- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Saturday 8 September 2012

बहस- केस्रा

"निस्ठुरी"
स्वर्ग बाट झर्यौ
मेरै सामु पर्यौ !!

भोको प्यास सबै
तिमीले नै हर्यौ !!

तिपुँ भन्थे झर्यौ
आधा मर्दो गर्यौ ।
                     - सानु विस्मात [२४-०७-२०१२]
मौलश्री लिम्बू:- केस्राको शिर्षक र भावबीच तालमेल मिलेकोछ।विषयवस्तुमा सकेसम्म यस्तै क्लिष्टतामा लेख्दै जानु होला।तपाईको यो प्रयास राम्रो छ।केस्रालाई पढेर सिध्याउनु भन्दा पढी सकेर यसरि मनन गरिनु नै यसको विशेषता हो।

*.................*................*.....................*

 "धोका"

सँगै बाँच्ने बाचा गर्यौ
अर्कै को पो सिन्दुर भर्यौ

मन मुटु दिंदा पनि
बढी उस्कै भर पर्यौ

नगर्नु सब तिम्ले गर्यौ
आफू पनि जिउँदै मर्यौ।
                          - हस्त 'विवस' पि.एम. [१५-०७-२०१२]
मौलश्री लिम्बू:- सर,संरचनाको आधारमा मात्र 'केस्रा' बनेकोछ।भाव अथवा केस्राको मूल मर्मबाट विचलन भएकोछ।वाचा गरिसके पछी सर्व प्रथम संगै साथ रहने हुन्छ अनि मात्र विछोड वा धोकाको कुरा आउँछ।यसर्थ साथ रहनु पक्कै सुखद पक्ष हो।बरु वाचा तोडिएको प्रसंग गरिएको भए यो केस्रा उपर्युक्त हुने थियो।
 
झरी दान राई:- 'केस्रा' एउटा धारमा बगेको हुनु पर्छ।वाचनमा विचलन आएको छैन किनकि शब्द समायोजन र अक्षरहरु मिलेकोछ मात्र दोष भावसंग छ।

 *.....................*........................*...................*

 "पापिनी"

मलाई किन बचायौ
नाटक किन रचायौ

तमासा त्यो देखाउदै
दुनियाँ लाई नचायौ

छेउमा आई बचायौ
लाज सरम पचायौ।
                           - दर्शन योङ्हाङ् [३०-०६-२०१२]
मौलश्री लिम्बू:- सरसर्ती पढ्दा केस्राको भाव बुझ्न कठिन छ।विषयको जिज्ञासा मात्र समेटिए जस्तो लाग्न सक्छ तर शिर्षकलाई विषय वस्तु सम्झी निक्यौल गर्ने हो भने अति सशक्त बनेकोछ।समग्रमा भन्नु पर्दा यहाँ शिर्षकको प्रमुख भूमिकाले गर्दा केस्रालाई नै बेजोड बनाउन सफल रहेकोछ।

*...............*.................*.........................*

देउन साथ
तिम्रो त्यो रात

चुम्ने नि छु म
तिम्रो त्यो हात

दिन्नौ कि साथ
गरौला बात।
                      -स्याङ्जाली रमेश [१३-०६-२०१२]

भक्ति प्रसाद पौड्याल:-
१) शीर्षक राख्नै पर्छ ।
२) विषयवस्तुमा केन्द्रित र एकोन्मुख हुनै पर्छ ।
३) हरेक हरफमा अक्षरसंख्या बराबर पार्ने प्रयत्न हुनु पर्छ ।
४) न्यूनतम छ अक्षर र बढीमा बाह्र अक्षरका हरफ र माथिदेखि तलसम्म अक्षर संख्या उत्ति नै हुनु राम्रो ।अरु त ठिकै छ ।


मौलश्री लिम्बू:- केस्राको भावमा कुनै निष्कर्ष नभएता पनि यो सम्भावनाको रुपरेखामा अल्झिएकोछ।त्यसैले यो केस्राको भाविश्यकाल अन्तर्गत लेखिएकोछ तर पनि अनुप्रासको वर्ण विन्यास मिलेको छैन,"साथ" को "थ"अक्षर वर्णसंग "त"अक्षर अनुप्रासमा मान्य हुँदैन।
 
 [दृष्टान्त:- प्रयुक्त प्रतिक्रिया/बहसहरु फेसबूकको "केस्रा लेखन मञ्च " बाट साभार गरिएको हो। ]