अनुप्रास शब्दको वर्ण समानता
-मौलश्री लिम्बू
साहित्यमा अनुप्रासको अर्थ शब्दयोजना
र श्रुतिमाधुर्य बढाई भाषा तथा काव्यको सौन्दर्य र लालित्य झल्काउन
हो।अनुप्रास प्रयोग भएका काव्य वाचन र श्रवण गर्दा आकर्षण,आनन्दित,मोहित
र रमाइलो हुन्छ। आवश्यक अवश्था वा स्थानमा एकै थरिका शब्द या व्यंजन दोहोरिएर काव्यलाई सिंगार्नु यसको विशेषता हो। वर्ण समानता
केस्रामा अनुप्रास शब्दको प्रयोग गर्दा समान ध्वनि उच्चारणलाई भन्दा स्वर र व्यंजन वर्णलाई विशेष ध्यान दिनु पर्छ।पर्यायवाचीक शब्द झैँ व्यंजन वर्णको उच्चारणहरु पनि पर्यायवाचीक हुने गर्छन्।संस्कृतबाट आएका तत्सम शब्दमा हुने व्यंजन वर्ण "ण,श,ष" व्यंजनको नेपाली भाषामा अलग अर्थ रुप छैन।अन्य व्यंजन वर्णहरुको आफ्नै अर्थपूर्ण अस्तित्व रहेकोछ।यसर्थ "ण= न" र "श,ष= स" को सट्टामा अनुप्रास शब्दको अन्तिम अक्षर तथा वर्णहरु अनुप्रास प्रवाहमा स्वीकार योग्य छ।अन्य वर्णहरु अपवाद छैनन्। यिनीहरुको आफ्नै अर्थपूर्ण अस्तित्व हुनका साथै कुनै पनि तत्सम शब्द तथा नेपाली शब्दमा प्रयोग हुने यि व्यंजनहरुको स्वतन्त्र पहिचान छ।जसलाई श्रुतिसम भिन्नार्थकको आधारमा केस्राको निम्ति अनुप्रास प्रवाह उपर्युक्त हुने छैन।'ञ' वर्ण कुनै पनि शब्दको बीचमा आधा अक्षर बाहेक शब्दको व्यंजनमा साथै अन्तिम व्यंजनमा पूर्ण रुपको प्रयोग हुँदैन।
मान्य हुने अनुप्रास संरचना
१, 'ण= न"
जस्तै = कारण/झन/कण/मन
२,"श,ष= स"
जस्तै = केश/शेष /ठेस /लेश
३, श्रुतिसम भिन्नार्थक शब्दहरु
जस्तै = तिर/तीर/निर/नीर = [इ/ई]
४,व्यंजन वर्णको पर्यायवाचीक स्वरवर्ण
जस्तै = उनेर/सुनेर/चुनेर/थुनेर = [ उ/ऊ]भएर/गएर/तरेर/मरेर वा सहेर = [ए/ऐ ]
[दृष्टान्त:- प्रयुक्त अनुप्रासहरु एउटा केस्राको लागि हो स्मरण रहोस् यी तीन वर्ण "ण/श/ष" का पर्यायवाचीक वर्ण बाहेक अन्य कुनै पनि वर्णहरु एक अर्कामा उच्चारण तथा सुन्दा समान भएको आधारमा प्रयोग गरिएका अनुप्रास प्रवाहहरु मान्य हुने छैन।]