- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Thursday 28 March 2013

केहि केस्राहरु -४ [२०१३]


रोमन पीडा र  मनकुमार "तुखेसा"जीका केस्राहरु 

- रोमन पीडा
 पांचथर
,हाल- रेगिस्तान


"कदर"

साचो मायाको हुन्न कदर
हेर्न थाल्नेछन् पैले अधर

मायाँ मायाँ नै हो संसारमा
प्रेममा रुप हेर्छ नजर

मायामा गर्न सिक कदर
हुने छैन यो मायाँ बदर।
०७-०३-२०१३

"कस्ती"

Sunday 24 March 2013

चिन्हको प्रयोग

     चिन्हको प्रयोग :

१) अल्प विराम ( , ) :- अल्प विराम-चिन्ह पद,वाक्यांश वा खण्डवाक्य छुट्याउँदा र सम्बोधनमा छोटो अडानका निम्ति लाग्छ।

२) अर्द्ध विराम (;) :- वाक्यमा अर्द्ध विराम-चिन्ह कम लाग्छ र यसको साटो प्राय: विराम-चिन्ह प्रयोग गर्ने गरिन्छ;तै पनि कतै-कतै अर्द्ध विराम-चिन्ह नलगाई हुँदैन।खास गरि लामो र मिश्रित वाक्यलाई छुट्याउन र वाक्यको सम्बन्ध अलिक परको देखाउन परेमा यो चिन्ह प्रयोग हुन्छ।

३) पूर्ण विराम (।):- वाक्य पुरा भएपछि अडानका निम्ति पूर्णविराम-चिन्ह लाग्छ।यस्ता वाक्य प्रश्नवाचक,विस्मयादिबोधक वा निर्देशक भए सम्बन्धित चिन्ह मात्र लाग्छन् यो चिन्हको प्रयोग फेरि त्यसमा

Thursday 21 March 2013

केहि केस्राहरु-३ [२०१३]

रुपेश फत्र र स्याङ्गजाली रमेश जीका केस्राहरु 

- रुपेश "अनमोल" फत्र
पाँचथर,हाल-मलेसिया 
'बात"

छड्के हेराईमा लाग्छ मात
अनि हुन्छ सुमधुर बात

त्यहि वार्तालाप भित्र हुन्छ
साच्चै चोखो मायाको सौगात

मीठो बोल्दा खेरि लाग्छ मात
बातैमा हुन्छ मायाको खात।
२४-०२-२०१३

"दु:ख' 

Monday 18 March 2013

समिर सिम्खडा

समिर सिम्खडा जीका केस्राहरु 


-समिर सिम्खडा
धादिंग,हाल मलेसिया 
" लालचमा " 

हत्या गर्दै हिँड्छौ लुकेरै
गल्ली -गल्ली बस्छौ ढुकेर

आ -आफुमा मिल्दैनौ किन?
सँधै बस्ने होकी चुकेर

फेला पर्ला हिड्दा लुकेर
बस्नु पर्ला शिर झुकेर
०९-०३-२०१३

"राजनिती"

Tuesday 12 March 2013

सागर सिलवाल

     सागर सिलवाल जीका केस्राहरु 
- सागर सिलवाल
ललितपुर,हाल- यु.के. 


 "नियति" 

के भएको होला यस्तो
म मात्र त भए सस्तो

गाह्रो पो पर्छ कहिले
भयो मलाई लौ कस्तो

सधै भरि हुन्छ यस्तो
म भड्खालोतिर खस्तो

"रहर" 

Saturday 9 March 2013

मौलश्री लिम्बू

    मौलश्री लिम्बू जीका केस्राहरु 


- मौलश्री लिम्बू
झापा,हाल-मलेसिया 
“कर्म”

यी हातका ठेलाहरु
यी दु:खका मेलाहरु

प्यारी..! बेहिसाब मिल्छन्
यी सुखका झेलाहरु

यी कर्मका ठेलाहरु
यी सास्तीका पेलाहरु।
२७-०२-२०१३

"नेता" 

Wednesday 6 March 2013

तेज "विवश" राई

  तेज "विवश" राई जीका केस्राहरु 


- तेज "विवश" राई
धनकुटा ,हाल-कतार
"अठोट" 

पसिनाको खोली यहाँ बगाएर
पानीसंग सुख्खा रोटी चपाएर

दिन रात मालिकको पाउ मोली
पठाउँछु घर खर्च बचाएर

आफ्नै देशमा पसिना बगाएर
देखाउछु हेर सुन फलाएर।
२८-०२-२०१३

“पीडा” 

Sunday 3 March 2013

राज आङ्देम्बे “सहयात्री”

राज आङ्देम्बे सहयात्री” जीका केस्राहरु 


-राज आङ्देम्बे “सहयात्री”
पाँचथर,हाल-मलेसिया 
"निर्णय" 

हौसिएर तिम्रै भरोसामा परेँ
नौनी जस्तै पग्ली समिपैमा सरेँ

थियो तिमी र म भित्र त्यो भिन्नता
मुटुको जरै उखेल्यौ झण्डै मरेँ

सम्बन्धको  निर्णय गर्ने नै परेँ
छुट्दैछु हे प्रिया..! लाग्छ  ठिकै गरेँ ।
१७-०२-२०१३

"पागल प्रेमी"