- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Wednesday 31 July 2013

समिक्षा-"मेरिङ्गेन मिक्वा"

    "मेरिङ्गेन मिक्वा" लाई एक नजर लगाउँदा
                                                                              - राज आङदेम्बे 'सहयात्री'
      युवा गजलकार राजकुमार तेयुङ"तरेवा" को "मेरिङगेन मिक्वा" (वेदनाको आँशु) गजल संग्रहमा एक नजर लगाउने अवसर पाएको मा गजलकार "तरेवा"लाइ हार्दिक हार्दिक धन्याबाद टक्र्याउँन चाहन्छु ।
       यो गजल संग्रह भित्र जम्मा गरेर १७ वटा गजल हरु समाबेश छन् प्रत्येक गजल हरुले आम पाठक् तथा सर्जकहरुको मन किन नछोला र ?
कृति:-"मेरिङगेन मिक्वा"
       प्रवासीभुमिमा रहेर पनि विशेष गरेर आफ्नै भाषा संस्कृति र पहिचानलाई जोगाई राख्नु पर्छ भन्ने विचार धारणा बोकेका "तरेवा" वर्तमानमा लिम्बुवान आन्दोलनलाई पनि आँगालेर अगाडि लम्किरहनु भएको छ । यति बेला "नेपाल हाम्रो देश हो लिम्बुवान हाम्रो घर हो" भन्ने नारा चर्कि रहेको बेला "तरेवा"को गजल संग्रह "मेरिङगेन मिक्वा"ले लिम्बुवान हाम्रो घरको लागी एक दर्बिलो इँटा बनेर साथ दिएको छ भन्ने मलाइ लाग्छ ,हुन त यो भन्दा पनि पहिले उँहाको लिम्बु भाषाकै कविता संग्रह "लिम्बुवान माम्मा" प्रकाशित साथै अन्य विधाको पुस्तकहरु पनि प्रकाशित गरिसक्नु भएको कुरा यथावत् नै छ ..गजलकार "तरेवा"प्रतिको यो लगनशीलता केवल एक व्यक्तिलाइ मात्र होइन सिँगो लिम्बुवान भुमिलाई नै आवाश्यक पर्छ भन्ने कुरामा सायद दुई मत नहोला ।लागौँ..
 गजल नः १४
तेन्धङ् चोक्से फेन्आर पता हाङ्साङङे ओ आम्भु हौ
कुलम् लाजेओ तेन्धङ पोङ्ईल्ले ताङ्साङ्ङे ओ आम्भु हौ ।
    साँच्चि नै यि गजलका
सेरहरुले उँहाको बारेमा बोलिसकेका छन् उँहा प्रतिको जिम्मेवारी बफादारी र लिम्बुवान प्रति समर्पित त्याग र तपस्या र ज्यानकै बाजी राखेर आफ्नो रगतै चढाऊने कुरा छ यदि लिम्बुवान भुमिले माग्यो भने ..यति मात्र होइन उँहाले बोल्नु भएको कुरा यदि सत्य साबित ठहरिएन भने मलाई फाँसि नै दिए हुन्छ भन्ने प्रतिबद्दता पनि ब्यक्त गर्नु हुन्छ "तरेवा"।
गजल नः ६
सिरिजङ्गा आइन कयो हापाङ वा
फाल्गुनन्द आइन कयो पाताङ वा ।

        प्रस्तुत गजलमा श्रीजङ्गा र फाल्गुनन्द संगै देवि देउताहरुको पनि प्रसङ्ग जोडिएको छ किराँति राजा श्रीजङ्गा र महागुरु फाल्गुनन्द को सक्ति र मुन्धुमहरु अझै पनि जिवित नै छ भन्ने पुष्टि पारेको छ यो गजल ले ! त्यस्तै गरेर_
अखेलरिक खासिङ मेन्निमेल चोगुल्ले
साम्जिक मुन्धुमh आईन कयो माताङ वा ।

