- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Thursday 27 September 2012

अमूर्तबोधी दर्शन- खगेन्द्र लिम्बू

अमूर्तबोधी दर्शनाधारित केहि सन्देशहरू


१. पीर र सेती नदीमा केहि फरक छैन । यिनीहरूले खियाएरै छोड्नेछन् ।
२. अँध्यारोको अनुभूति नहुनु अँधेरी मै बाँच्नु हो । अँध्यारो देख्न सक्नु चेतना हो । उज्यालो मात्र देख्नु अज्ञानी हुनु हो ।
३. खुशी रहनुको कारण हुन्छ । कारकसँग प्रेम छ भन्ने जान्नु पर्दछ ।
४. किताब पढ्नलाई होइन, त्यसभित्रका सकरात्मक र ब्यबाहारिक खुराकलाई जीवन-जगतकोलागि प्रयोजन गर्नलाई हो ।
५. सबैभन्दा खराब वस्तु वा मान्छे मै सबैभन्दा असल गुण पनि अवस्य हुन्छ । त्यो असल कुरालाई मात्र लिने मान्छे सबैभन्दा असल हुन्छ ।
६. हरेक आश्चर्य दु्/र्घटना केवल छोटो समयकोलागि मात्र हुन्छ । जति छोटो समयमा यसलाई सामान्य बुझ्न सकियो, उति नै आत्मज्ञानी भइन्छ ।
७. संसारको सबैभन्दा दुखी मान्छे त्यो हो, जसले आफ्नो अनुभूतिलाई कैद र नियन्त्रण गर्ने कोशिस गर्छ ।
८. बर्षौँ पढेर पैसा-धन मात्र कमाइयो भने मूर्ख रहेछु भन्ने बुझ्नुपर्छ कि अनाक्षरहरूका पनि धेरै भौतिक सम्पत्ति छ । बर्षौँको समय र अर्थ लगानी सबै जोड्यो भने तेति नै धेरै हुन्छ । शिक्षित हुनु साउँको साउँ हुनु मात्र होइन ।
९. कुटनितिलाई राजनिति हो भनेर बुझ्ने जनताहरू सबैभन्दा शोषित हुनेछन् ।
१०. परिपूरकको सिद्धान्त नबुझ्नेहरू मात्र स्वार्थी बन्छन् । स्वार्थी हुनु अप्राकृतिक हुनु हो किन कि परिपूरकको सिद्धान्त प्राकृत सिद्धान्त हो ।
                                                                            - खगेन्द्र लिम्बू