- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Tuesday 29 May 2012

भक्ति प्र.पौड्याल

भक्ति प्रसाद पौड्याल जीका केस्राहरु 


भक्ति प्रसाद पौड्याल
मोरंग  
"होली"

खेल्दछन् सब आज होली
रङ्गमा मीठो छ बोली
बिर्सियो पीडा जुनीको
रङ्गले निथ्रुक्क चोली

रङ्गकै हो पर्व होली

लौ मनाऔँ हृदय खोली।
                १८-०३-२०१२
"प्रतीक्षा"

शिशिरमा नाङ्गो भएर
प्रलय झैँ जाडो सहेर

भर्दैछ वन पालुवाले
कोइली नाच्दैछे रमेर

समयको धारा भएर
आउदैछ हाँसो छरेर।
१४-०३-२०१२


“प्रणयवेदना”

सम्झी सम्झी रुएँ
तस्बिर उस्कै छुएँ

बैगुनीका सामु
व्यर्थै शिर  नुएँ

रातै भरि रुएँ
सिरानी त्यो धुएँ।
              १६ -०२ -२०१२
‎"सन्तुष्टि"

जति सक्छु गरेकोछु
कहाँ पछि परेकोछु

माया फल्दा खुसी लाग्छ
अनि त माया छरेकोछु

दुःख जिलो गरेकोछु
सन्तुष्टिले भरेकोछु
                    ०५-०१-२०१२

[     केस्रा साहित्यानुरागी मित्रहरु तपाईलाई ब्लगमा प्रकाशित प्रत्येक केस्राहरु अध्ययन पछि  कस्तो लाग्यो कृपया तल.. १) उत्तम २) राम्रो ३) नराम्रो...बक्समा क्लिक गरि अभिमत दिनु होला।]