- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Friday 29 June 2012

केहि केस्राहरु -६

केहि केस्राहरु

"निष्ठुरी"

माया नै अन्त सार्यौ
अनि त माया मार्यौ

फेरी नउठ्ने गरि
सिधै नै तल झार्यौ

साँचै नै माया मार्यौ
र त बिचल्ली पार्यौ।
             २८-०६-२०१२

                             - सन्तोष माबुहाङ् "अनसन"
                          बसन्तपुर,तेह्रथुम,हाल- मलेसिया


*...........*..........*.........*............*

"कुलाङ्गार'

मणि राई "गोठाले"
सुनसरी,हाल-मलेसिया
भमरा बसी फूलमा
गर्भ बसेछ भूलमा

कता उडे यायावर
सबै उस्तै यो हुलमा

बज्रपात भो फूलमा
ग्रहण लाग्यो कुलमा ।
             १५-०२-२०१२



*...............*.............*...........*.............*


 "सानी"

मेरो गाउँ कि सानी
नखरा हो कि बानी
ठागु जी
लम्जुङ्ग,हाल- साउदी अरब

सबैले उसलाई
भन्छन् रुप कि खानी

हिजोसम्म कि सानी
भई सबै कि रानी ।
०२-०२-२०१२

Thursday 28 June 2012

केहि केस्राहरु -५

केहि केस्राहरु


"निष्ठूरी"

चोटै चोट दिएर
खुशी जती लिएर 
हस्त "विवस" पुन
मसिना - ७ रोल्पा,हाल-मलेसिया

बाँच्ने आशा कति छ
मेरो आँशु पिएर

जाउ दु:ख दिएर
हराउछु म खिएर।
          ०६-०६-२०१२

"बिछोड"

बर्षौं अघि ला'को माया
भयो आज दायाँ बायाँ

पारी वन-पाखा भरि
देख्छु उनको सधैं छाया

धरोधर्म लाग्छ माया
रहेसम्म मेरो काया।
              २३-०५-२०१२


*...........*...........*............*..........*

"याद"

रुपेश"अनमोल"फत्र
भारपा-3,पाँन्थर,हाल-मलेसिया
खेल्छे आँखा भरी
जुन जस्ती परी

सदैव आउछ
याद घरी घरी

पीडा मन भरी
बिर्सौ कसो गरी।
        २९-०५-२०१२


*...........*............*.............*...........*

रुद्र मिश्र
पाँचथर,हाल-मलेसिया
"लाग्छ"

रमाएछु समाउदा हात
अनि भुल्दै गएँ आफ्नै जात

हाँस्दा बोल्दा यो मन रमायो
जस्तै आकाशमा जूनको रात

के छ के छ ! सुकोमल हात
लाग्छ फूलको कलिला पात।
                            २८-११-२०११
   [प्रारम्भिक चरणमा लेखिएको केस्रा ]

Monday 11 June 2012

नारदमनि राई


नारदमनि राई जीका केस्राहरु


"मित्र"

भूतपूर्व मित्र
रैछौ अपवित्र

देखायौ औकात
उदांगो चरित्र


नारदमनि राई
झापा,हाल- मलेसिया

धोकेबाज मित्र
भएछौ विचित्र।
          २३-०५-२०१२

"बाध्यता"

मैले आज पिएँ
फाट्या मन सिएँ

बैरी आफ्नो सम्झी
मन मुटु दिएँ

चोट पर्दा पिएँ
बेहोसीमै थिएँ।
          २२-०३-२०१२
"जिन्दगानी"
प्रकृतिको रीत
लाऊ माया प्रीत

जिन्दगानी हाम्रो
झरी जाने शीत

चलेकै छ रीत
हार अनि जीत।
             २५-०३-२०१२
"पिएँ"
आज मैले पिएँ
फाट्यो मन सिएँ

वैरी आफ्नो सम्झी
मन मुटु दिएँ

चोट पर्यो पिएँ
बेहोशीमा जिएँ
       २१-०३-२०१२
"परदेश"

परदेश आएँ
कर्मले नै धाएँ

घरबार सबै
बन्दकीमा लाएँ

दु:खले म आएँ
झन दु:ख पाएँ ।
            ०८-०३-२०१२
"असफलता"

काँ देखिन्छ मुटु जलेको
भित्र भित्रै आगो बलेको

जता हिड्यो उतै पहिरो
भाग्यले नि कति छलेको

खाक भै सपना जलेको
संगै मेरो लक्ष्य ढलेको।
                      २९-०२-२०१२
[  केस्रा साहित्यानुरागी मित्रहरु तपाईलाई ब्लगमा प्रकाशित प्रत्येक केस्राहरु अध्ययन पछि  कस्तो लाग्यो कृपया तल.. १) उत्तम २) राम्रो ३) नराम्रो...बक्समा क्लिक गरि अभिमत दिनु होला।]

Saturday 9 June 2012

मौलश्री लिम्बू

           मौलश्री लिम्बू जीका केस्राहरु


"अनिधो"

- मौलश्री लिम्बू
झापा,हाल- मलेसिया  

फूलें
झुलें

तिमीमा
घुलें

फूलें
भूलें

     १२-०५-२०१२ 

"प्रेम-पत्र"