     हो यसरी हामी लिम्बुहरु कुरा नबुझ्नुकै कारण आज लिम्बुवानी विचार धारणाहरु पनि लोप हुँदै गएको छ भन्दै गजलकार "तरेवा"आफ्ना दुःखेसो हरु पनि यसरी पोख्नु हुन्छ . लिम्बुवान यँहा रङगिएको बेला गजलकार "तरेवा"पनि उतिकै जोस जाँगर बोकेर रङिएको देखिन्छ यि गजलका शेरहरुमा
राजकुमार तेयुङ"तरेवा" 
गजल नः ५
एगाङ आनि पोखिमेल्लो हाङ्लेन् पान्ओ
लच्छा पोखि तगि पेगि साङ्लेन पान्ओ ।

         कति सह्रानीय र मनन योग्य छ उँहाको शन्देश हरु
थि लूम्बाओ आल्ल आनि खेरिमेल्लो
पेगि आल्ल आनि केरेक खाम्लेन पान्ओ ।

      यि गजलका शेर हरुले भन्छन कि बुझ्नेलाइ श्री खण्ड नबुझ्नेलाइ खुर्पाको बिडँ भने झैँ हामि लिम्बु जाति हरुमा जाँडको एक बटुकोमा पनि बाझ्ने र झै झगडा गर्ने प्रचलन भने खुबै छ यँहि बिषय बस्तुहरुलाई मन्यनजर गर्दा माथिको शेर हरु कतिको शन्देश मुलक छन त? एकपटक गम्भिर भएर सोच्ने जिम्मा तपाई हाम्रै हो ।अब चाँहि हामी यस्तो जाँड रक्सिको बटुको छोडेर हाम्रो माटोको रक्षा गर्नु पर्छ भन्दै माटोको कुरा अगाडि यसरी बढाउनु भएको छ ।
इप्सि मेल्ले आल्ल आनि खेरिमेल्लो
तगि तगि पेगि आनि खाम्लेन पान्ओ ।

      नसुतौँ है अब हामि र नबाझौँ पनि अघि अघि लम्कौँ चम्कौँ बाटोको कुरामा माटोको कुरामा यो एकदम जरुर छ आज र भोलिको समयमा पनि ..
संङमा साहा आल्ल आनि सङसुम्मेल्ले
खासिङ निति खाउन खेप्सुम माङ्लेन पान्ओ ।
     यो शेरले निक्कै नै गम्भिर कुरा उठाएको छ कतिपय छोरिचेलि बेचबिखन कार्यले तरेवा को मन खिन्न हुन पुगेको छ भने त्यस्ता नकरात्मक सोच बिचार हरु पालेका पशु जन्य मान्छेहरु प्रनि नेपालि समाजमा छन् यस्ता खाले बिचार त्यागि सकरात्म सोच तिर लम्कौँ भन्दै गजल बाट भन्नु हुन्छ तरेवा ।
सिदा पाङ्दा आइन कयो हुङल ने
मालाजेईन आईन कयो सुङल ने ।

    ए ! अन्धा हो ए बहिरो ! हो यत्रो भयो हाम्रो विचारहरु त्यसै खेर जादै छ पोखिएर जाँदैछ यै गति देखेर मा लाजे आज दुखि छ उ खोक्दै छ आफ्ना नालायक सन्तानहरुको चाल देखेर र पनि हामि किन चुप छौँ ?
मालाजेइन सुङ्बा निसुआङ कयो
लिम्बुवान इन आइन चुङल ने ।
पान्मेदङहारे मेजुगुल्ले आइन
केनुवा याङघेकिन आइन कयो तुल्ल ने ।

