- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Sunday 13 May 2012

केहि केस्राहरु -४

 प्रारम्भिक केहि केस्राहरु 


       "भय"


मनि राई 'गोठाले'    
सुनसरी,हाल- मलेसिया

माओ माग्छ चन्दा
पेट पाल्ने धन्दा

नदिए त पैसा
घाटीमा नै फन्दा

सधै के केा चन्दा

ठेाक्छ यसेा भन्दा ।
                      -०७-०१-२०१२      

   ''आक्रोश''

कुर्सीमा नै हाने
अनि तल ताने

कर्मचारी तिमी
बडो घुस खाने

गल्ति गर्यौ हाने
अब जेल जाने।
       -०७-०१-२०१२
*..........*............*.............*

  "सिमाना"

आउ जाऔ
सुस्ता बचाऔ 

सानु बिस्मात
-खोटांग,हाल-यु.ए.ई.
 सकिन लाग्यो
सीमा जोगाऔ 

हिड जाऔ
बैरी धपाऔ
      - २६-०२-२०१२
   
        "देश"

ए साथी एउटा कुरा सुन्न
देश टुक्राउन दिनु हुन्न

मिलेर बस्नु पर्छ है हामी
र पो नेपाल आमा कैले रुन्न

अरुको हाउडे कुरा न सुन्न
हामी मिले वैरिले नि छुन्न । 
                                 -०८-०१-२०१२
*.........*..........*..........*

ईन्द्र 'अपेक्षा' चोङ्वाङ्
तेह्रथुम,हाल- मलेसिया
 
       "अधरमा"

भन त्यो तिम्रो के- छ नजरमा
लठ्ठै पार्ने तिम्रो के-छ अधरमा 

हेरुँ हेरुँ लाग्ने ति नशालु आँखा
मोहोनी  लाउने  के-छ शहरमा

भुतुक्कै पार्ने के छ नजरमा
तानी ल्याउने के छ डगरमा ।
                                -१०-१२-२०११
            [प्रारम्भिक चरणमा लेखिएको आवृति केस्रा]

No comments:

Post a Comment