- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Monday 27 August 2012

मौलश्री लिम्बू

मौलश्री लिम्बू जीका केस्राहरु
मौलश्री लिम्बू
झापा,हाल- मलेसिया


"आन्दोलन"

केहि निर्णयहरु सुनाउदैछौ =१२ लिपि चिन्ह 
अनिश्चित [काल >ता] बन्द गराउदैछौ =१२

यो सरकारको औचित्य सकियो =१२
हाम्रो नेतृत्वमा सत्ता [चला>ल्या] उदैछौ =१२

सगौरव हामी यो सुनाउदैछौ =१२
आन्दोलन हदै[सम्म>नै] चर्काउदैछौ।=१२
                                  २६-०८-२०१२
[दृष्टान्त:- केस्रा-दस्तावेजमा प्रकाशित यस केस्रालाई यहाँ सच्याईएको छ ]

"कामना"

हाम्रो सम्बन्धमा नहोस् धोका
फुट्ने त्यो पानीको नहोस् फोका

पलभर मन बहलाउने
शीतल हावाको नहोस् झोंका

जीवन्त कदाचित् नहोस् धोका
छेकथुन गर्ने नहोस् ढोका।
                            १३-०७-२०१२

"दुर्दिन"

फेरी श्रावण आयो
आशु भलै बगायो

डुबुल्की मारी रहें
दैव पनि डरायो

जिन्दगी भर आयो
कागले सूची ल्यायो।
                          ०१-०७-२०१२

"बाण"

मनको तीरले हानें
अनि आफूतिर तानें

सयौं ताराहरु माझ
जून जस्तै तिमी छानें

दिलले दिलमा हानें
असर भो भन्ने ठानें।
                         ३०-०६-२०१२

"अधिकार"

लडेर जाऊ
खोसेर खाऊ

मर्नु छंदैछ
हक जताऊ

व्यर्थै नजाऊ
दृढ समाऊ।
               २८-०६-२०१२