- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Monday 31 December 2012

मौलश्री लिम्बू

                      मौलश्री लिम्बू जीका केस्राहरु
  
- मौलश्री लिम्बू
झापा,हाल-मलेसिया
  "चाटुकार"

हे !प्रिय मित्र तिम्रो हर कुरा
मुखमा राम बगलीमा छुरा

छद्मवेशी हिमचिम भो अब
यता या उता बनिदेऊ पुरा

कलियुगमा तिम्रो चाटु कुरा
लाग्छ नारद जी थिए बेसुरा ।
                                          ३०-१२-२०१२

  "मान्छे"

लिंदा खुशी हुँदै लिन्छ
फिर्तामा फतफतिन्छ

कठै !मान्छेको नीयत
लेनदेनमा चिनिन्छ

चिप्ले घसेर नै लिन्छ
अत: सम्बन्ध सकिन्छ।
                                      २९-१२-२०१२
 
   "झरी"

सम्बन्धको शहरमा
झरी पर्ने ठहरमा

रुमाल बोक्न वाध्य छु
सम्हालिन कहरमा

सोझो हुँदा शहरमा
दर्द मिल्यो लहरमा।
                               १०-१२-२०१२

   "नयन"
 
आँखीभुइँ मिलेका नयन
झिम्के परेलीको आचरण

गाजल बनि लिप्सन पाउँ
भन्छ सधैं लजालु यो मन

मृगिणी माथ खाने नयन
गर्दैछ मलाई आकर्षण ।
                                       ०४-११-२०१२