख होला
विचार लिनु है ठोस

गरि राख्नु पर्छ होस
कर्मलाई हुन्न दोष
           २७-०२-२०१२


     "विद्धुत"

बिल बोकी अफिस धायो
बेकार पैसा तिरी आयो

चाहिने बेला अन्धकार
टुकी बालेर खाना खायो

काम छोडी अफिस धायो
बेकार दु:ख मात्र पायो
                    २३-०२-२०१२

    "मेरो माया"

तिम्रो मायाले मुटुमा बिजायो
रातमा सम्झी सिरानी भिजायो

मेरो माया सुटुक्क चोरेपछि
अनि निर्धक्क मायाजाल फिजायो

अतित सम्झदा मुटु बिजायो
मेरो माया पराइले रिजायो
                          १७-०२-२०१२

[ केस्रा साहित्यानुरागी मित्रहरु तपाईलाई ब्लगमा प्रकाशित प्रत्येक केस्राहरु अध्ययन पछि  कस्तो लाग्यो कृपया तल.. १) उत्तम २) राम्रो ३) नराम्रो...बक्समा क्लिक गरि अभिमत दिनु होला।]

    
    

 

Tuesday 22 May 2012

आङ्देम्बे राज

आङ्देम्बे राज'सहयात्री' जीका केस्राहरु
   
       
      "मौनता"

आङ्देम्बे राज'सहयात्री'
पाँचथर,हाल-मलेसिया
के सोच्यौ कुन्नी औँला टोकेर
भन्न लागेको कुरा रोकेर

आँखामा तिम्रो छायो मौनता
मनैभरी चाहाना बोकेर

नबोली बस्यौ ओँठ टोकेर
ईशारमा म बोल्थे खोकेर ।

    "परिवर्तन"

फेरीयो तिम्रो अङ्ग
पोतेर लालि रङ्ग

बिचरी हिजो देख्दा
न थियो कुनै ढङ्ग

देखेर तिम्रो अङ्ग
दुनियाँ परे दङ्ग ।

    "कुलि"

कुली न हुँ ठेला ठेल्छु
बोरा सँग कुस्ती खेल्छु

पसिनाको थोपा पुछ्दै
हत्केलाले सुर्य छेल्छु

दासि मन्को दैलो ठेल्छु
नचाहेरै ज्यानै पेल्छु ।

   "के.एल.सी.सी"

के.एल.सी.सी घुम्न जाउँ
छ नि कति राम्रो ठाउँ

मलायको राजधानी
के.एल.भन्छ छोटो नाउँ

सायाङ् सँग भेट्न जाउँ
नासी गोरेङ् किनि खाउँ।
                 २०-०५-२०१२

 "फिर्ता"

तिम्रो नासो
छैन चासो

फिर्ता दिन्छु
भयो पासो

यस्तो नासो
सत्रु हाँसो ।
     १७-०५-२०१२

  "लोभी"

औँशी पुर्णे ऊ न बार्ने
चुट्ने दाउमा गोरु नार्ने

आँखा लोभी मनै पापी
दिनु परे सँधै टार्ने

ऐँचो पैँचो दिन बार्ने
सित्तै भेटे ढुङ्गै दार्ने।
                ०४-०४-२०१२

  "अनुरोध"

हेर जीवन जिएर
उच्च विचार लिएर

एकै जुनी बाँच्नु छ
हुँदैन है पिएर

केहि गरौँ जिएर
त्यसै नजाउँ खिएर।
                ११-०५-२०१२

 "आगमन"

तिमी आयौ फेरी
मुटु दुख्दा खेरी

बाँधि राख्छु अब
अँगालोमा बेरी

जान दिन्न फेरी
तिमी नै हौ मेरी।
            १३-०५-२०१२

  "कप्टी"

नबोली बस्छ
मुल्य उ कस्छ

लागेको बानी
सिँगौरी धस्छ

घोप्टेर बस्छ
मुटु नै डस्छ।
       २९-०२-२०१२

      “दुःख"

हौ ठुले! पसिना धेरै बग्यो
बगेर दुःखः यस्ले न लग्यो

दुःखः को खोपी खेल्दैछु आज
भाग्यले पनि सारै नै ठग्यो

सँघर्षको डुङगा धेरै बग्यो
भेटिएन सुःखः कता डग्यो ?
                       २६-०२-२०१२

   "सुन्दरी"

अप्सरा हौ की परी
साँच्ची नै छौ सुन्दरी

कल्कलाउँदो जोवन
फूलेछ बास्ना छरी

आकाशकी हौ परी
बस्या छौ आँखैभरी।
                 १९-०२-२०१२

 "घायल"

जलेर भए खरानी
पाईन्छ यँहा न पानी

खुनिले लाइन् डढेलो
मन् मेरो मानि नमानी

माथामा घसें खरानी
यस्तै छ मेरो कहानी।
                   १७-०२-२०१२


     "पीडा"

