- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Wednesday 19 December 2012

सन्दर्भ:- पृथ्वी प्रलय -२

   सन्दर्भ:- पृथ्वी प्रलय – “के भन्छ धर्मशास्त्र”

“वेद’शब्दको अर्थ :-...’वेद्मते=ज्ञायते धर्मादिपुरुषार्था अनेन इति वेद:” जसबाट धर्मादि पुरुषार्थलाई राम्रोसंग जान्न,बुझ्न,केलाउन सक्छौ,त्यसलाई ‘वेद’ भनिन्छ।...

सृष्टि कसरी भयो ?
आर्यसिद्धान्त अनुसार:- ...(ऋ. १०।९०।१३।१४ ) ती विराट् पुरुष परमात्माको मनबाट चन्द्रमा उत्पन्न भयो,आँखाबाट सूर्य उत्पन्न भयो,मुखबाट इन्द्र र अग्नि दुवैको उत्पत्ति भयो,प्राणबाट वायु भयो।त्यसै प्रकारले अन्तरिक्ष तथा द्मौ,भूमि आदिको सृष्टि विराट् पुरुष परमात्माद्वारा भयो।

खगोलशास्त्रीहरुको अनुसार:-
१) ‘महाविस्फोट’:- यो सिद्धान्तको प्रतिपादन बेल्जियमनिवासी’पादरी’ले गरेको हो।यो सिद्धान्तलाई ‘विग-वैंग थ्योरी’ पनि भनिन्छ।यी पादरीको नाम “अब्बेजार्ज लमत्रे” थियो।यिनको मतअनुसार अरबौ वर्ष पहिले विश्वको पदार्थ अत्यन्त सघन थियो।अनि दबाबको स्थितिमा थियो।दबाबको कारण गेस मेघमा बढ्यो। त्यसो हुँदा महाविस्फोट भयो।अनि गेस मेघ कैंयौ टुक्रा भएर उछिट्टिए।....त्यसो हुँदा एउटा महाविस्फोट भएपछि विश्व बनेको हो भन्ने कुरा यो सिद्धान्त मान्नेहरुको छ।
२) ‘सुस्थिर-अवस्था सिद्धान्त’:- ...यस मतको प्रतिपादन ‘थोमस गोल्ड’ र ‘हरमन बाण्डी’ नामक वैज्ञानिकले गरेका थिए।....पदार्थको निर्माण सधैं भइरहन्छ।..हट्दै गएका पदार्थहरुको ठाउँ पूर्तिको लागि त्यहि नयाँ पदार्थ बन्न थाल्छ।
३) ‘चक्राकार विश्वसिद्धान्त:- यस मतका प्रतिपादक डा.एलन संदाग’ थिए।उनको कथन छ कि पहिले विश्व फैलिएको थियो,अनि पछि खुम्चिन्छ।तर यो प्रक्रिया अरबौ वर्षमा हुन्छ।उनका अनुसार १२ अरब वर्ष पहिले महाविस्फोट भयो।त्यसपछि विश्वको प्रसार भयो।अब पछि पनि २९ अरब(विलियन) वर्षपछि विश्वको फैलाव रोकिनेछ।फेरि विश्व खुम्चिन लाग्नेछ।फेरि ४१ अरब वर्षपछि आफ्नै ठेगानामा फैलेर आउनेछ।त्यसपछि विश्व आपसमा टक्कराउनेछ,टक्कराएपछि सबै नाश हुनेछ।त्यसपछि अत्यधिक सघन गेस मेघको निर्माण हुनेछ।अनि महाविस्फोटको साथै नयाँ विश्वको निर्माण हुनेछ।यो क्रिया निरन्तर चलिराखेको हुन्छ।विश्व बन्छ फेरि नष्ट हुन्छ,बन्छ फेरि नष्ट हुन्छ। (‘वेदमा के छ ?’ पेज ४ र ५)

पृथ्वी कति पुरानो हो ?
१) हिन्दूवैज्ञानिकक अनुसार:- १,९७,२९,४९,०५० (१ अरब ९७ करोड २९ लाख ४९ हजार ५० वर्ष) पुरानो सृष्टि भएको मान्नेछन्।
क) ’अग्निमीडे’ सिद्धान्त या हिन्दूसिद्धान्त:- ४,३२,००,००,०००( चार अरब बत्तीस करोड) वर्षको पृथ्वीको समय मानवको लागि परमात्माले नियत गरिदिए।
ख) मनुस्मृति अ.१ श्लोक ६८,७३,७९,८० का अनुसार १९९० विक्रमीय संवत् मा सृष्टि भएको ९७,२९,४९,०३४ वर्ष भयो।

