- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Sunday 3 March 2013

राज आङ्देम्बे “सहयात्री”

राज आङ्देम्बे सहयात्री” जीका केस्राहरु 


-राज आङ्देम्बे “सहयात्री”
पाँचथर,हाल-मलेसिया 
"निर्णय" 

हौसिएर तिम्रै भरोसामा परेँ
नौनी जस्तै पग्ली समिपैमा सरेँ

थियो तिमी र म भित्र त्यो भिन्नता
मुटुको जरै उखेल्यौ झण्डै मरेँ

सम्बन्धको  निर्णय गर्ने नै परेँ
छुट्दैछु हे प्रिया..! लाग्छ  ठिकै गरेँ ।
१७-०२-२०१३

"पागल प्रेमी" 



लाग्छ केहि हुन लाग्यो म'मा
जानेरै होकी या अन्जानमा

यो कस्तो दिवानापन छायो
भन्नै पर्दा मैले समग्रमा

पागलै भएँ तिम्रो प्रेममा
सम्हाली देउ ए प्रियतमा ।
१६-०२-२०१३

"रहस्य" 

जब तन त्यो बाडिन्छ
बिस्तारै गति छाडिन्छ

आफन्त को त के कुरा
दुनियाँ सारा  फाडिन्छ

यौवन अन्तै बाडिन्छ
अनि त घरै भाडिन्छ ।
१५-०२-२०१३

"रोदन"

म सँगै मेरो आत्मा रुँदा
तिमीसँग बिछोड हुँदा

जिन्दगी सारै विरक्तियो
मैले तिमीलाई गुमाउँदा

न पखालिन्छ पीडा रुँदा
आँशुले नि नयन धुँदा ।


"आत्माग्लानी" 

जति कुरा लुकाएँ
उति सास दबाएँ

निर्दोषी बन्न आफू
झुटो कुरा बताएँ

आफ्नै दिल भत्काएँ
अनि छट पटाएँ ।
०१-०१-२०१३