- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Saturday 19 January 2013

रोमन पीडा र पासाङ तमु

     रोमन पीडा र पासाङ तमु  जीका केस्राहरु
 

       "उनि"

उनी मनको बगैचा भरि
डुल्छिन मनमा यसै गरि

हरपल हुन्छिन मनमा
सम्झनाको साझ वरिपरि

आउछिन मेरै खुशी भरि

- रोमन पीडा
पाँचथर,हाल-रेगिस्तान
शाश्वत मायाँको बीज छरी।
                                  १५-१२-२०१२

"नजाऊ"

मलाई छाडेर नजाऊ
अन्तैतिर माया नलाऊ

म त तिम्रै हुँ बाँचुञ्जेल
पराई कै सामु नछाऊ

मायाँ यो मारेर नजाऊ
मुटु माझ मै राख्छु आऊ।
                                  २८-१०-२०१२
 
******************************
 
- पासाङ तमु
गोर्खा ,हाल-मलेसिया
"जीवन"

के छ यहाँ मरेर लानु
यो हो दुई दिनको मानु

भोली कस्ले देखेको छ र
मीठो चोखो खोजेर खानु

पाईन्न बोकी केहि लानु
जस्तो आयो उस्तै छ जानु।
                           ३०-११-२०१२

"प्रवासी जीवन"

मन काटिन्छ,आँखा रसाई
सम्झना सगै,आँशु खसाई

यस्तै भो दिन,प्रवासी हामी
कति छ अझै,यस्तो बसाई

बस्दैछु यहाँ,आँखा रसाई
रोएर आफै मालिक हँसाई।
                         २९-११-२०१२