- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Thursday 18 October 2012

भरत अधिकारी

            भरत अधिकारी जीका केस्राहरु

- भरत अधिकारी
तनहुँ ,हाल- मलेसिया
“जिन्दगी”

हावासंग चल्छ
एक दिन गल्छ

तेरो मेरो भन्दै
भोलि त्यसै ढल्छ

दु:खी हुँदै चल्छ
आगोसंगै जल्छ।
                        २०-०८-२०१२

“सहिद”

मर्छ हाँसेर
शत्रु नासेर

दुई दिनको
नाता गाँसेर

गयो हाँसेर
नाम टाँसेर।
                  २०-०८-२०१२

“याद”

बल्झियो घाउ झन
दु:खाउदै मेरो मन

पराई भयौ नि तिमी
नहुँदा साथमा धन

तिमी सम्झी रुन्छु झन
तिम्रो पत्र अझै छन।
                    २०-०८-२०१२

“चेली”

रुन्छेउ आँशु झारी
मनमा गाँठो पारी

जन्म घर नै छोड्दा
मन बनाई भारि

जाँदैछौ आँशु झारी
लगाई रातो सारी।
                         २०-०८-२०१२

“फटाहा”

हात जोडी आयौ
ठूला गफ लायौ

झूटो बोल्न बाठा
गाउँ सबै खायौ

झूटो बोलि आयौ
देश बेच्न चायौ।
                          २०-०८-२०१२