पृथ्वीको आयु:
१) हिन्दू सिद्धान्तमा पृथ्वीको आयुको गणना:- सम्पूर्ण सृष्टि =१४ मन्वन्तर १५=सन्धि युग=१४+७१ चतुर्युगी+१५ सन्धियुग=१४+७१+४३,२०,०००वर्ष+१५, सन्धियुग प्रत्येक मन्वन्तरका मध्यमा एक सन्धियुग हुन्छ।जसको परिणाम सत्य युगको समान १७,२८,००० वर्ष हुन्छ।सम्पूर्ण सृष्टि=१२+७१+४३,२०,०००)+१५+१७,२८,०००= ४,२९,४०,८०,०००+२,५९,२०,०००= ४,३२,००,००,००० सौरवर्ष हुन्छन्।यो त सृष्टिको आयु हो।यस बेला सृष्टिको प्रारम्भदेखि ६ मन्वन्तर पुरै बितिसक्यो,सातौ मन्वन्तरको २७ चतुर्युगी पुरा भइसक्यो र अब २८ औं चतुर्युग चल्दैछ।जसमा सत्य,त्रेता,द्वापर पुरा भइसक्यो।कलियुगको संवत् १९९० विक्रमीय संवत् मा ५०३४ वर्ष बितिसक्यो।.....

२) विशप (महापादरी) ‘उषर’ले पृथ्वीको उत्पत्ति ई.पू.४००४ जनवरी मासकोप्रथम सप्ताहमा भएको मानेको
छ।त्यसैले त यो तारिख आज पनि उनीहरुको धर्मग्रन्थ ‘बाइबल’ को प्रत्येक पृष्ठको अन्तमा छापिराखेको हुन्छन्।
३) चिनी वैज्ञानिक सृष्टिको आयु ९,६०,०२,४२३ वर्ष पुरानो मान्दछन्।
४) इरानीहरुको मत अनुसार १२,००० वर्षपूर्व पृथ्वीको उत्पत्ति भएको हो।
५) कतिपय विद्वानहरुले चैल्डीयन्स सभ्यतालाई सबैभन्दा पुरानो मानेका छन्।जसमा आधुनिक पाश्चात्य सभ्यताको विकास भन्दछन्।यिनीहरुको सिद्धान्त अनुसार लगभग २० लाख वर्षपहिले समून्द्रबाट पृथ्वीको उत्पत्ति भएको हो।
तिनी एक मध्ये वेविलोनियन्सहरुको सिद्धान्त अनुसार ५ लाख वर्ष पहिले यस धरातलमा मान्छे भए। (‘वेदमा के छ ?’ पेज ७/८/९/१०/११)
[स्रोत:- ‘वेदमा के छ ?’ – डा.स्वामी प्रपन्नाचार्य। साझा प्रकाशन संस्करण:- छैटौं २०६०।]

[दृष्टान्त: १) सत्ययुग=१६,२८,००० २)त्रेतायुग=१२,९६,००० ३)द्वापरयुग=८,६४,००० ४)कलियुग=४,३२,००० यी चार युग मिलेर एक चतुर्युग बन्छ।यसको पूर्ण अवधि ४३,२०,००० (४३ लाख,२० हजार,) वर्ष हुन्छ।यहि चतुर्युग ७१ पटक बित्दा १ मन्वन्तर हुन्छ।यसको पूर्ण अवधि ३,६७,२०,००० वर्ष (३ करोड,६७ लाख,२० हजार) वर्ष हुन्छ।अहिलेसम्म जम्मा १४ मन्वन्तरमध्ये ६ मन्वन्तर पुरा भएर ७१ चतुर्युगको पनि २८ औं चतुर्युग चल्दैछ।]
पृथ्वी प्रलय असम्भव:
१) ज्योतिषशास्त्री, खगोलशास्त्री एवं वैज्ञानिकहरूले आगामी डिसेम्बर २१ तारिख र डिसेम्बर २३ देखि २५ तारिखसम्म पृथ्वीमा कुनै किसिमको दुर्घटना नहुने जानकारी गराएको छ।

२) डा.वासुदेवकृष्ण शास्त्री (ज्योतिषाचार्य तथा वास्तुशास्त्री):- २०१२ को डिसेम्बर २१ देखि २४ सम्मको समय अर्थात् नेपाली पात्रो अनुसार पुस महिनाको ६ देखि १० गतेसम्मको सम्पूर्ण समय चन्द्रमा मीन राशिमा रहनेछ भने ग्रहहरूको स्थितिमा सूर्य धनराशि, मंगल मकर राशि, बृहस्पति वृष राशि, केतु मेष राशि, राहु तुला राशिमा तथा शुक्र र बुध वृश्चिक राशिमा रहनेछन्। पुष ६ गते उत्तर भाद्रपद नक्षत्र, तिथि नवमी परेको छ। त्यसको एक साता अर्थात् डिसेम्बर २८ तारिख तदनुसार पुस १३ गतेसम्म पञ्चांगअनुसार ग्रहहरूको स्थिति हेर्दा आकाशमा बादलको अवस्था, हावाको वहाब, पानी पर्ने सम्भावना, पृथ्वीको गति वा चाल, सम्पूर्ण ग्रह तथा नक्षत्रहरूको चाल, आकाशगंगाहरूको स्थिति गणना गर्दा कुनै पनि अनिष्ट वा अशुभको संकेत देखिँदैन। पृथ्वीको विनाशको कुरामा कुनै पनि रूप वा सार भेटिँदैन।

