- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Friday 10 August 2012

जे वि 'रुमानी"

जे वि राई 'रुमानी" जीका केस्राहरु


"निर्णय"
जे वि राई 'रुमानी"

मोरंग,हाल- मलेसिया

जाऊ तिम्रो बाटो छेक्दिन
बेकारको सास्ती खेप्दिन

गाइने बनी दिनरात
सारंगीको तार रेट्दिन

हत्केलाले घाम छेक्दिन
इज्जत इमान बेच्दिन ।

"नियती"

दोबाटो मैं यात्रा टुट्यो
साथै हाम्रो साथ छुट्यो

निष्ठूरी यो समयले
हेर्दाहेर्दै सबै लुट्यो

सधैंलाई नाता टुट्यो
पानी फोका रै'छ फुट्यो।
०६-०८-२०१२


"हाल"

नसोध देशको हाल
चारैतिर छ बबाल


आप्फ्नै छिमेकीले आज
सिमाना लाछ पर्खाल

यस्तै छ यहाँको हाल
बन्द अनि हड्ताल।
                    २४-०५-२०१२

"माग"

मैले मागेको छैन देश
किन राख्छौ मनमा क्लेश

सबै जनता अटाउने
बनाउं साझा परिवेश

सिंगारौ आफै आफ्नो देश
चाहिदैन कुनै नरेश।
                      २५-०२-२०१२