- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Monday 26 August 2013

दस्तावेज [अध्याय:-ग,भाग-१]

           [पृष्ठ १४३-१५०] 
 "केस्रा" साहित्य विधाको प्रथम वार्षिकोत्सव  

                  
सूचना ! [३१-१२-२०१२]
     
नेपाली साहित्यमा केस्रा विधाको औपचारिक घोषणा गरि लेखन प्रारम्भ ०१-०१-२०१३ बाट दोश्रो  वर्षमा प्रवेस गर्दैछ।यहि सन्दर्भमा नयाँ वर्षको शुभ कामना सहित 'केस्रा लेखन मञ्च'ले वार्षिक
उत्सव मनाउन गईरहेको हुँदा यस विधामा कलम चलाउनु हुने सम्पूर्ण श्रष्टा तथा सर्जकहरुले १/१वटा केस्रा सहित यहि समुहमा पोष्ट गरेर सहभागी भईदिनु हुन अनुरोध गर्दछौ।
 प्रवक्ता:- 
जीवन देवान 'गाउँले'
एंव 'केस्रा लेखन मञ्च' [फेसबूक]

                
कार्यक्रम उद्घाटन [०१-०१-२०१३]
     "
केस्रा" साहित्य विधा सार्वजनिक भए यता आज पहिलो वर्ष पुरा भएको छ। यसर्थ यसै ग्रुप मार्फत पहिलो वार्षिकोत्सव कार्यक्रमको उद्घाटन भएको सहर्ष जानकारी गराउदछौ। साथै नयाँ वर्ष २०१३ को उपलक्ष्यमा सम्पूर्ण 'केस्रा' अनुरागी एवं शुभ चिन्तकहरुमा सु-स्वास्थ्य,दीर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभ-कामना..!!! प्रवर्तक:- मौलश्री लिम्बु        
                 शुभ कामना एंव बधाई आदान-प्रदान 
 दिलिप 'सगर'राई [केस्रा प्रवक्ता] > दर्शन, नमस्ते, सेवारो, सेवा, समादार्णीय अग्रज स्रष्टा, समकालीन दौतरी एवम् शुभचिन्तक।आज ०१-०१-२०१३ मंगलबार नेपाली साहित्य फाँटमा नयाँ विधा केस्रा लेखनको कार्यपत्र प्रस्तुत र सार्वजनिकरण गरेको पूरा १ वर्ष भएछ। यहाँहरूले केस्रा लेखेर, पढेर र सुनाएर जो सहयोग गर्नुभो र हुँदैछ सबैप्रति आभारी छु र धन्यवाद ज्ञापन गर्दछु ।
कृष मगर [केस्रा प्रवक्ता] > अग्रेंजी नयाँ बर्ष एंव साहित्यमा नौलो आयाम केस्रा विधाको प्रथम वार्षिकोत्सवको
पावन अवसरमा तमाम केस्राप्रेमी साथै साहित्यिक मनहरूमा नयाँ वर्ष २०१३ को हार्दिक मंगलमय शुभकामना।

भक्ति प्रसाद पौड्याल [केस्रा' प्रतिपादनको लागि सल्लाह/सुझाव] > केस्रा विधाले आफ्नो साहित्ययात्राको एक अमूल्य वर्ष पुरा गरेको छ । अत्यन्त लगनशील बहुमुखी प्रतिभा सम्पन्न श्री मौलश्री लिम्बूको कुशल प्रतिपादन र अनेक प्रतिभाहरुको आवद्धताले यो विधामा प्रसस्त निखार आउँदै गरेको प्रत्यक्ष अनुभव गर्न सकिन्छ । शुरुमा गजलकै भ्रम यसभित्र धेरैलाई भएको भए पनि आज यो एक छुट्टै मौलिक नेपाली विधाका रूपमा परिचित हुँदै गएको छ । हुने बिरुवाका चिल्ला पात भने झैँ केस्राले आफ्नो आकर्षक व्यक्तित्व निर्माण गरिसकेको छ । आउँदा दिन केस्राका विकासका लागि सुनौला देखिन्छन् । हार्दिक शुभकामना ।