पृथ्वी प्रलयको अनुमान:
१) माया क्यालेन्डर सन् २०१२ डिसेम्बर २१ (पुस ६ गते शुक्रबार) मा सकिने हुनाले पृथ्वीको आयु पनि सोही क्यालेन्डरअनुसार समाप्त हुनेछ ।यसपटक हजारौं पर्यटक म्याक्सिकोमा भेला भएका छन्। उनीहरू माया सभ्यताका प्राचिन मन्दिरको दर्शनका लागि त्यहाँ पुगेका हुन्। लगभग दुई हजार वर्ष अघि माया सभ्यताको विस्तार केन्द्रीय अमेरिका र आसपासको भूभागमा फैलिएको थियो ।
२) करोडौं वर्ष पहिले पृथ्वीमा उल्का ठोक्किँदा डाइनोसर लोप भएजस्तै पृथ्वीमा विशाल ग्रहहरू ठोक्किँदै छन् जसले मानव सभ्यता नै नष्ट हुनेछ ।यही डिसेम्बर २३ देखि २५ तारिख (पुस ८ देखि १० गते) मा उत्तरी ध्रुव दक्षिणमा र दक्षिणी ध्रुव उत्तरमा जाने हुनाले चुम्बकीय शक्तिको फेरबदलले पृथ्वीका सम्पूर्ण इलेक्ट्रोनिक उपकारणहरूले काम गर्ने छैनन् भने पृथ्वीमा पूरै ब्ल्याक आउट हुनेछ ।
३) यसअघि पृथ्वी ध्वस्त हुने पूर्वानुमान् सन् १८४० मा पनि गरिएको थियो। यस पछि प्रत्येक दशकमा दुई-तीन पटक विश्व ध्वस्त हुने भविष्यवाणी भए ।
४) सन् १९९० को दशकमा पृथ्वी ध्वस्त हुने पूर्वानुमान्हरू सबैभन्दा बढी देखा परेका थिए। उक्त दशकमा ६ पटक यस्ता किसिमका पूर्वानुमानहरू आए।
५) सन् १९९९ को डिसेम्बर ३१ बढी नै चर्चित थियो। त्यसपछि सन् २००३ मा पनि यस्तै किसिमको घटना हुने पूर्वानुमान गरिएको थियो। आखिर त्यो पनि पहिलेका पूर्वानुमानहरूजस्तै गलत सावित भयो।
६) २०१२ डिसेम्बर २१ होस् वा डिसेम्बर २३ देखि २५ सम्मका घटनाहरूप्रति आममानिसको चासो अत्यधिक बढेको देखिन्छ।
७) करिब १३ सय वर्षअघि एउटा पत्थरमा लेखिएको सन्देशलाई मानिसहरूले विश्वको समाप्तिको भविष्यवाणी मान्दै आएका छन्।

विश्वको अन्त्य हुन्छ तर कहिले ? र आधार :
१) खगोलविद्हरूका अनुसार पृथ्वीको आयु अझै ७ दशमलव ५ अर्ब वर्ष छ। 'त्यसपछि पृथ्वी सूर्यमा गाभिनेछ,' बीबीसीको साइन्स कार्यक्रमका प्रस्तोता एवं लेखक क्वेन्टिन कुपरलाई उद्धृत गर्दै बीबीसीको अनलाइन संस्करणमा लेखिएको छ- 'तर, त्यसअघि नै मानिसहरू पृथ्वीवाट गायव भैसकेका हुनेछन्' ।

२) महा ज्वालामुखीः अमेरिकाको यलोस्टोन नेसनल पार्कमा विश्वको सबैभन्दा ठूलो ज्वालामुखी विस्फोट हुने आशंका गरिएको छ। भू-गर्भ विशे षज्ञहरूका अनुसार यो ज्वालामुखी हरेक ६ लाख ५० हजार वर्षमा विस्फोट हुन्छ र विनाशकारी घटनाक्रम शीघ्र दोहोरिने क्रममा छ। विस्फो टपछि त्यसको राप वायुमण्डलमा फैलिनेछ। यसले सूर्यको किरण रोक्नेछ र तापमान घट्नेछ। यो निरन्तर रहनेछ र धर्तीमा जीवनको अस्तित्व समाप्त हुनेछ।

३) चुम्बकीय क्षेत्रको कमालः पृथ्वीको चारैतिर चुम्बकीय क्षेत्र छ। वैज्ञानिकहरूका अनुसार उत्तरी एवं दक्षिणी धुव्रले प्रत्येक ७ लाख ५० हजार वर्षमा आफ्नो स्थिति बदल्छन्। त्यसो हुँदा पनि पृथ्वीको जीवन खतरामा पर्नेछ। अध्ययनमा पाइएको छ कि धुव्रले हरेक वर्ष २० देखि ३० किलोमिटरको हिसाबले आफ्नो स्थिति बदल्दै जान्छन्। चुम्बकीय प्रभाव सकिएपछि जीवनको अस्तित्व पनि समाप्त हुनेछ।

[स्रोत:- http://www.ekantipur.com/saptahik/article/?id=9202 ]