      स्पष्ट नै छ नि जून मान्छेहरु संग आफ्नो पहिचान मिल्दैन संस्कार सँस्कृति मिल्दैन यसो हुँदा जो जस्को पनि मन खिन्न हुनु स्वाभाबिकै हो ! त्यस्तै बाहुनबादि तत्वहरुले गर्दा निको भइ सकेको मेरो घाउ र दर्द पनि फेरि बल्झिदै छ भन्नु हुन्छ तरेवा उँहाको यो बिष्फोठित आवाज र बिचार देखेर म आफू स्वयम लाई पनि यस्तो लाग्छ की उँहा जस्तो प्रतिभासालि र उच्च बिचार दाइत्व बोकेको मान्छेले यो समाजमा केहि गर्ने अवशर पाउनै पर्छ र उहाले त्यो निर्बाह र जिम्मेवारी पनि अपनाउनै पर्छ ।
समीक्षक:- राज आङदेम्बे 'सहयात्री'
गजल नः १
आथक्लाओ खुने कम्माआङ मेसुकेन
आलुङमाओ लाम्बा लमाआङ मेसुकेन ।

     जुन यस्तो छ जो कोहि लाई पनि आफ्नो तन मन सारा सुम्पिइन्छ उसलाई मन मुटु बाट त्यति सहजै त कसरी निकाल्न सकिन्छ र ?यस्तै भावमा सजिएको यो गजलका शेर हरु अति नै मार्मिक र यथार्थ छन्
गजल नः २
केनिङवाओबा ताजेङ केरेक केदरेबेन मेत्तेना थे पोखा
याङ साम्याङ हाक्नेआङ वा केदरेबेन खेत्तेना थे पोखा ।

  वास्तवमै कसलाइ पो यस्तो अनुभुत हुँदैन र ? जस्को लागी ज्यानको बाजि राखेर सँघर्षमा पसिनाको भेल बगाएर कयौँ दुःखले आर्जेको सपना माथि बज्रपात र चट्याङ पर्दा र पनि कति समझदारी बनेर आफू स्वयम अपनाउँनु हुन्छ तरेवा
ताम्फुङ ओ यो यो चुम्लुङ चोकि हेके लरिक केवेइल्ले
केमिङ्सोओ फूङ्इन नुङ्सिङ केदरेबेन फेक्तेल्ले थे पोखा ।

गजल नः ३
तरेमाइन् ओमयेल्ले फूङ्इन कुसिङ लरे
कुलुङ्माओ लासाङ्इल्ले लुङ्इन कुसिङ लरे ।

     आहा ! तरेमा हरुको बयान गर्नु त यसरी पो त हेराइ देखि लिएर मुटु सम्मै पुगे जस्तै
मुन्धुम पाति तगि तगि तरेमाइन पेगाइल्ले
सेखाएसाङ सेन्सेलाबा चुङ्इन कूसिङ लरे ।
गजल नः४
केजितानि फागर आमेन्जिइन केलुङमाओ लाम चत्ते
केमेताङ खेने थेआङनी केमेन्जिन चारिक खत्ते ।

     पवित्र माया गर्दा गर्दै पनि कसैको नजर बाट घृणित भइन्छ भने बचनरुपि छुराहरुको प्रहार ति निर्दोष दिलमा पर्छ भने यसरी जन्मिदो रहेछ गजलका सेरहरु
आईन केजितुबा याम्मिइल्ले आथक्लाइन चिखुङ्इल्ले
केसिए केथाबा याम्थिक केथक्लाओ खेने कत्ते ।

गजल नः८
केलेराङ्आङ केधासिङ आइलाम्बा
आथक्लाओ लाम्बा केमासिङ आइलाम्बा ।

    बिछोडको पलहरुले रङगाएर जानेहरु सायद यति निर्दयी र कठोर हुदा रैछन भन्ने कुरा थाहा पाइयो यो सेरबाट
आलाजेइन केलेरुआङ केबेबा खेने
वेस्मा लाजेओ केवान्सिङ आइलाम्बा ।

गजल नः १०
केसुकानि फागर केलुङमाओ कताङ्ङे ओ आदाङ्मे
केन्छुकानि फागर केलुङमाओ लाम चत्ताङ्ङे ओ आदाङमे ।