जे.वि.राई 'रुमानी' [केस्रा सर्जक] > नेपाली साहित्यको फाँटमा केस्राएक नयाँ विधा हो।जसको प्रतिपादन एक वर्ष अगाडि मलेसियाको माटोबाट भएको हो।जसका प्रवर्तक हुन् मौलश्री लिम्बू । आज आएर केस्रा लेखनमा कलम चलाउने सर्जकहरु दिनानुदिन बढिरहेका छन्।यो एकदमै खुसीको कुरा हो। यसको मतलब केस्राले नेपाली साहित्यमा अवस्य आफ्नो दरिलो स्थान बनाउने छ र बनाउनु पनि पर्छ। 'केस्रा' हाम्रो हो,हाम्रोलाई राम्रो भन्नु पर्छ र जगेर्ना गर्नु पर्छ। भन्दै सम्पूर्ण सचेत सर्जकहरुमा केस्राले एक वर्ष पार गरी दुई वर्षमा पाइला टेकेको पुनित अवसरसंगै अंग्रेजी नयाँ वर्ष २०१३ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

लक्ष्मी चेम्जोङ्ग [केस्रा सर्जक ] > नेपाली साहित्यमा केस्रा विधाको प्रतिपादन तथा सार्वजनिक भएको एक वर्ष भएको छ । मलाई अति नै मन पर्ने विधा हो। केस्रा प्राथमिककाल घोषणा भएको समयलाई मानिएको छ। त्यो
कालको पनि दुई चरणमा बाँडिएको छ । ति प्रारम्भिक चरण र प्रारम्भिक उत्तरार्द्ध चरण । मैले पनि
प्रारम्भिक चरणमा एक दर्जन जति केस्रा लेखें अति नै छोटो मिठो लाग्यो । यो विधा कुनै लामो समय खर्चिन्नु नपर्ने हुँदा साहित्यिक मनहरुको,श्रष्टाहरुको लोकप्रिय सामाजिक सन्जाल फेसबूक भएको छ । आजको व्यस्तै-व्यस्तताको समयमा त्यो पनि समुन्द्र पारीबाट। मलाई के लागेको छ भने अबको दिनमा 'केस्रा' सिमित फेसबूकमा मात्रा नभएर विविध पत्रपत्रीका, रेडियो, एफ.एम.मा पनि आउनु पर्‍यो । यो हुन सक्यो भने मात्र अझ व्यापक हुनेछ । एक दुई जनाले नेट चलाऊनु सक्छन् र थाहा पाउन्छन् तर बाँकि अरु कुनाकन्दराका श्रष्टाहरुलाई थाहा नहुन सक्छ सो यस्का लागि हामीले केही सोच्ने दिन आएको छ।

'
झरी'दान राई [केस्रा सर्जक] > आज यो साहित्यिक खुल्ला आकाशमा केस्रा विधा सार्वजनिक भएको पनि एक वर्ष पुरा भई सकेछ।सर्वप्रथम त यस केस्रा विधाका प्रवर्तक श्री मौलश्री लिम्बू,प्रवक्ताहरु दिलीप 'सगर' राई, जीवन देवान 'गाउँले',कृष मगर लगायत सम्पूर्ण केस्रा अनुरागी सर्जकहरुमा हार्दिक धन्यवाद साथै आभार प्रकट गर्न चाहान्छु।यो केस्रा सार्वजनिक भएको दिन म पनि उपस्थित थिएँ र यो आजसम्मको बीचमा धेरै केस्राहरु लेखें साथै कतिलाई लेख्न पनि सिकाएँ।सबै भन्दा खुशीको कुरा त जिन्दगीको अर्को नाम नै साहित्य हो जुन आफु मरेर पनि सदा अम्मर रहन्छ भन्ने ज्ञान सिकायो केस्रा विधाले।मलाई थाहा छ,एक दिन म भूल्ने छु साहित्यलाई,जतिखेर म मरेर जानेछु या यो भौतिक शरिर जतिखेर खाकमा परिणत हुनेछ तर मलाई पूर्ण विश्वास छ 'झरि' दान राई कहिल्यै मर्ने छैन।त्यसैले त एउटै अनुरोध गर्न चाहान्छु सम्पुर्ण साहित्यिक मनहरुलाई लेख्नुस् संधै संधै जन्माउनुहोस् रचना ताकि तपाई मरेर गए पनि सदा जीवित रहि रहनू हुनेछ।

राज आङ्देम्बे 'सहयात्री' [केस्रा सर्जक]> सम्भवत: नेपाली साहित्यमा "केस्रा"को बेग्लै स्वाद रहेको कुरा यथावत नै छ।यसै प्रसँगमा आज"केस्रा"को जन्म दिन अर्थात "केस्रा" प्रतिपादन गरिएको एक वर्ष पुरा भइ दोस्रो वर्ष को चरणमा प्रवेश गर्दैछ।यहिँ अवसरमा "केस्रा लेखन मञ्च'का सम्पुर्ण"केस्रा"युनिटहरुमा नव वर्ष २०१३ को पुनित अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

