- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Sunday 12 May 2013

केस्रा:- लोकापर्ण सम्पन्न

        “केस्रा” विमोचन कार्यक्रम सम्पन्न....


प्राज्ञ -श्रवण मुकारुङ -  पुस्तक बारेमा चर्चा गर्नु हुँदै 
     काठमाण्डौ/हिजो सम्पन्न भएको “केस्रा” साहित्यमा केस्रा विधाको घोषणा तथा दस्तावेज” विमोचन कार्यक्रमबाट औपचारिक रुपमा नेपाली साहित्यका लागि केस्रा विधाले उपस्थिति जनाउन सफल भएको छ।
यस ऐतिहासिक अभियानलाई सार्वजनिक गर्नका लागि आफ्नो अमूल्य समय दिनु हुने प्रमुख अतिथि प्रा.डा. गोविन्दराज भट्टराई ज्यू[केस्रा विधा प्रतिपादनका लागि सल्लाहकार],अतिथिहरु प्राज्ञ- श्रवण मुकारुङ ज्यू,लघुकथा समाजका अध्यक्ष एवम् युवामञ्च मासिक पत्रिकाका सम्पादक- श्री ओम श्रेष्ठ “रोदन” ज्यू,आख्यानकार- राजन मुकारुङ ज्यू,केस्रा विधा प्रतिपादनका लागि सल्लाहकार- कृष्ण बस्नेत “भाग्य” ज्यू साथै साहित्य-स्रष्टाहरु,पत्रकारहरु,साहित्यानुरागी मित्रहरुमा हार्दिक धन्यवाद व्यक्त गर्दछौ। यहाँहरुको गरिमामय उपस्थितिबाट केस्रा विधाको पहिलो दस्तावेज लोकापर्ण कार्यक्रम सु-सम्पन्न भएकोमा हामी हर्षित छौ। 

यस कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्नका लागि प्रमुख श्रेय:- 
१) केस्रा प्रवक्ता:- दिलिप ‘सगर’ राई
२) कवि:- चन्द्रवीर तुम्बापो
३) साहित्यकार/अध्यापक:- चन्द्र गोपाल चेम्जोङ
४) गजलकार:- चन्द्रा चाम्लिङ्ग
[पुस्तक तथा कार्यक्रम पूर्वार्द्धका लागि:- कवि- स्व.स्वप्निल स्मृति ]
        साथै विमोचन कार्यक्रमको लागि फेसबूकमार्फत प्रसार-प्रचार गरि सहयोग गर्नु हुने तमाम केस्रा सर्जक,केस्रा अनुरागी,शुभ चिन्तक मित्रहरुमा कृतज्ञता व्यक्त गर्दछौ।
            


               आभारी छौ:-



    केस्रा प्रवर्तक:- मौलश्री लिम्बु ,केस्रा प्रवक्ताद्वय- जीवन देवान "गाउँले",कृष मगर एवम् केस्रा लेखन मञ्च परिवार।

दायाँबाट क्रमश: श्री ओम श्रेष्ठ 'रोदन',प्राज्ञ- श्रवण मुकारुङ,प्रा.डा. गोविन्दराज भट्टराई , आख्यानकार -राजन मुकारुङ  र केस्रा पप्रवक्ता- दिलिप 'सगर' राई.......



शुभकामना

लाली छर्दै उदाउ
गाउँ बस्ती ब्यूँझाउ

द्वन्द साम्य पारेर
शान्ति दिप जलाउ

नयाँ रुपमा उदाउ
मेरो स्वप्ना बचाउ।
-अनिरूप रसाइली
कास्की,हाल-साउदी अरब 


[बैशाख २८ गते २०७० / ११ मे २०१३ ]