      माया र प्रेम कसैको करकाप र जबर्जस्ति हुँदैन भन्ने सवाल उँठाउदै एकतर्फि प्रेममा हुने असर हरुलाई सारै मर्माहित र सटिक ढङ्गले प्रस्तुत गर्नु भएको छ !
सोघा पोखाङ आङ केनिवारे लखुम्ओ ताआनि फागर
माङदेन थाइ मिथक्पुन लतेआङ फत्ताङ्ङे ओ आदाङमे ।

गजल नः ११
तरेमा चुक्मा ए आमेन्जिइल्ले लेप्नेई लएरो
आन्छि निङवा तङसु फाङ् मेन्नेई लएरो ।

     आफ्नो प्रियसीलाई मनको कुरा भन्नु भा छ सम्बोधनको डायरी पल्टाउँदै आफ्नो बनाउने प्रतिज्ञा गर्दै सोधाइ पुर्ण तवरले
केनिङवारे ताजेङ थे वा ?कयो पातेना
आनिङवारे पान आथक्लारे तगि सेन्नेई लएरो ।

     लिम्बुवान यँहा रङगिएको बेला गजलकार "तरेवा"पनि उतिकै जोस जाँगर बोकेर रङिएको देखिन्छ यि गजलका शेरहरुमा
गजल नः९"
थे थे पोङ्ई तपयेम्बा थेम्ओ चुम्से
साम्जिक मुन्धुम आइन कयो लाङसिङ इल्ले ।

       के के हुन्छ आज यँहा म उभिएको ठाउँमा मेरो ईतिहाँस र पहिचान यहाँ नाँचिदिदा भनेर उँहाले सतर्कता रहनुको आग्रह गर्दै हाम्रे काम देखेर अगाडि बढने खम्बुवान लाइ त्यँहा चोट लाग्दा रगतको भेल उर्लेको देखेर ताम्ङसालिङ आज तर्किदा लिम्बु भु भागमा हात मिलाउन जाउँ भन्दा त्यो भु भागहरु आज लोप हुदैँ जादा काङसेरे म स्वयम नै काङसोरेको पात्र निर्बाह गर्न सक्छु भन्ने दम छ गजलकार तरेवा मा ।
इप्सि मेल्ले आल्ल आनि खेरिमेल्लो
तगि तगि पेगि आनि खाम्लेन पान्ओ ।

    नसुतौँ है अब हामि र नबाझौँ पनि अघि अघि लम्कौँ चम्कौँ बाटोको कुरामा माटोको कुरामा यो एकदम जरुर छ आज र भोलिको समयमा पनि ..
संङमा साहा आल्ल आनि सङसुम्मेल्ले
खासिङ निति खाउन खेप्सुम माङ्लेन पान्ओ ।

    यो शेरले निक्कै नै गम्भिर कुरा उठाएको छ कतिपय छोरी-चेलि बेचबिखन कार्यले तरेवा को मन खिन्न हुन पुगेको छ भने त्यस्ता नकरात्मक सोच बिचार हरु पालेका पशु जन्य मान्छेहरु प्रनि नेपालि समाजमा छन् यस्ता खाले बिचार त्यागि सकरात्म सोच तिर लम्कौँ भन्दै गजल बाट भन्नु हुन्छ तरेवा ।
मालाजेइन सुङ्बा निसुआङ कयो
लिम्बुवान इन आइन चुङल ने ।
पान्मेदङहारे मेजुगुल्ले आइन
केनुवा याङघेकिन आइन कयो तुल्ल ने ।

