- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Sunday 9 June 2013

अन्तर्वार्ता:- जीवन "गाउँले'

केस्रा प्रवक्ता:- जीवन देवान 'गाउँले'
मलेसियाका केही सृर्जनाहरुले मुलधारे भनिने सृजनालाई माथ खुवाउन सक्ने दम राख्छ ।-जीवन देवान 'गाउँले '

        जीवन देवान 'गाउँले' प्रवासी साहित्य त्यसमा पनि मलेशियाको साहित्यिक माहौल भित्र नया नाम हैन । आफ्ना शसक्त कलम मार्फत समाजमा घटेका कुनै पनि घटनाक्रमहरुलाई टपक्क टिपेर कथाको ताना भित्र मिठासपुर्ण सृजना कोर्न खप्पिस गाउले बिगत केही वर्षहरु देखि प्रवासमा बसेरै आफ्ना सृजना मार्फत घरदेश र परदेश जोडीरहनु भएको छ । विशेषत कथा लेख्न रुचाउनुहुने गाउलेका कलमहरु फाट्टफुट्ट अन्य विधा
पनि चलिरहेको छ तथापी उहालाई कथामा जस्तो अरु विधामा खुलेर अभिव्यक्त भए जस्तो नलाग्लो रहेछ । बैदेशिक रोजगारीको ब्यस्त दिन चर्यामा अल्झिन्दै भए पनि बिभिन्न साहित्यिक संस्थाहरुको महत्वपुर्ण जिम्मेवारी सम्हालीरहनु भएका गाउले मलेशियाबाट प्रतिपादित नया विधा "केस्रा"को प्रवक्ताहरु मध्येको एक हुनुहुन्छ । स्थाई ठेगाना बोधे -९, धनकुटा भए पनि हाल उहा 'मलेशिया'को राजधानी क्वालालम्पुरमा कार्यरत हुनुहुन्छ । प्रस्तुत छ प्रवासी साहित्यको वर्तमान अवस्था बारे मेरो चौतारीमा भएको भलाकुसारीको अंश -
# तपाइको वर्तमान दिन चर्या कसरि बितिरहेको छ त ? 
> म मलेसियामा रोजगाररत अनुबन्धित श्रमिक हु, तसर्थ मेरा प्राय आफ्नो नियमित डिउटी मै बित्छ । त्यो समयबाट बचाएर यसो समाजिक संघ संस्थाहरुमा फाट्टफुट्ट देखिने गर्छु । हाल सम्म मेरो दिनचर्या भन्नु यही छ ।

# नयाँ योजनाहरु के-के छन् त ? 
> तत्काललाई विश्व नेपाली साहित्य महासंघ मलेशियाको प्रकाशनमा मलेशिया ब्यापी संयुक्त लघुकथा संग्रह प्रकाशन गर्नु पर्ने अभिभारा आफ्नो काधमा भएको हुदा त्यो भारलाई चाडै बिसाउने योजना छ र त्यो काम लगभग अन्तिम चरणमा पुगिसकेको छ । त्यस पछि आफ्नै कथाहरुको संग्रह निकाल्ने योजनामा छु ।

# लामो समय प्रवासमा सिर्जना गरिरहनु भएको छ, कस्तो छ त डायस्पोराको लेखन स्तर?
> म मलेशियाको भुगोलमा रहेर लेख्ने हुनाले सम्पुर्ण डायस्पोरिक लेखनको विश्लेषण गर्ने ल्याकत राख्दिन । मलेसियाको सन्दर्भमा भन्नु पर्दा केही लगनशिल सर्जकका सृर्जनाले मुलधारे भनिने सृजनालाई माथ खुवाउन सक्ने दम राख्छ ।

# मुलधारे साहित्यिक माहोलको कुन स्थानमा देख्नुहुन्छ त प्रवासी सर्जक र सृजनाहरुलाई ?
> सृजनाको हिसाबले वा कृति प्रकाशनको हिसाबले ? मानक के लाई मान्ने ? यदी सृजनाको हिसाबले भन्ने हो भने डायपोरिकहरु मुलधारेसंग हाराहारीका पनि देखिन्छन् । कृति प्रकाशनको हिसाबले त उछिनुला झै को अवस्थामा देख्छु ।

# समग्र प्रवासी साहित्यको माहोल भित्र नि त मलेसियाको साहित्य कुन स्थानमा होला, तपाइको विचारमा ? 
> भारतलाई प्रवास नमान्ने हो भने र प्रथम व्दितिय जस्ता पोजिसनकृत नगरी भन्नु पर्दा समग्र प्रवासी साहित्यिक माहौल भित्र मलेशियाको स्थान पनि उती नै छ जती अन्य देशको छ । भनौ न हाराहारी मै छ ।

तपाइको बिचारमा मलेसियाका सर्जकहरु कुन स्तरका सर्जकहरु हुन् ? 
> मलाई लाग्छ हामी मध्यम स्तरका हौ की ? यसको अर्थ अन्य सर्जक साथीहरुको क्षमताको आंकलन गरीएको नबुझीयोस् ।

# प्रसंग बदलौ, पछिल्लो अवस्थामा के तपाई अलि निस्क्रिय हुनुभएको हो ? र किन ? 
> खै मलाई त निष्क्रिय भए जस्तो लाग्दैन ।

# तपाइको आफ्नो लेखन विधा के हो? आफु कुन विधामा मज्जाले खुले जस्तो लाग्छ ?
> मेरो लेखन विधा भन्नु कथा र गीत हो । कथा लेख्दा चाही आफु मज्जाले खुलेको जस्तो लाग्छ ।