Monday 4 June 2012

पराजित राम

पराजित राम जीका प्रारम्भिक चरणमा लेखिएको केस्राहरु
‎"धोका"
माया मेरो माग्यौ
एक्लै छोडी भाग्यौ

पराजित राम
काभ्रेपलान्चोक हाल- कतार

कसको यादमा डुब्दै
रातै भरी जाग्यौ
 
जवानी यो माग्यौ
आखीर बाटो लाग्यौ।
      २०-१२-२०११
"भरीया"

बोकेर साहुको भारी
पुग्नुछ भञ्ज्याङ पारी

दुई छाक टार्न गाह्रो छ
स्वास्नी माग्छे नयाँ सारी

थाप्लोमा पीरको भारी
बन्धकी छ पाखो बारी।
      १८-१२-२०११
'पिडा"
चर्केपछी, छाती
अँधेरी यो, राती

खोज्दैछु तिम्लाई
जलाएर, बाती

छिया-छिया, छाती
भएन खै, जाती।
     १४-११-२०११ 
 
 
[     केस्रा साहित्यानुरागी मित्रहरु तपाईलाई ब्लगमा प्रकाशित प्रत्येक केस्राहरु अध्ययन पछि  कस्तो लाग्यो कृपया तल.. १) उत्तम २) राम्रो ३) नराम्रो...बक्समा क्लिक गरि अभिमत दिनु होला।]

Sunday 3 June 2012

दिलिप 'सगर'

 दिलिप "सगर" राई जीका प्रारम्भिक चरणमा लेखिएको केस्राहरु


"सत्ता"

जसले पायो सत्ता
उसले खायो भत्ता

सत्ता नै रै छ शक्ति
मलाई भयो पत्ता

जय इश्वर सत्ता
दुनियालाई लत्ता।
       १४ -१२-२०११  

दिलिप "सगर" राई
उर्लाबारी,मोरंग

 "साली"

मेरो छ एउटी साली
न त गोरी न काली


फर्साईली र राम्री
लाग्छ फूलको डाली

भेनाकी प्यारी साली
हाँस्छे अंगालो हाली।
             ०३-१२-२०११ 


''निस्ठुरी"

छोटो कपाल काट्यौ
छड्के परेर बाट्यौ

तिम्रै नै हुन्छु भनि,
माया देखाई धाट्यौ

मेरो कलेजी काट्यौ
बादल जस्तै फाट्यौ।
            ०२-१२-२०११ 
"भेट"

साईबर नेटमा
अप्रत्यक्ष भेटमा

एउटी रुपसीसंग
चल्यो गफ चेटमा

बस्यो माया नेटमा
ढलें म त गेटमा।
         २८-११-२०११ 

 
"मृत्यु"

ऊ आउँछ अनि जान्छ
सबैलाई फकाई लान्छ

कस्तो मै हुँ भन्नेलाई
कुनै निहुँ पारि तान्छ

उ विन्ती नसुनी जान्छ
आहार बनाई खान्छ।
            १५-११-२०११
 "डल्ली"

पारि गाउँकी डल्ली
लगाई पाउमा कल्ली

हाट जान लागेकी
ब्याग बोकेर हल्ली

ठुलो घरकी डल्ली
कोरली बनि चल्ली
        
           १४-११-२०११

"तिमी"

तिमी मेरी मनकी रानी
तिमी मेरी प्रेमकी खानी

तिमी नै हौ सर्वस्व मेरी
तिमी मेरी यो गिन्दगानी

तिमी मेरी रुपकी रानी
तिमी पाई भएँ भाग्यमानी।
                     ०९-११-२०११

[     केस्रा साहित्यानुरागी मित्रहरु तपाईलाई ब्लगमा प्रकाशित प्रत्येक केस्राहरु अध्ययन पछि  कस्तो लाग्यो कृपया तल.. १) उत्तम २) राम्रो ३) नराम्रो...बक्समा क्लिक गरि अभिमत दिनु होला।]

Saturday 2 June 2012

ईक्शाहाङ् चेम्जोंग

       ईक्शाहाङ् चेम्जोंग जीका केस्राहरु


"वियोग" 

अतित  सम्झेर  रोएँ
व्यथा  आँशुले  धोएँ

अधुरो  प्रेम  कहानी 
यो  मन  भित्रै  भो'एँ

याद गरेर रोएँ 
मुटु  जलेको  छोएँ


ईक्शाहाङ् चेम्जोंग
झापा,हाल- साउदी अरब

"समर्पण"  
यो  तिम्रै  हो मन
यो  तिम्रै  हो तन

सम्हाली  देउ  प्रेम 
यो  तिम्रै हो धन  
यो तिम्रै हो मन
यो तिम्रै हो पन।
            ३०-०५-२०१२

"वैश"

चम्पा चमेली फूल्यो
धर्ति आकाश खुल्यो

रंगिन हुँदा बस्ति
प्यासी नयन झुल्यो

बेली बाबरी फूल्यो
वैशालु मन डुल्यो।

"प्रिय"


प्रिय छेउमा बसिदेउ
अनि अंगालो कसिदेउ

लैला मजनु झैँ जोडीको
प्रेम कथा लेख्ने मसिदेउ

यो मुटु भित्रै बसिदेउ
नशालु ओठले डसीदेउ।
              
२९-०५-२०१२