- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Friday 30 November 2012

भरत अधिकारी

    भरत अधिकारी जीका केस्राहरु 
 
 
- भरत अधिकारी
तहनु,हाल-मलेसिया
"वैश"
ओँठमा लाली
कता हो साली

लामो कपाल
काटेर फाली

लगाइ लाली
मस्कीन थाली।
                      ०७-११-२०१२

"बेकार"

खुशी थे सारा
चर्किदा नारा

देख्यौ हामीले
तिम्रो त्यो पारा

अघाए सारा
रोल्पा र खारा।
                    ०६-११-२०१२
 
“वाध्यता”

बन्धक छ बारी
म मुग्लान पारि

मन पुग्छ घर
ऋणको छ भारि

पेट पाल्ने बारी
रुन्छु माया मारी।
                         ३०-०८-२०१२

"पीडा"

रोएर सिकें बाँच्न
पीडामा जाने हाँस्न

मैले बिर्सेर तिमी

सकिन मन भाँच्न

बाध्य छु रुदै बाँच्न
सकिन हासो साँच्न।
                               २१-०८-२०१२