- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Tuesday 25 June 2013

खेमराज "गाउँले"

     खेमराज "गाउँले" जीका केस्राहरु 
- खेमराज "गाउँले"
लिबाङ,रोल्पा 

“याद” 

भेट हुन्थ्यो चौतारीमा
कहिले सालघारीमा

गाई चराउँदै सँगै
कहिले सँगै बारीमा

सधैंजसो चौतारीमा
सजिन्थिन् उनी सारीमा ।
०५-०६-२०१३

“प्रेम” 

समाचार: केस्रा अनुशीलन

उर्लाबारीमा ‘केस्रा’ को अनुशीलन
 
भुपेन्द्र तिम्सिना     उर्लाबारी(ब्लाष्ट)  पौष १७, २०६९ / 
          नेपाली साहित्यमा भित्रिएको ‘केस्रा’ विधामाथि शुक्रबार उर्लाबारीमा अनुशीलन कार्यक्रम भएको छ । नेपाली साहित्य समाज उर्लाबारीको आयोजनामा सम्पन्न कार्यक्रमको पहिलो चरण नेसास उर्लाबारीका अध्यक्ष रमेश भट्टराईको अध्यक्षतामा भएको थियो । कार्यक्रममा विभिन्न बुद्धिजीवी, साहित्यकार, सञ्चारकर्मी लगायतलाई स्वागत तथा सम्मान गरिएको थियो । सो कार्यक्रमको सञ्चालन सञ्चारकर्मी तथा स्रष्टा भूपेन्द्र तिम्सिनाले गरेका थिए ।
     दोस्रो चरणको अनुशीलन तथा बहस कार्यक्रम मिश्र वैजयन्तीले सञ्चालन गरेकी थिइन् । अन्तर्राष्ट्रिय परदेशी साहित्यिक समूहका अध्यक्ष तथा विश्व नेपाली साहित्य महासंघका उपाध्यक्ष सुरेन्द्र लिम्बू ‘परदेशी’ विशेष अतिथि रहेको कार्यक्रममा केस्रा मञ्चका सल्लाहकार भक्तिप्रसाद पौडेल, प्रवक्ता दिलिप सगर राई, भीम खतिवडा र समालोचक रामजी तिम्सिनाले केस्रा बहस गरेका थिए ।
      कार्यक्रममा ‘परदेशी’ ले वर्तमान नेपाली साहित्यमा देखापरेका प्राय: सबै प्रभावशाली गतिविधिहरु परदेशबाटै आइरहेको र केस्रा विधाको घोषणा पनि यसैगरी आएकोले यसले दिनानुदिन लोकप्रियता पाउादै जानुमा साइवर संसारको उपलब्धी बताए । प्रा. भक्तिप्रसाद पौडेलले केस्रा गजल र रुवाईसाग मिल्छ भन्ने जिज्ञासालाई प्रष्ट पारेका थिए भने केस्रा प्रवक्ता राईले केस्रा वाचन समेत गरी

Saturday 22 June 2013

सिर्जना अनुशीलन कार्यक्रम

              "केस्रा" सिर्जना अनुशीलन कार्यक्रम २०७० असार ७ गते उर्लाबारी,मोरंग

दायाँबाट क्रमश:- समालोचक-रामजी तिम्सिना, केस्रा प्रवक्ता-दिलिप राई 'सगर', केस्रा सल्लाहकार-भक्ति प्रसाद पौड्याल,  वि. ने. सा. महासंघका उपाध्यक्ष सुरेन्द्र लिम्बू ‘परदेशी’, वक्ता- भीम खतिवडा, कार्यक्रम संचालिका-मिश्र वैजयन्ती



Saturday 15 June 2013

केहि केस्रा:- ६ [२०१३]

"आस्था"

वाध्यता साँचेको संगालो
निरास देख्दा ती भीरालो

सोधूँ झैँ लाग्छ जूनलाई
फर्केर आउन उज्यालो

कथा र व्यथाको संगालो

Thursday 13 June 2013

मीना पुमा राई

      मीना पुमा राई जीका केस्राहरु 

- मीना पुमा राई
खोटांग,हाल-लेवनान 
"याद"