                          
कार्यक्रम  समापन  [०१-०१-२०१३ को अन्तिम समय]
     "
केस्रा" साहित्य विधाको वार्षिकी प्रत्येक जनवरी १ तारिखका गरिने निर्णय गर्दै यस "केस्रा लेखन मञ्च "मा संचालन भइरहेको 'पहिलो वार्षिकोत्सव' समापन भएको घोषणा गरिन्छ।
प्रवर्तक:- मौलश्री लिम्बु 
एंव "केस्रा लेखन मञ्च" परिवार।
************      *************     ***********

"केस्रा" साहित्य विधाको आधिकारिक वार्षिकी
        केस्रा विधाको सार्वजनिक मिति वि.. १७-०९-२०६८ अथवा सन् ०१-०१-२०१२ मध्ये कुनै एक संवत् लाई वार्षिकी मान्यता दिनका लागि गरिएको मत सर्वेक्षण अनुसार दुवै संवत् सम्बन्धी अभिमत तथा धारणा यस्तो रहेकोछ]:-
दिलिप सगरराई [केस्रा प्रवक्ता] > नेपाली विधा भए पनि केस्राको परिकल्पना,कार्यपत्र लेखन र उद्घाटन प्रवास [मलेसिया] बाट भो,सो ०१-०१-२०१२ नै मानौ। 
जीवन देवान गाउँले” [केस्रा प्रवक्ता] > मिति खाली मिति मात्रै होईन मिति कुनै सन्दर्भ पनि हो,यसो हुँदा ०१-०१-२०१२ संग केस्राको सान्दर्भिकता छ।
'केस्रा'दस्तावेज..
कृष मगर [केस्रा प्रवक्ता] > नेपाली मितिलाई नै ग्राह्यता दिनुपर्छ। भलै विधाको जन्म प्रवासमा भएको होस् तर नेपाली साहित्य नै यसको गन्तव्य रहन गएको हुँदा जन्मदिन पनि नेपाल र नेपालीमै हुनुपर्छ।

जीतमान राई "सबिन" ['केस्रा'विधा सार्वजनिक तथा पत्रकार सम्मेलन'का प्रमुख अतिथि]>  मलेसियाबाट औपचारिक रुपमा प्रतिपादन भएको एउटा नयाँ साहित्य विधा 'केस्रा"को औपचारिक घोषणा भएको एक वर्ष पुरा भएको छ,यो हाम्रो लागि खुशीको कुरा हो ।अंग्रेजी संवत् मा घोषणा
भएकोले यो नै उपर्युक्त हुनेछ।किनकि नेपाली "केस्र' विधा पनि अन्तर्राष्ट्रियकरण हुनु पर्दछ।ढिलो-छिटो त्यो हुन्छ नै त्यसको लागि "केस्रा"नेपाली संवत् मा खुम्चिनु हुन्न।

अंग्रेजी मितिमा अभिमत दिनु हुनेहरु:-
भक्ति प्रसाद पौड्याल नेपाल [केस्रा विधा प्रतिपादनको लागि सल्लाह/सुझाव] > मिति जुन राखे पनि हुँदो हो तर सम्झन सजिलो सबैलाई चैँ अंग्रेजी तारिख हुन्छ । त्यो फिक्स्ड हुन्छ । 
डा. रवीन्द्र समीर -नेपाल [लघुकथाकार] >  साहित्यको कुनै निस्चित जात, धर्म, भुगोल, मिति हुंदैन तसर्थ भूमण्डलिकरणको यो युगमा जनवरी एकलाई हामी हाम्रो प्रस्थान बिन्दु मानेका छौं । यही दिनमा हरेक बर्ष हुनेछन्- केस्रा विधाका साहित्यिक कृयाकलापहरु । यहाँहरुको माया, हाम्रो लागि उर्जा हुनेछ ।

देश सुब्बा हाल- हङ्कङ् [“भयवाद-प्रवर्तक] > एउटै मिति बनाउने हो भने अंग्रेजीमा राख्दा राम्रो हुन्छ । किनभने अंग्रेजी सधैँ एउटै हुन्छ। नेपाली मिति परिवर्तन भैरहन्छ।

हाङ्युग अज्ञात हाल- हङ्कङ् [वि] > तपाईंहरूले नेपालभित्र गर्नु भएको भए वि.सं. चलाउनुस् ।नेपालबाहिर सार्वजनिक गरेको भए इस्वी सम्वत् चलाउनुस् । इस्वी सम्वत् लाई इन्टरनेसनल रुपमा मानिन्छ।

न्च विस्मृत हाल- साउदी अरब [वि] > यहाँहरूले प्रवासमा बसेर केस्रा विधाको जन्म दिनुभएको आधारमा अङ्ग्रेजी मिति उपयुक्त ठान्छु।

