- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Tuesday 25 June 2013

समाचार: केस्रा अनुशीलन

उर्लाबारीमा ‘केस्रा’ को अनुशीलन
 
भुपेन्द्र तिम्सिना     उर्लाबारी(ब्लाष्ट)  पौष १७, २०६९ / 
          नेपाली साहित्यमा भित्रिएको ‘केस्रा’ विधामाथि शुक्रबार उर्लाबारीमा अनुशीलन कार्यक्रम भएको छ । नेपाली साहित्य समाज उर्लाबारीको आयोजनामा सम्पन्न कार्यक्रमको पहिलो चरण नेसास उर्लाबारीका अध्यक्ष रमेश भट्टराईको अध्यक्षतामा भएको थियो । कार्यक्रममा विभिन्न बुद्धिजीवी, साहित्यकार, सञ्चारकर्मी लगायतलाई स्वागत तथा सम्मान गरिएको थियो । सो कार्यक्रमको सञ्चालन सञ्चारकर्मी तथा स्रष्टा भूपेन्द्र तिम्सिनाले गरेका थिए ।
     दोस्रो चरणको अनुशीलन तथा बहस कार्यक्रम मिश्र वैजयन्तीले सञ्चालन गरेकी थिइन् । अन्तर्राष्ट्रिय परदेशी साहित्यिक समूहका अध्यक्ष तथा विश्व नेपाली साहित्य महासंघका उपाध्यक्ष सुरेन्द्र लिम्बू ‘परदेशी’ विशेष अतिथि रहेको कार्यक्रममा केस्रा मञ्चका सल्लाहकार भक्तिप्रसाद पौडेल, प्रवक्ता दिलिप सगर राई, भीम खतिवडा र समालोचक रामजी तिम्सिनाले केस्रा बहस गरेका थिए ।
      कार्यक्रममा ‘परदेशी’ ले वर्तमान नेपाली साहित्यमा देखापरेका प्राय: सबै प्रभावशाली गतिविधिहरु परदेशबाटै आइरहेको र केस्रा विधाको घोषणा पनि यसैगरी आएकोले यसले दिनानुदिन लोकप्रियता पाउादै जानुमा साइवर संसारको उपलब्धी बताए । प्रा. भक्तिप्रसाद पौडेलले केस्रा गजल र रुवाईसाग मिल्छ भन्ने जिज्ञासालाई प्रष्ट पारेका थिए भने केस्रा प्रवक्ता राईले केस्रा वाचन समेत गरी
केस्रा भिन्न विधा हो भन्ने बारेमा स्पष्ट पार्ने प्रयास गरेका थिए । खतिवडाले साहित्यमा प्रगतिशील दृष्टिकोण राख्दै केस्रा परदेश गएका श्रमिकहरुले रगत पसिना बगाएर नेपाल र नेपालीका लागि सिर्जेको सिर्जना भएको धारणा राखे । तिम्सिनाले केस्रा विधाले स्थापित हुन निक्कै संघर्ष गर्नु पर्ने भए पनि परदेशी साहित्यले रेमिट्यान्स जस्तै नेपाली साहित्यमा महत्वपूर्ण स्थान राख्ने धारणा राखेका थिए । कार्यक्रममा डा. गोपाल भण्डारी, रमेश भट्टराई, कृष्ण उदासी, चर्चित ढुंगेल, शंकर आत्मा, धनकुटे कान्छा लगायतले धारणा राखेका थिए ।
      हाम्रो बचत तथा श्रण सहकारी संस्था प्रालिको सभा हलमा भएको कार्यक्रममा इलाम, पााचथर, झापा, मोरङ, सुनसरी लगायतबाट १ सय ५० भन्दा बढी लेखक, सञ्चारकर्मी र बुद्धिजीवीहरु उपस्थित थिए ।

[ब्लाष्ट टाईम्स दैनिक ,धरान:
http://www.blast.com.np/newsdetail-6727-9.html

No comments:

Post a Comment