      स्पष्ट नै छ नि जून मान्छेहरु संग आफ्नो पहिचान मिल्दैन संस्कार सँस्कृति मिल्दैन यसो हुँदा जो जस्को पनि मन खिन्न हुनु स्वाभाबिकै हो ! त्यस्तै बाहुनबादि तत्वहरुले गर्दा निको भइ सकेको मेरो घाउ र दर्द पनि फेरि बल्झिदै छ भन्नु हुन्छ तरेवा उँहाको यो बिष्फोठित आवाज र बिचार देखेर म आफू स्वयम लाई पनि यस्तो लाग्छ की उँहा जस्तो प्रतिभासालि र उच्च बिचार दाइत्व बोकेको मान्छेले यो समाजमा केहि गर्ने अवशर पाउनै पर्छ र उहाले त्यो निर्बाह र जिम्मेवारी पनि अपनाउनै पर्छ ।
गजल नं.१२ 
कुथक्लारे आथक्लाइन चाँदुआङ पेगे तरेमेल्ले
कुमेञ्जिइल्ले आलुङमाइन खाँदुआङ पेगे तरेमेल्ले ।
    बिछोडका बेदनाहरु टिलपिलाई रहेका छन् असिम मायाको रङगहरुले मुटुमा रङ्गाएर नमेटिने दाग बसेको अनुभुत गर्दछु म मुटु चिरा पारेर जानु त जानु तर ...मल्हम पट्टि समेत लिएर जाँदा गुनासो त अवस्य लाग्छ यसरी नै !
साम्ईन पोखाङ आङ हापेरो वाएल्ले आङ्गा
याम्मो तेआङ आलुङ्माइन फाँदुआङ पेगे तरेमेल्ले ।

गजल नः १५ 
मेन्जिरे चोत्लुङ ओबा थबेइन आमाआङ मेन्छुक्पान
कुनिङ्वाओ थे वाइ तरेमेल्ले लामाआङ मेन्छुकपान ।

       कसैले कसैलाई बुझ्नु नसक्न पनि एक ठुलै भुल भएछ ..एकतर्फि माया लाउँदाको परिणाम र त्यसै माथि चोट थपिदाँ दुखाईको महसुस त जहाँ सम्म अनगिन्ति छन्
कुतरेवेन्नु पङवाई वयेबा निसुङसाङ इङगा कयो
तरेमेन लायोर थुत्तु फाङ पाप्माआङ मेसुक्पान ।

गजल नः१६
आइनाङ थो आमिङसोओ खेने सेवा चोक्मा लेरेओ
आसेन्देछी मेन्बि आइनाङ थो केनिङवाईन सेरेओ ।

      मनभरी पिडा र तडपन बोकेर पनि आखिर बाँच्नु त पर्दो नै रहेछ .. माया लाएर पनि भाग्यमै लेखिएको छैन भने कस्को के नै पो लाग्दो रहेछ भन्दै
चोसाप्पे माङ्इल अखेरक साप्तु आन्छि थक्लाओ
केथक्लाओ स्याङ आ वा आसम्दाखुङ फिन्छे फेरेओ ।

     बेदनाको आँशु भित्र को विशेष गजलहरुले मन मेरो जित्न सफल भयो कुनै पनि गजलहरुमा कमि छैनन् लिम्बुवानी आन्दोलनको लागी विशेष सघाउ पुर्याएको छ भने माया र पिरतीको त झनै कुरै नगरौँ जस्ले भोगेको छ उस्लाई भने पक्कै पनि एक चोटको लागी मल्हम पट्टि नै बन्नेछ समग्रमा भन्नै पर्दा गजकार 'तरेवा' जस्तो व्यक्ति यो धर्ति र यो समयको माग भित्र पर्नेछन् । उँहाको बारेमा धेरै बोलिराख्नु आवश्यक ठाँनिन मैले अन्त्यमा उँहाको कलमको निव अझै कोरिंदै जाओस् फेरि पनि यो भन्दा उत्कृष्ट कृतिको आशा राख्दै ओझेल हुन चाहन्छु ....नुगेन ।

गजलकार:-          राजकुमार तेयुङ "तरेवा"
ठेगाना:-               सोल्मा ५ लिम्बुवान, तेर्हथुम [हाल-मलेसिया]
कृति:-                  मेरिङ्गेन मिक्वा
प्रकाशित मिति:-  २०६९