# विभिन्न संघ सस्थामा पनि हुनुहुन्छ, तपाईका सस्थाहरुको अवस्था कस्तो छ त ? 
> म संघ संस्थामा आबद्ध छु, यसको मतलब यो हैन की ति संघ संस्था मेरा हुन् । तसर्थ यसरी नबुझिदिन हुन निवेदन गर्दछु । जहासम्म म संलग्न संस्थाको आवश्यक कुरा छ मलाई लाग्छ चलायमान अवस्था कै छ ।

# मलेसियाका कतिपय संथाहरु नाम मात्रैलाई भए भन्ने पनि आरोप छ नि के मलेसियाका संस्थाहरुले काम नगरेकै हो त ? 
> पहिलो कुरा त मलेशियामा रहेका अधिकांश नेपालीहरु संथागत तवरले प्रवेश गरेको नभई ब्याक्तिगत तवरले प्रवेश गरेका हुन् भन्ने तथ्यलाई भुल्नु हुन्न । त्यस्तो अवस्थामा संस्थागत हुनुपर्छ भन्ने चेत लाई पनि उपलब्धि नै माननु पर्छ । जहा सम्म काम नगरेको भन्ने सवाल छ। यस बारेमा मलाई के लाग्छ भने यहाको भुगोल, परिस्थिती, कानुन जस्ता कुराहरुमा दख्खल राख्दै संघ संस्थाहरुको हैशियत बुझ्नु जरुरी छ र सोही अनुरुपको मात्रै अपेक्षा गर्नु पर्छ जस्तो लाग्छ । सत्य कुरा के हो भने संघ संस्थाहरु होस् या ब्याक्ति कसैले पनि हैसियत नपुग्ने प्रतिफल दिदैन ।

# केहि सर्जक भनौदाहरु सस्थाका नाममा रकम संकलन गरेर भूमिगत भएकाहरु पनि छन्, यिनीहरुको बारेमा तपाइको भनाइ के छ ? 
> प्रवासको अन्य मुलुकहरुमा सर्जकहरुबाट दामासाहीले रकम संकलन गरेर उनै सर्जकहरुको सृजना साहित्य संगालो वा संग्रह संस्थाको नामबाट प्रकाशन गर्ने प्रचलन छ छैन थाहा भएन । तर मलेशियामा त्यो चलन बसाउने अभ्यास अनेसास मलेशियाले शुरु गरेको हो । यस्तो अभ्यासमा अनेसास मलेशिया केही हद सम्म सफल पनि भयो । फलस्वरुप अन्य साहित्यिक संस्थाहरुबाट पनि अनुसरण गरीयो । तर पछिल्लो समयको अनुभवले के देखाएको छ भने संस्थामा ब्याक्ति हाबी भए समस्या उत्पन्न हुदोरहेछ । तर पनि एउटा सर्जकले संस्थाको नाममा त्यसरी रकम संकलन गरेर भुमिगत हुन्छु ठान्नु भैम मात्रै हो । जो भुमिगत हुनुहुन्छ। उहाहरुले यो भ्रमबाट मुक्त हुनु जरुरी छ । साथै उहाहरुले आफ्नो मान प्रतिष्ठाको पनि ख्याल गर्नु जरुरी छ ।

# यस्ता विकृति रोक्न हामीले के गर्नु पर्ला ? 
> त्यसरी पैसा उठाउने व्यक्ति र उसंग सम्बन्धित संस्थाको पृष्ठभूमिको अध्ययन गरी व्यवहार गरे त्यस्ता विकृती न्युन हेदै जानेछ ।

# नयाँ विधा 'केस्रा'को प्रवक्ताको नाताले यो विधाको बारेमा पनि केहि बताई दिनु हुन्छ कि ?
> केस्रा विधा 'मौलश्री लिम्बु' व्दारा प्रतिपादन गरीएको नेपाली साहित्यका लागि नया विधा हो । प्रत्येक हरफ १२ अक्षरमा नबढाई ६ हरफमा लेखिनु पर्छ । पहिलो दुई हरफलाई उठान, दोस्रो दुई हरफलाई विश्राम  र अन्तिम दुई हरफलाई बैठान भनेर वर्गिकरण गरीएको छ भने केस्रा लेख्दा शिर्षकबाट निर्देशित भएर लेखिन्छ । केस्रा सम्बन्धी विस्तृत जानकारी लिनलाई www.kesramanch.blogspot.com लग अन गर्न सक्नु हुनेछ ।

# प्रतिपादन भएर यहाँ सम्म आइपुग्दा कस्तो छ त केस्राको अवस्था चाही ?
> यहासम्म आईपुग्दा केस्रा लेखनमा उत्साहप्रद देखिन्छ । सर्जक देखि स्रष्टासम्मले चासो दिनुभएको छ । साहित्यिक समालोचकहरुको ध्यान खिचिएको छ ।

# केस्राको लागि भावी योजनाहरु के-के छन् त ?
> त्यस्तो घोषित योजना त छैन । तर केस्रालाई हर सर्जकसम्म पुर्याउनु पर्छ भन्ने मान्यताका साथ लागिरहेका छौ । विशेष प्रर्वतक ज्यू डटेर लागि रहनु भएको छ । उहाकै एकल पहलमा केस्रा पुस्तकाकृत भएर चाँडै आउदैछ ।
[साभार:- मेरो चौतारी डट कम http://www.merochautaree.com/2013/04/blog-post_9.html#more