- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Tuesday 26 February 2013

केहि केस्राहरु -२ [२०१३]

 तेज राई , जी.के. श्रेष्ठ र लक्ष्मीमाङ चेम्जोङ  जीका केस्राहरु 

सुको" 

नहुनाले सुको
जिन्दगी भो फुको

कमाउनु पर्दा

कैयौ छ याँ रु'को

जोहो गरौँ सुको
जिउन हलुको
३०-०१-२०१३

“सानी” 

बुथुने बस्त्रमा चिरीच्याँट पर्थी
ऊ एेनामा कपाल रगीँन गर्थी

बैँशमा उन्मत्त तल्लाघरे सानी
उनी अत्तर शीर पुछार छर्थी

फुलेको जवानी हेर्दै मख्ख पर्थी
आफूभन्दा राम्री देख्दा आँखा तर्थी ।
२६-०१-२०१३
- तेज राई         खोटांग, हाल-यु.ए.ई.

*************************************

“धोका” 

धोकाको शहर
औंसीको लहर

अब भो खाँदिन
आँशुको जहर

छोडें है शहर
मर्यो लौ रहर
२६-०१-२०१३ 
- जी.के.श्रेष्ठ             भोजपुर,हाल- यु.ए.ई.

************************************************
“देशमा” 

नुन तेल खोइ देशमा
विकल्प पाईन्न शेषमा

सबै आउंछ कुर्सिमा बस्न
जाली सबै जोगी भेषमा

कोही आई बस्छ देशमा
इशारा अनि अडेसमा।
३१-१२-२०१२ 
- लक्ष्मीमाङ चेम्जोङ लिम्बु 
अङ्सराङ-५,पाँचथर ,हाल- मलेसिया