- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Saturday 15 June 2013

केहि केस्रा:- ६ [२०१३]

"आस्था"

वाध्यता साँचेको संगालो
निरास देख्दा ती भीरालो

सोधूँ झैँ लाग्छ जूनलाई
फर्केर आउन उज्यालो

कथा र व्यथाको संगालो

आस्थामा काट्दै छु उकालो।
१९-०५-२०१३
- जी.के.श्रेष्ठ भोजपुर,हाल- यु.ए.ई. 

*********       ********      **********       ********

''माया''

कता हिड्यौ काली
मेरी ठुली साली

मलाई धेरै याद
तिम्रै आउछ खालि

नजिक आउ काली
गर्दिन म गालि।
२५-०३-२०१३
- स्याङ्गजाली रमेश, स्याङ्गजा हाल- यु.ए.ई

********       **********         ********     *******

“स्वाभिमान” 

अरुको कुरा मानिएन
मौकामा चौका हानिएन

पैसाको पछि लाग्नेलाई
आदर्श कैल्यै ठानिएन

धन सम्पत्ति मानिएन
आडम्बरी हुन जानिएन।
२४-०२-२०१३
- भक्ति प्रसाद पौड्याल , मोरंग