- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Monday 20 August 2012

बहस- केस्रा लेखन

"झुटो माया"
उनको लागि माया साँचे
मनमा खुशी हुँदा नाचे

सपना लुकाई मनमा
उनलाई नै भनि बाँचे

बेकार झुटो माया साँचे
बाटो लागिन् मन भाँचे
- भरत अधिकारी,तनहुँ,हाल- मलेसिया [ ०८-०२-२०१२]

१) मौलश्री लिम्बू :-  केस्राको "अवश्था र समयसीमा"मान्यता अनुसार कुनै पनि विषयलाई कल्पनामा रहेर उठान/विश्राम गर्न सकिन्छ र त्यसलाई वर्तमानमा उतारेर कुनै एक निष्कर्षमा टुंग्याउन सकिन्छयसै

मुताबिक केस्रा रचिएकोछ यसर्थ उत्कृष्ट बनेकोछकदाचित उठान/विश्राममा यथार्थ वा भोगिएको भाव भए प्रयुक्त केस्रामा बिषय वस्तुको एक पक्ष नभई "साथ हुँदाको खुशी" र "साथ छुट्दाको अपसोच" दुवै पक्ष उतिकै प्राथमिकताका साथ रहने थियो जसले गर्दा..उक्त रचना केस्राको संरचनामा रहेर पनि केस्राको शिल्प /मान्यताको मर्म अनुसार नभएकोले यसलाई केस्रा भन्न मुनासिब हुने थिएन
*......................*.........................*............................*
"बिन्ती"

चोखो माया मारेर
बसाइँ टाढा सारेर

नजाऊ तिमी ए प्रिया !
मलाई एक्लो पारेर

समुन्द्र पारि तारेर
मनको बार बारेर /
- तेज बिवश राई धनकुटा हाल :- यु.ए.ई. [१३-०१-२०१२]


१) भक्ति प्रसाद पौड्याल :- पैलो जोडी ठिक छ ।दोस्रो जोडी पनि ठिकै छ ।तेस्रो जोडीको पैलो हरफको अन्तिम अनुप्रास पैलो जोडीको पैलो हरफको अन्त्यानुप्रास नै हुनु पर्नै रैछ ।
जस्तैः 'मारेर' , यो शब्द अन्तिम जोडीको पैलो हरफको अन्तिममा 'तारेर' शब्दका ठाउँमा हुनै पर्ने नियम रैछ
केस्रामा।यो त भयो संरचनाको कुरा।भावपक्षका बारेमा साथीहरुले नै भन्नु हुनेछ।

२) कृष मगर :- आफ्नो प्रियसी सँग माया नमार्ने बिलौनामा गरिएको अनुरोधात्मक भावशैलीको केस्रा एकदमै मर्मस्पर्शी एंब रसिलो छ बिबश जी ।तपाइको केस्रामा संरचनाको कुरा उठाउँदा भक्तिदाको सुझाबलाई आत्मसाथ गर्नुहोला सब ठिक हुन्छ ।धन्यबाद अनि निरन्तरताको कामना यहाँलाई।


३) मौलश्री लिम्बू :- 'केस्रा' मायाको अनुनय पक्षलाई मात्र बढि प्राथमिकता दिएर लेखिएकोले यो एउटा सशक्त/पूर्ण ''केस्रा'' बनेकोछ।यहाँ ''माया" भनेको ''सुन्तला'' हो भने ''अनुनय" पक्ष ''सुन्तलाको केस्रा'' हो।यस केस्रामा मायाको अन्य पक्ष वा अंशहरु जस्तै:-माया+अनुनय+विछोड /..माया+अनुनय+प्राप्ति../ माया+अनुनय+घृणा आदि अन्य पक्षहरुलाई पनि उतिकै प्राथमिकता दिएर लेखिएको छैन।भाव पक्ष केस्राको मान्यता भित्र नै रहेता पनि संरचनागत हिसाबले केस्रा बनेको छैन। भक्ति सरको सुझाबलाई पालना गर्नु होला।
*.........................*..............................*..........................* 



जोडिएको नाता राम्रो
तोडिएको साथ हाम्रो

कति खेर जिन्दगीमा
भयो विश्वास घात हाम्रो

माया भन्ने जात राम्रो
बेग्लै भयो बाटो हाम्रो /
- रिखुराम सुर्यबंशी,पाल्पा,हाल- यु.ए.ई.[२८-१२-२०११]

१) डम्बर तुम्बापो "बुद्ध":- सूर्यवंशी जी ! भावको दृष्टिले केस्रा उत्कृष्ट हुन सकेको छैन ।साथै उठान, विश्राम र बैठान सबैमा एउटा शब्द (हाम्रो) दोहोरिएकोले केस्राको संरचना भंग हुन गएकोछ।

२) कृष मगर :- नमस्कार रीखुराम सर !यहाँको केस्राको उठानको पहिलो हरफमा जुन मिलनको भाव झल्किएकोछ उठानकै दोस्रो हरफले यसको शिल्पलाई नष्ट गरिदिएका छन् ।केस्राको सांरचनिक
परीधिमा भनिएकोछ कि एउटा मिठो फलमा रस र उक्त भाव मिठैमा केन्द्रित हुनुपर्दछ ।
समग्रमा कुनैपनि केस्राको भाव, रस, स्वाद एकै किसिमको हुनुपर्छ । जस्तो कि दुखको बेला सुख आउँदैन,



गुलियो बिशेषणमा तितो या नुनिलोको संगम हुँदैन।सपनाका दुनियाँमा बिपना आउन सक्तैन। ईत्यादि ।भनाईको तात्पर्य कुनैपनि केस्रा एउटै भाव अनि शिल्पमा लेखिन्छ ।
प्रयास जारी होस् शुभकामना यहाँलाई ।

*....................*......................*..................................*

"मस्क्यौरी"
म त परेँ गाऊँले ठिटो
खाई हुर्केँ आँटा र पिठो

साथै लाने मन छ कान्छी
मुग्लानै पो लागौँ छिटो

मायागर्ने गाँऊले ठिटो
राख्छु खिलाई मिठो-मिठो॥
- सन्जिब राई झापा,हाल - मलेसिया [०६-१२-२०११]




१) मौलश्री लिम्बू :-  'केस्रा'लेखनमा कोशिस गर्नु भएकोमा हार्दिक धन्यवाद।'केस्रा'को भाव द्विअर्थी भएकोछहु।न त यथार्थ जीवनमा हिजो-आज दु:ख भोगे पनि भविष्यमा सुखमय हुन सक्छ,तर 'केस्रा'को मर्मानुसार 'उठान'ले उजागर गरेको दु;खलाई नै भविष्यमा पनि आउन सक्ने दु:खको भावार्थमा उतार्नु पर्दछ।साथै अनुप्रासलाई पनि मिलाउनु होला। [ श्रुति समान अक्षर/वर्ण 'न/ण' साथै आधा अक्षर 'न्/ ण्/ ञ्' त्यस्तै :- स/श/ष को एक-अर्काको सट्टामा प्रयोग भएता पनि समान अर्थ मानिनेछ, अन्यलाई मान्य हुने छैन।]