- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Sunday 3 June 2012

दिलिप 'सगर'

 दिलिप "सगर" राई जीका प्रारम्भिक चरणमा लेखिएको केस्राहरु


"सत्ता"

जसले पायो सत्ता
उसले खायो भत्ता

सत्ता नै रै छ शक्ति
मलाई भयो पत्ता

जय इश्वर सत्ता
दुनियालाई लत्ता।
       १४ -१२-२०११  

दिलिप "सगर" राई
उर्लाबारी,मोरंग

 "साली"

मेरो छ एउटी साली
न त गोरी न काली


फर्साईली र राम्री
लाग्छ फूलको डाली

भेनाकी प्यारी साली
हाँस्छे अंगालो हाली।
             ०३-१२-२०११ 


''निस्ठुरी"

छोटो कपाल काट्यौ
छड्के परेर बाट्यौ

तिम्रै नै हुन्छु भनि,
माया देखाई धाट्यौ

मेरो कलेजी काट्यौ
बादल जस्तै फाट्यौ।
            ०२-१२-२०११ 
"भेट"

साईबर नेटमा
अप्रत्यक्ष भेटमा

एउटी रुपसीसंग
चल्यो गफ चेटमा

बस्यो माया नेटमा
ढलें म त गेटमा।
         २८-११-२०११ 

 
"मृत्यु"

ऊ आउँछ अनि जान्छ
सबैलाई फकाई लान्छ

कस्तो मै हुँ भन्नेलाई
कुनै निहुँ पारि तान्छ

उ विन्ती नसुनी जान्छ
आहार बनाई खान्छ।
            १५-११-२०११
 "डल्ली"

पारि गाउँकी डल्ली
लगाई पाउमा कल्ली

हाट जान लागेकी
ब्याग बोकेर हल्ली

ठुलो घरकी डल्ली
कोरली बनि चल्ली
        
           १४-११-२०११

"तिमी"

तिमी मेरी मनकी रानी
तिमी मेरी प्रेमकी खानी

तिमी नै हौ सर्वस्व मेरी
तिमी मेरी यो गिन्दगानी

तिमी मेरी रुपकी रानी
तिमी पाई भएँ भाग्यमानी।
                     ०९-११-२०११

[     केस्रा साहित्यानुरागी मित्रहरु तपाईलाई ब्लगमा प्रकाशित प्रत्येक केस्राहरु अध्ययन पछि  कस्तो लाग्यो कृपया तल.. १) उत्तम २) राम्रो ३) नराम्रो...बक्समा क्लिक गरि अभिमत दिनु होला।]

No comments:

Post a Comment