- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Sunday 24 March 2013

चिन्हको प्रयोग

     चिन्हको प्रयोग :

१) अल्प विराम ( , ) :- अल्प विराम-चिन्ह पद,वाक्यांश वा खण्डवाक्य छुट्याउँदा र सम्बोधनमा छोटो अडानका निम्ति लाग्छ।

२) अर्द्ध विराम (;) :- वाक्यमा अर्द्ध विराम-चिन्ह कम लाग्छ र यसको साटो प्राय: विराम-चिन्ह प्रयोग गर्ने गरिन्छ;तै पनि कतै-कतै अर्द्ध विराम-चिन्ह नलगाई हुँदैन।खास गरि लामो र मिश्रित वाक्यलाई छुट्याउन र वाक्यको सम्बन्ध अलिक परको देखाउन परेमा यो चिन्ह प्रयोग हुन्छ।

३) पूर्ण विराम (।):- वाक्य पुरा भएपछि अडानका निम्ति पूर्णविराम-चिन्ह लाग्छ।यस्ता वाक्य प्रश्नवाचक,विस्मयादिबोधक वा निर्देशक भए सम्बन्धित चिन्ह मात्र लाग्छन् यो चिन्हको प्रयोग फेरि त्यसमा
हुनु हुँदैन।

४) प्रश्न-चिन्ह (?):- कुनै कुरा सोध्दा र आवेग,शंका वा व्यङ्ग्यमा पनि प्रश्न-चिन्हको प्रयोग हुन्छ।

५) उद्धरण-चिन्ह (‘ ’ “ ”):- प्राय:शब्दको विशेष गोडमा वा तिनलाई महत्त्व दिंदा,कुनै कुराको उद्धरणमा एकोहोरो (‘ ’) र बोलेको कुरा जस्ताको तस्तो राख्नु पर्दा,बातचित र सवाल-जवाफमा दोहोरो (“ ”) उद्धरण-चिन्हको प्रयोग गर्नुपर्छ।

६) उद् गार–चिन्ह (!):- उद् गार–चिन्ह हर्ष,विस्मात,घृणा,आश्चर्य आदिको भाव प्रकट गर्दा र सम्बोधनमा पनि लाग्छ।

७) निर्देशक-चिन्ह (--):- कुनै कुरालाई व्याख्या वा उद्धृत गर्दा,अर्थ्याउँदा र बातचितमा बोल्नेको पछाडि निर्देशक चिन्ह लगाइन्छ।

८) योजक-चिन्ह (-):- दुई शब्दलाई जोड्नु पर्दा र हारको आखिरीमा शब्द नअटाई अर्को हारमा लेख्नु परेमा योजक-चिन्हको प्रयोग गर्ने गरिन्छ।

९) कोष्ठक-चिन्ह ()[]{}:-
कोष्ठक-चिन्हहरुमा शब्द र मूल वाक्यसित असम्बन्धित कुरामा औ क्रम वा विषय छुट्याउँदा कोष्ठ (),कुनै विशेष स्थिति र कुरामा बन्धनी [ ] र ढाक्नु पर्दा जुँघे {} चिन्ह लगाइन्छ।यी सबै चिन्ह हिसाबमा धेरै प्रयोग हुन्छन् ।

१०) लाघव-चिन्ह (०):- यो चिन्ह प्रचलित वा विशेष शब्दको छोटकरी उच्चारणमा लगाइन्छ।जस्तै:- रच० -रचयिता। डा० –डाक्टर।

११) लोप-चिन्ह (^):- यो चिन्ह शब्द र वाक्यको छुटमा प्रयोग गरिन्छ।यसलाई ‘कागपाते’ पनि भनिन्छ।

१२) विलोप-चिन्ह (’):- शब्दमा कुनै अक्षर लुकेको भए विलोप-चिन्हको प्रयोग गरिन्छ।जस्तै:- न यताट’पा को छ न उता‘ट।

१३) अपूर्ण चिन्ह (....):- शब्द वा वाक्यको बाँकीमा अपूर्ण चिन्ह (....) लाग्छन् ।जस्तै:- सारा झलमल्ल भो।लीलाको जीवन-दीपचाहिं...!
[स्रोत:- राम्रो रचना:मीठो नेपाली]