- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Tuesday 11 September 2012

आलेख- ध्यान दिनु पर्ने

केस्रा लेखनमा ध्यान दिनु पर्ने कुराहरु

             हामीले रचिने वा लेखिने जति पनि साहित्यका विषयवस्तुहरु कुनै पनि नौला विषयवस्तु चाहिं हुँदैनन् ।प्राय: यी सबै विषयहरु कुनै न कुनै विधामा लेखि सकिएका छन् ।फरक यति हो हामीले उक्त विषयवस्तुलाई कस्तो शैलीमा,कुन विधाका लागि,कसरी लेख्ने,त्यसमा आफ्नोपन र नयाँपनको प्रयोग कसरी गर्ने सोचमा बिम्ब साथै प्रतीकलाई पनि उल्टै-पुल्टाई चलाखीपूर्ण भई लेख्ने गर्छौ।यध्यपि विज्ञान तथा प्रविधिको खोज-अनुसन्धानबाट हुने आविष्कारले साहित्यको लागि नौलो विषयवस्तुको प्रादुर्भाव गराउदछ।जसलाई कुशल साहित्यकारले थपक्क टिपेर पाठकहरु माझ नौलो स्वाद पस्कन्छ।अन्तत यो नै प्रभावकारी बन्छ।जति पनि आविष्कार भएका वस्तु वा सामानहरु छन् ति सबै बलियो,चुस्त,छिटो-छरितो साथै आकारगत रुपमा पनि सानो हुने गर्छन।यतिबाट पनि सन्तुष्ट नभएर ति वस्तु वा सामानलाई अझ सुक्ष्म रुपमा बदल्न प्रयत्न गर्छन।वास्तवमा ति पुरातन होईनन रै पनि त्यसबाट विल्कुल नयाँ वस्तुको निर्माण गर्दछन र सफल पनि भईरहेका छन्।एक किसिमले साहित्यको विकासक्रमलाई पनि प्रभाव पारिरहेको हुन्छ।यसर्थ नै कतिपय अवश्थामा यी संगै बदलिँदो समयको माग र वातावरणको प्रभावले पनि साहित्यका विधाहरुको परिकल्पना हुने गर्दछ।''केस्रा'' पनि यी सन्दर्भबाट कदाचित अलग छैन।कुनै एक अनुसन्धान वा विषयवस्तुको सुक्ष्म,छोटो,छरितो,चोटिलो रुप बन्नलाई नै प्रतिपादन भएको हो।

''केस्रा'' लेखनमा ध्यान दिनु पर्ने कुराहरु :-
१) सब भन्दा पहिले ''केस्रा'' १२(बाह्र) अक्षर तथा वर्ण भन्दा नबढाई कम्तिमा जति पनि अक्षरको प्रत्येक हफरमा समान अक्षर तथा वर्णको प्रयोग गर्नु पर्छ।
२) ''केस्रा''मा अल्पविराम वा मध्यविश्रामको प्रयोग अनिवार्य छैन,स्व: ईच्छाले राख्न सकिन्छ।
३) शब्द वा अक्षरको जति सक्दो कम गरेर चुस्त,छरितो,चोटिलो बनाउनु पर्दछ।
जस्तै :-
सम्झिएर तिमीलाई भेट्न आएँ

स्विकार्छौ कि भनि तिम्रो गल्लि धाएँ
१ २ ३ ४ ५ ६ ७ ८ ९ १० ११ १२ ]

यसलाई अझ छोट्याउने प्रयास गर्ने,यसरी..:-

सम्झिएर भेट्न आएँ
स्विकार्छौ कि गल्लि धाएँ
१ २ ३ ४ ५ ६ ७ ८


अझ छोटो रुपमा पनि बदल्न सकिन्छ।
जस्तै:-
सम्झिएर आएँ
अब गल्लि धाएँ
१ २ ३ ४ ५ ६

        [लगभग भावार्थ उस्तै हुन्छ।सम्झिएर आएँ त्यसपछि गल्लि धाउन थालें।'केस्रा''को लागि दोश्रो वा तेस्रो उदाहरण उपयुक्त हुने छ।]
४) कुन विषयमा सिर्जना गर्न लागिएको हो त्यसको एक पक्षमा मात्र केन्द्रित हुनु पर्दछ।[जस्तै:-विश्वास/धोका/पीडा/खुशी/रिस आदिलाई एउटा ''केस्रा''मा एउटा विषय बनाएर लेख्नु हुँदैन।
जस्तै:- [विश्वास+ धोका] / [धोका +खुशी+रिस] / [गरिब + धनि+पीडा] आदि यस्तो भावार्थ हुनुहुदैन तर कारण दर्शाएर भने लेख्न सकिन्छ।
जस्तै:-  अन्धो विश्वासमा धोका पाएँ..
५) क्रियाको रुपमा:- गर्छु,गर्यो,गरिरह्यो,गर्नेछ,गर्छ,गर्नेछु.....आदि एउटा ''केस्रा''मा एउटा भावार्थ लाग्ने गरि प्रयोग गर्नु पर्दछ।
६) पूर्ण व्यंजन वर्णको अनिवार्य गन्ति भएता पनि आधा अक्षर तथा वर्णको गणना हुँदैन। प्रत्येक हरफमा एक स्वरवर्ण[अ,आ,इ,ई..आदि] को गणनामा छुट हुन्छ।
७]अध्ययन गर्दा-गर्दै वा गरिसके पछि भावले पाठकको दिल-दिमागमा प्रभाव पर्ने हुनुपर्दछ।
८) लय अनिवार्य नभएता पनि अनुप्रासको प्रयोग हुने भएकोले रचनाकार स्वयम् सजक रहनु पर्दछ।
९) शिर्षक अनिवार्य छनौट गर्नु पर्दछ।सकेसम्म शिर्षक र भावको तालमेल मिलेको हुनु पर्दछ।
                                                                       २१-१०-२०११

[ दृष्टान्त:- उपयुक्त आलेख 'केस्रा विधा'को घोषणा-पत्र सार्वजनिक हुन अघि फेसबूकमा लेखिएको हो। -मौलश्री लिम्बू ]