- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Wednesday 31 October 2012

लक्ष्मीमाङ् चेम्जोङ्

      लक्ष्मीमाङ्  चेम्जोङ् जीका केस्राहरु



- लक्ष्मीमाङ् चेम्जोङ्
पाँचथर,हाल-मलेसिया
"सुकुम्बासी"

खुशीमा बस्ने मेरो आश
झुपडी नै हो मेरो बास

भत्काई दियौ सारा आज
बरु लैजाउ मेरो सास

रहेन बाँच्ने मेरो आश
लुटेर मेरो मधुमास।
                              २८-०९-२०१२

"परदेशी"

Thursday 25 October 2012

रोमन पीडा

                रोमन पीडा जीका केस्राहरु
 
 
- रोमन पीडा
पाँचथर,हाल- रेगिस्तान  
"अशान्ति"

देशमा शान्ति हरायो
युद्दले मन चरायो

मानव सबै दानव
हत्या हिंसा नै गरायो

भाइचारा नी हरायो
अशान्ति मन परायो।
                               २०-१०-२०१२
"साथ"

Monday 22 October 2012

भयवाद- देश सुब्बा

                 भय र भयवाद

पप्रवर्तक:- देश सुब्बा
हाल-हङ्कङ्
            भय भन्नाले डर भन्ने बुझिन्छ । भय अनेकौ प्रकारको हुन्छ । मान्छेको चेतना, सहनशीलता अनुसार भय तलमाथि हुन्छ । कुनै एउटै विषयमा कसैलाई बढी र कसैलाई कम भय हुने गर्दछ । जीवन र मृत्युको बारेमा पनि कसैलाई बढी र कसैलाई कम भय हुने गर्दछ । यसलाई हानीनोक्सानीको पर्यायवाची पनि मान्न सकिन्छ । मान्छे अज्ञात भयको सदा शिकार भैरहन्छ र ऊ यस भयबाट निस्किने उपायहरू खोजिरहन्छ । हानीनोक्सानी हुने संभावना र घटनाको बीचको समयमा व्यतित भैरहने परिस्थिति नै भय हो । घटना घटिसकेपछि एउटा भय र्टछ र अर्को भयको सिलसिला शुरु हुन्छ । भय श्रृङखला बद्ध हुन्छ । जन्म हुने बित्तिकै मृत्युको संभावना हुन्छ र मृत्युसँगै समाप्त हुन्छ । त्यसैले भयको आयु भनेको जन्म र मृत्यु बीचको दूरी हो । पृथ्वीको गुरुत्वाकर्षाले वस्तुहरूलाई आफूतिर खिचे जस्तै भयको शक्तिले जीवनका सबै पक्षलाई खिचेको हुन्छ । भयको रूप र आयु जान्दाजान्दै

Thursday 18 October 2012

भरत अधिकारी

            भरत अधिकारी जीका केस्राहरु

- भरत अधिकारी
तनहुँ ,हाल- मलेसिया
“जिन्दगी”

हावासंग चल्छ
एक दिन गल्छ

तेरो मेरो भन्दै
भोलि त्यसै ढल्छ

दु:खी हुँदै चल्छ
आगोसंगै जल्छ।
                        २०-०८-२०१२

“सहिद”

Tuesday 16 October 2012

बहस- केस्रा

पैले हसायो उसैले
आँखा रसायो उसैले

तर छोडि गयो आँफै

Sunday 14 October 2012

साथी समिर

           साथी समिर जीका केस्राहरु
 
 
- साथी समिर
झापा,हाल- यु.ए.ई.
"आग्रह"

पैसाको पछि हुरुक्क नहुनु
हार्दैमा बाजी तड्पेर नरुनु

ईमान तिम्रो नबेच्नु कहिल्यै
पराई पाऊ झुकेर नछुनु

गन्तव्य भेट्न आलस्य नहुनु
साहस तिम्रो आशुँले नधुनु ।

"चेतना"

Monday 8 October 2012

जे वि राई "रुमानी"

जे वि राई "रुमानी" जीका केस्राहरु
 
 
- जे वि राई "रुमानी"
मोरंग,हाल- मलेसिया
"नेता"

लौ सुन नेताको कुरा
भित्रभित्रै चाल्छ छुरा

मीठामीठा आस्वासन
अनि भाषणमा सुरा

काम भन्दा बढी कुरा
मात्र कुरा हुन्न पुरा।

"अहं"

Sunday 7 October 2012

फोटो- हार्दिक बधाई

                           "14th IMAGE AWARD 2012 '
                         सर्वोत्कृष्ट अवार्ड प्राप्त गर्नु भएकोमा हार्दिक बधाई एवम् शुभ-कामना..

पब्लिक च्याईस अवार्ड : खुशेनिछो चाम्लिङ राई र भूमिराज राई 'उकाली ज्यानको....."

Saturday 6 October 2012

केस्राको हरफ समायोजन

                            केस्राको हरफ समायोजन

          'केस्रा''को प्रचलित संरचना र मान्यतामा रहेर लेखिने निश्चित '' हरफको सृजना ''केस्रा'' होकारणवश वा संरचनालाई हेरफेर गरेर लेखिएमा ती ''ढाँचा केस्रा'' हुनप्रचलित '' हरफलाई तीन हिस्सामा समायोजन गरिएकोछपहिलो दुई हरफको समायोजनलाई ''उठान'',दोश्रो समायोजनलाई ''विश्राम'' र तेश्रो समायोजनलाई ''बैठान'' भनिन्छसामान्यतय:''केस्रा''को यो बाह्य स्वरूप होहिस्साका

Tuesday 2 October 2012

मन कुमार पारघरी "तुखेसा"

मन कुमार पारघरी "तुखेसा" जीका केस्राहरु

- मन कुमार पारघरी "तुखेसा"
तेह्रथुम,हाल- कतार  
"बेदना"

सम्झनामा रुँदैछु
आँसुले पीर धुँदैछु

अरु सबै हाँस्दैछन्
रुने एक्लो हुँदैछु

धुर-धुरी रुँदैछु
तस्बिर पो छुँदैछु।
                   २८-०८-२०१२

"निष्ठुरी"

Monday 1 October 2012

बहस- केस्रा

“सहिदको चित्कार”

हाँसेर हेर्छौ देश जलेको
बर्षौ'भो यसरी'नै चलेको

नीयत कि नीयती बुझिन्न
सायद दैबले नै छलेको

सहन सक्छु आत्मा जलेको
सक्दिन हेर्न झण्डा बलेको।
              - साथी समिर [१५-०८-२०१२]

दान राई 'झरी'':- केस्राको शिर्षक हेर्दाखेरि केस्रामा खोट भेटिन्न तर केस्रा भित्र म सहिद हुँ भन्ने कुरा पूर्ण रुपमा खुलेन की जस्तो लाग्यो।