- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Tuesday 6 November 2012

केहि केस्राहरु- १०

                    केहि केस्राहरु - १०  
  "बेअर्थ"

इशाराकै तालमा
झिल्के फँस्यो जालमा

सोह्रसत्र गुमायो
बेहोसीकै चालमा

पछुतो बेतालमा
बुढ्यौलीका सालमा।
                            ०१-१०-२०१२
- भक्ति प्रसाद पौड्याल  मोरंग
********************************

“कर्म”

कर्म नै खोटो
ज्यान छ मोटो

सकिन किन्न
नानीको भोटो

भएछु खोटो
खादैछु रोटो।
                    ३०-०८-२०१२
- मणि राई "गोठाले" सुनसरी,हाल- मलेसिया
**************************************************

“गुनासो”

अझै नि मेरो उस्तैछ हाल
छोडेर गयौ बिग्रियो चाल

माया को मुना चुढाई लग्यौ
बनाई छोड्यौ आशु को ताल

मर्नु न बाच्नु उस्तैछ हाल
पर्ख्या छु अझै आएन काल।
                                      ३१-०८-२०१२
- दर्शन योङ्हाङ् लिम्बु   झापा
****************************************
  "पुनरागमन"

पराई  भूमि छाडी आएँ
धोका हण्डर कति खाएँ

विवशताले टाढीएको
उही पुरानै गाउँ पाएँ

आमा तिम्रै काखमा आएँ
लौ मिलनको गीत गाएँ।
                             १४-१०-२०१२
- पराजित राम ,काभ्रे पलान्चोक ,हाल- कतार
********************************************

“ठूली”

रूपवती ठूली
फूल जस्तै फूली

जवानी देखाई
मन भित्रै डुली

यो मनमा ठूली
जून जस्तै खुली।
                           ३१-०८-२०१२
- इक्शाहाङ् चेम्जोंग , झापा