पिरतीले दियो हात
अनि पछि दियो घात

सहनुको सिमा छैन
चोटैचोट्को दियो खात

बेहोशीमा दियो हात
सधै लाग्ने दियो मात।
                         १०-१०-२०११
                   [प्रारम्भिक चरणमा लेखिएको आवृति केस्रा]

[  केस्रा साहित्यानुरागी मित्रहरु तपाईलाई ब्लगमा प्रकाशित प्रत्येक केस्राहरु अध्ययन पछि  कस्तो लाग्यो कृपया तल..[ १)उत्तम २)राम्रो ३)नराम्रो ] बक्समा क्लिक गरि अभिमत दिनु होला

Saturday 19 May 2012

केशर सुब्बा

 केशर सुब्बा जीका केस्राहरु  

     "माया"
केशर सुब्बा
पाँचथर,हाल- मलेसिया
अँध्यारो त्यो आधा रात
पाईरहुँ मायाको खात

रिसाएरै बोले पनि
कति मीठो तिम्रो बात 

आई दिंदा सधै रात
हुने हो की यहाँ घात।
           २७-०५-२०१२

  "जिन्दगी"

दुई दिने यो चोला
चढ्नै पर्ने त्यो शोला

Friday 18 May 2012

जानकारी

केस्रा साहित्यानुरागी मित्रहरु तपाईलाई ब्लगमा प्रकाशित प्रत्येक केस्राहरु अध्ययन पछि  कस्तो लाग्यो कृपया तल..[ १)उत्तम २)राम्रो ३)नराम्रो ] बक्समा क्लिक गरि अभिमत दिनु होला

रुपेश"अनमोल"


रुपेश फत्र "अनमोल"जीका केस्राहरु

 "भूमिमुक्तिको आन्दोलन"
भूमिमुक्ति कै लागि लड्छु
पुर्खाले जित्या कथा गड्छु


लिम्बुवान मेरो माटो हो
मरे मेरै माटोमा सड्छु

विरोधीसँग सदा लड्छु
बिद्रोह गर्दै अघि बड्छु।

रुपेश फत्र "अनमोल"
भारपा-३,पाँचथर,हाल- मलेसिया
          १३-०५-२०१२
    
    एक जुनी"
एक जुनी हो मान्छेको चोला
थाहा छैन मरेसी के होला

दु:ख लुकाएर जिन्दगीमा
हासो खुसीको बोक्नु छ झोला

खुसि तर छोटो छ यो चोला
जिन्दगी हो बगी जाने खोला।
        २४-०३-२०१२
 "उनको रोजाई"

मलाई सबै भन्दा राम्रो ठान्छे
अनि हात समाई तान्दै लान्छे

सयौ मान्छेको अगाडी उभ्याई
मायालु चुम्बन गालामा खान्छे

जीवन साथि मलाई पो ठान्छे
दिलको राजा नि मलाई मान्छे।
                     
१४-०३-२०१२

    "बेहोश"
दु:खै-दु:खको कथा सुन्छ
बलिन्द्र आँशु झार्दै रुन्छ

पर्देशी लोग्नेको मृत्युले
सिउदोको सिन्दुर धुन्छ

अकस्मात् यो घटना सुन्छ
अनि रुँदै बेहोश हुन्छ।
 
             ०७-०३-२०१२
   "स्वार्थी नेता"

उ आउछ अनि एकै छिनमा जान्छ
सयौको बीचमा आफै ठूलो ठान्छ

नेता हुँ भन्दै धेरै भाषण गर्दा
झुठ बात गर्न लामो सास तान्छ
भोट माग्न मात्रै गाउँ घर जान्छ
त्यसबेला उ जनतालाई मान्छ।
                ०५-०३-२०१२
       "खुसि"

तिम्रै सामु छु 'को
टाई -सुट छु ला'को

एक्लो यो जीवनमा
तिम्रो साथ छु पा'को

चोखो माया छु ला'को
धेरै खुसि छु भा'को
        
२३-०२-२०१२
[प्रारम्भिक उत्तार्द्ध चरणमा लेखिएको आवृति केस्रा]

    "यादमा"
रोएँ झस्केर
मुटु मेरो चस्केर


हाम्रो त्यो प्रेमकथा
गयो तल खस्केर

होश खुल्यो झस्केर
बासी प्रेम पस्केर
             
२६-११-२०११
[
प्रारम्भिक चरणमा लेखिएको केस्रा]
 
      "मेला"

हाट मेला धाएर
माया प्रिती लाएर

हास खेल नै गरौ
मीठो गीत गाएर 

चोक डाँडा धाएर
प्रेमिका नी पाएर 
              
१५-१०-२०११
[
प्रारम्भिक चरणमा लेखिएको आकृति केस्रा]