- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Friday 29 June 2012

केहि केस्राहरु -६

केहि केस्राहरु

"निष्ठुरी"

माया नै अन्त सार्यौ
अनि त माया मार्यौ

फेरी नउठ्ने गरि
सिधै नै तल झार्यौ

साँचै नै माया मार्यौ
र त बिचल्ली पार्यौ।
             २८-०६-२०१२

                             - सन्तोष माबुहाङ् "अनसन"
                          बसन्तपुर,तेह्रथुम,हाल- मलेसिया


*...........*..........*.........*............*

"कुलाङ्गार'

मणि राई "गोठाले"
सुनसरी,हाल-मलेसिया
भमरा बसी फूलमा
गर्भ बसेछ भूलमा

कता उडे यायावर
सबै उस्तै यो हुलमा

बज्रपात भो फूलमा
ग्रहण लाग्यो कुलमा ।
             १५-०२-२०१२



*...............*.............*...........*.............*


 "सानी"

मेरो गाउँ कि सानी
नखरा हो कि बानी
ठागु जी
लम्जुङ्ग,हाल- साउदी अरब

सबैले उसलाई
भन्छन् रुप कि खानी

हिजोसम्म कि सानी
भई सबै कि रानी ।
०२-०२-२०१२

No comments:

Post a Comment