- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Friday 12 April 2013

मौलश्री लिम्बू

    मौलश्री लिम्बू जीका केस्राहरु 
- मौलश्री लिम्बू
झापा,हाल-मलेसिया 


"अनुरोध"

मैले दिएका प्रेम-पत्रहरु
सबै च्यातेर फ्यालीदेऊ बरु

दिल-दिमागमा राख मलाई
त्यो भन्दा ज्यादा चाहिंदैन अरु

जलाऊ या च्यात ति पत्रहरु
जिन्दगी सुम्पिन्दै तिमीमा सरुँ।
०८-०४-२०१३

"अन्तर्द्वन्द्व"



अक्सर योमन खुब खेल्छ
चुप बस्दा मलाई नै पेल्छ

भौतारिन्दै हिड्छ जताततै
जे हासिल होस् मसंगै झेल्छ

सुराकी गरि सोचेरै खेल्छ
नतिजा लिन मलाई ठेल्छ ।
०५-०४-२०१३

"सिंहदरवार"

कोहि आएर थचक्कै बसोस्
बरु आकाशबाट नै खसोस्

लौ हुन्न हो हुन्न सहमति
साधु भै नेता खरानी धसोस्

कलियुगका ति राम बसोस्
या त यी यमदूत नै पसोस्।
१८-०३-२०१३