म जन्मे अनि हुर्केको माटो
मैले पाइला टेकेको दोबाटो

झल्झली याद आउँछ मलाई
झुपडिमा पाकेको त्यो आँटो

नभुल्न सकेँ देशको माटो
सम्झानामा आज मन फाटो।
२४-०५-२०१३

"धोका"

Sunday 9 June 2013

अन्तर्वार्ता:- जीवन "गाउँले'

केस्रा प्रवक्ता:- जीवन देवान 'गाउँले'
मलेसियाका केही सृर्जनाहरुले मुलधारे भनिने सृजनालाई माथ खुवाउन सक्ने दम राख्छ ।-जीवन देवान 'गाउँले '

        जीवन देवान 'गाउँले' प्रवासी साहित्य त्यसमा पनि मलेशियाको साहित्यिक माहौल भित्र नया नाम हैन । आफ्ना शसक्त कलम मार्फत समाजमा घटेका कुनै पनि घटनाक्रमहरुलाई टपक्क टिपेर कथाको ताना भित्र मिठासपुर्ण सृजना कोर्न खप्पिस गाउले बिगत केही वर्षहरु देखि प्रवासमा बसेरै आफ्ना सृजना मार्फत घरदेश र परदेश जोडीरहनु भएको छ । विशेषत कथा लेख्न रुचाउनुहुने गाउलेका कलमहरु फाट्टफुट्ट अन्य विधा

Friday 7 June 2013

प्रनिल चापागाईं

प्रनिल चापागाईं जीका केस्राहरु 
- प्रनिल चापागाईं   
शिवगंज-७,झापा,हाल-मलेसिया
 

"स्वाभिमान" 

झुकाउँदिन यो मेरो शीर
गोर्खालीको छोरो हुँ म वीर

हाबी भए बैरी माटोमाथि
साथ हुन्छ प्रतिकारी तीर

हिमाल झै अटल छ शीर
ज्यानै गए नि मान्दिन पीर।
०३-०६-२०१३

"बाटुलिहरू" 

Thursday 6 June 2013

समिक्षा:- माटो मुटु र मन


      मीरा मनले मन छोएपछि 

“काफियाहरूलार्इ गजलको मुटु मान्दै रदीफहरूको बन्धनमा रहेर मीठा शब्दमा भावनाको लेपन लगाएर रचिएका कोमल अनि शालीन शब्द र शेरहरूको सुन्दर माला नै गजल हो ।”— मीरा मन थापा
खेवारा
            श्रमले लछप्प भिजेको शरीरले सुक्न पाएको थिएन । निठूर समय भाग्दै गएको थियो । ढल्किंदै गएको दिनको खुशीयालीमा मान्छेहरू चार आँखा बालेर सडक उत्रँदै थिए । उल्टो समाज, उल्टै नियम कानूनको देशमा म पनि चारै खुट्टा उचालेर सडकमा उत्रिएँ । मलार्इ दम्मामको अत्यन्त चर्चित बजार सिकोमा मीरा उर्फ‘माटो मुटु र मन’ सँग मीठो भेट गर्नु थियो ।
          जसको लेखनमा दम छ, जसको लेखनले मनलार्इ छुन्छ र जसले साहित्यको मूलधारलार्इ खुट्याएर कलम चलाएको छ, उनैको नाम मीरा मन थापा हो भन्ने मैले बुझेको हूँ । माइधार झापामा जन्मिएकी मीरा

Monday 3 June 2013

भरत अधिकारी

भरत अधिकारी जीका केस्राहरु 
- भरत अधिकारी
तनहुँ,हाल-मलेसिया  

"होसियार"

चल्ला खाने बाज
विना काम काज

झुकाई आउँछ
मान्दैन हौ लाज

बाठो छ यो बाज
गर्न खोज्छ राज।
१५-०५-२०१३

"माया"