- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Saturday 9 March 2013

मौलश्री लिम्बू

    मौलश्री लिम्बू जीका केस्राहरु 


- मौलश्री लिम्बू
झापा,हाल-मलेसिया 
“कर्म”

यी हातका ठेलाहरु
यी दु:खका मेलाहरु

प्यारी..! बेहिसाब मिल्छन्
यी सुखका झेलाहरु

यी कर्मका ठेलाहरु
यी सास्तीका पेलाहरु।
२७-०२-२०१३

"नेता" 



जव लाग्छ राजनीतिको रंग
ईमानको पनि बद्लिन्छ ढंग

आफूलाई हराई आफै जीत्न
गर्छ संघर्ष स्वाभिमानसंग

लेपिएर राजनीतिको रंग
ऊ देखिन्छ हात्ती भन्दा अजंग।
२०-०२-२०१३

"राष्ट्रनायक" 

गर्न खोज्छन् सहमति
दाउपेच चाहिं अति

राजनीति चलखेल
बुझिन्दैन एक रती

जस्को चल्छ धूर्त मति
ऊ नै बन्छ प्रजापति।
३०-०१-२०१३

“जवानी" 

वाफ रे ! यो तिम्रो जवानी
लाजले भएँ पानी-पानी

कुन रुप सकल तिम्रो
या गर्छौ छेपारोको बानी

देखेर भन्दैछु जवानी
चेहेरामा छ है निसानी।
१२-०१-२०१३