- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Thursday 20 September 2012

बहस- केस्रा लेखन

"बिछोड"

मायाँ तिमीले पहिलै मार्यो
अहिले फेरी बस्तीनै सार्यो

मायाँ र पिरतिको खेलामा
तिमीले पो जित्यो मैले हार्यो

बाँकी थियो केहि आसै मार्यो
अहिलेत झन एकलै पार्यो।
            - पासाङ् तमु [१०-०८-२०१२]
 
साथी समिर:- लेखन कला राम्रो छ।विश्राममा "मैले हार्यो " व्याकरणिक दृष्टिले असहज भयो।लेख्दै गर्नु होला। शुभकामना।

*.............*.....................*.....................*
 
"साथ"

मलाई तिम्रो नै साथ चाइन्छ
चाहिन्छ भन्दैमा कहाँ पाईन्छ


म तिम्रै प्रतिक्षामा बसेको छु
तिम्ले बोलाए सरासर आइन्छ

गर सधैं सधैं माया चाहिन्छ
कसम खाइ चोखो माया लाइन्छ।
                        - दीप दर्शन [०५-०८-२०१२]

मौलश्री लिम्बू:- दीप सर,केस्रामा उठानको भावसंग  विश्रामर बैठानको भावबीच तालमेल मिलेको छैन।कसैको
प्रतिक्षामा बसे पछी मनमा अनेकौ कुरा त खेल्छ नै ति मध्ये केस्रामा एक पक्षको बारेमा पक्का भएर लेख्नु
पर्छ।जस्तो कि..उसंग भेट भए पछी लजाउने या मायाको कुरा गर्ने वा घुर्की देखाउने वा गुनासो गर्ने..ईत्यादी।

दाङ राई 'झरी':- दीप सर,केस्रा त ठीक ठीकै हो तर अलि कति अक्षर धेरै र थोरै अनि भाव पनि थोरै दुई धारबाट बग्न खोजेकोछ। केस्रालाई गजल जस्तो लेख्दा अलिक मीठास र नियम भित्र पर्दैन होला कि भन्ने मेरो बुझाई हो।

*..............*..........................*.........................*

"नानि"

कति राम्री नानि
उस्तै राम्रो बानि

मायालु'नी सारै
ममताकी खानि

यता आउ नानि
अब कता जानी।
             - स्याङ्जाली रमेश [०५-०८-२०१२]

मौलश्री लिम्बू:- सर,बैठान निष्कर्ष विहिन भयो। सकेसम्म निष्कर्षमा पुग्नु पर्छ।सायद अनुप्रासले गर्दा होला।

दान राई 'झरी':- रसिलो केस्रा थियो र बन्दैछ तर अलिकति बैठानको ..अब कता जानी..." ले प्रसङ्ग र कौतुहलता खडा गर्यो थोरै मीठास कम भयो।

[दृष्टान्त:- प्रयुक्त प्रतिक्रिया/बहसहरु फेसबूकको "केस्रा लेखन मञ्च " बाट साभार गरिएको हो। ]