- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Friday 24 August 2012

आलेख- शिल्प

केस्रामा "अंशात्मक'' शिल्प

            साहित्य कलामा शिल्पको एक निश्चित परिभाषा छैन।यसको अवधारणा बारेमा मतमतान्तर रहेकोछ। कुनै पनि रचना अध्ययन गर्दा वा लेख्दा कहिँ दोष नभेटी आत्मसन्तुष्टि मिल्नुका साथै ति रचनाको रचनात्मक पक्ष,लेखन ,शैली,बाह्य संरचना,शब्दहरुको संगठनात्मक ढांचा आदिको समष्टिलाई उक्त रचना वा विधाको शिल्प हो भनि बुझ्न सक्छौ।यसर्थ कुनै पनि रचनाको सम्पूर्ण अंग-पक्षसंगै शिल्प सांकेतिक रुपमा प्रकट भएको हुन्छ।रचनाको सूक्ष्म अध्ययनमा शिल्पलाई पहिचान गर्न सक्छौ।
           प्रत्येक साहित्य विधाहरुमा एक तत्व प्रधान हुने गर्छ।जसले गर्दा विषयवस्तु एक भएता पनि प्रस्तुति,शैली,स्वाद आदि फरक हुन्छ।गीत,कविता,गजल कुनै कथ्यमा आधारित भए पनि यिनीहरुको प्रमुख तत्व भनेको लय तथा छंद हो।नाटकमा कहानी भएता पनि संवाद प्रमुख हो।त्यस्तै कथामा कथ्यविस्तार,लघुकथामा लघुता,निबन्धमा वैचारिकता,आदि प्रमुख तत्व भए झैँ ''केस्रा''मा कथ्य,आंशिक लय भएता पनि यसको प्रमुख तत्व भनेको ''अंशात्मक''हो।यी प्रमुख तत्व नै साहित्य कलाको ''शिल्प''हो भनि
बुझ्न सक्छौ।कुनै पनि 'केस्रा'लाई कथ्य,संवाद वा लयमा लेखिएता पनि कुनै विषयवस्तुको मिश्रित पक्ष वा संवेगहरुको सम्पूर्ण विस्तार भएकोछ भने सो रचना 'केस्रा'हुन सक्दैन।बरु वैचारिकतामा एक पक्ष वा विषयवस्तुको कुनै एक खण्ड वा अंशको सविस्तार भएमा त्यो नै प्रभावकारी 'केस्रा' हुनेछ।साहित्यमा मानवीय संवेदना तथा संवेगहरुलाई खण्ड वा अंशमा विभाजित गरेर लेख्नु असान्दर्भिक ठहर्ला तर यथार्थ जीवनमा यी फरक संवेदना तथा संवेगको परिस्थितिमा छुटा-छुट्टै महत्व रहेको हुन्छ।खुशीको क्षणमा कोहि दु:खि हुदैनन्,दु:खको क्षणमा कोहि खुशी हुँदैनन्।त्यस्तै कौतुहलताको बखत सामान्य,आश्चर्यको बेला उमंग,हास्यको बेलाआश्चर्य हुँदैनन् । यद्ध्यपी यी संवेगहरुबीच आपसमा सामिप्य रहेको हुन्छ।'केस्रा' यीनै संवेदना तथा संवेगको ''अंशात्मक''अवश्थालाई उजागर गर्दै लेखिन्छ।यो नै 'केस्रा'को प्रमुख तत्व तथा ''शिल्प''हो।
                                                                        - मौलश्री लिम्बू
[दृष्टान्त: उक्त आलेख केस्रा विधाको प्रारम्भिक चरणमा लेखिएको हो। २०-११-२०११ ]