खुक्सङ खम्बू नेपाल [कवि]अंग्रेजी नै ठीक होला,किन भने अहिले worldwide english date नै चल्दैछ, नेपालमा पनि चल्न थालेकोछ।
विश्वदीप तिगेला हाल- ब्रुनाई [विश्व नेपाली साहित्य महासंघ- महा सचिव ]
निराजन बतास -नेपाल [पत्रकार]
राम नेपाल [पत्रकार नेपाली खबर पत्रिका’,मलेसिया]

    
नेपाली मितिमा अभिमत दिनु हुनेहरु:-
दीप्स् शाह हाल- इजराल [केस्रा विधा प्रतिपादनको लागि सल्लाह/सुझाव] > नेपाली समयलाई मान्दा हुन्छ,किनकि भोलि यसको अध्ययन अनुसन्धान हुँदा सकेसम्म नेपाली मिति नै खोजिन्छ।

मनु लोहोरुंग राई हाल- अमेरिका [केस्रा विधा प्रतिपादनको लागि सल्लाह/सुझाव] > हामीले नेपाली भाषा संस्कृतिको लागि नै सबै लेखन सिर्जना गरेका हौँ | त्यसैले मैले चाहीं १७-०९-२०६८ साललाई नै आधिकारिक समय मान्दा बेस हुन्छ होला।

मधु माधुर्य हाल-रसिया [विश्व नेपाली साहित्य महासंघ - अध्यक्ष ]> सन् लाइ ब्रकेटमा रहदा उपयुक होला,तेसो गर्दा राष्ट्रिय-अन्तर्राष्ट्रिय दुवै मापदण्डलाइ समन्वय गरे जस्तो पनि हुन्छ, नेपाली साहित्यको प्रसंग भएकोले वि..नै राम्रो होला।

सुरेन लिम्बू 'परदेशी' हाल - भारत [अन्तर्राष्ट्रिय परदेशी साहित्यिक समूह - अध्यक्ष ]केस्रा विधालाई नेपाली भाषासाहित्यमा प्रयोग गर्ने अभियान भएको हुनले यसको थालनिको मिति पनि मलाई चाँही नेपाली मिति नै सान्दर्भिक जस्तो लाग्दछ
बालन्द राई नेपाल [संगीतकार]
पोष्टराज चापागाई नेपाल [नयाँ छन्दहरु प्रवर्तक] 

तटस्थ:
डा.गोविन्दराज भट्टराई नेपाल [केस्रा विधा प्रतिपादनको लागि सल्लाह/सुझाव] > मैले ठुला कार्य पत्रमा पनि केस्रा लेखनको नाम उल्लेख गरेको छु,अघि बढिरहनु होला।

प्रकाश आङ्देम्बे नेपाल [केस्रा विधा प्रतिपादनको लागि सल्लाह/सुझाव] > राम्रो कामको लागि जुनैलाई माने पनि फरक पर्दैन।दुई वटालाई राख्नु एउटा नेपाली भएको नाताले अर्को world wide 

गणेश खड्का हाल-सेसल्य [केस्रा विधा प्रतिपादनको लागि सल्लाह/सुझाव] > मेरो बिचारमा दुबै। नेपाली तिथी-मितिलाई प्राथमिकता दिने,तदनुसार भनेर अंग्रेजीलाई पनि सम्झिने ।


खगेन्द्र लिम्बू हाल- थाइल्याण्ड [“अमूर्तबोधी दर्शन”] > यसलाई महत्वपूर्ण मान्दिन म । केस्राले जीवन-जगतकोलागि कति भूमिका खेल्दैछ भन्ने महत्वपूर्ण हो ।

केस्रा सर्जक तथा शुभचिन्तकहरु: 
[
फेसबूक] 'केस्रा लेखन मञ्च'मा गरिएको सर्वेक्षण अनुसार:
नेपाली मितिमा अभिमत दिनु हुनेहरु जम्मा १६ जना हुनुहुन्छ।
अंग्रेजी मितिमा अभिमत दिनु हुनेहरु जम्मा १० जना हुनुहुन्छ।

विधा तथा साहित्यको विस्तार:
       
वर्तमान समयमा कुनै पनि कार्य,वस्तु,वाद,आर्थिक,राजनीति,सामाजिक,साहित्यिक आदिको प्रभाव विश्वव्यापी रहँदै आएकोछ।सङ्कोचित दायरामा रहँदा गुणात्मक रहेता पनि त्यसले जति क्षेत्रमा आफ्नो प्रभावलाई विस्तार गर्नु पर्ने हो त्यति कदापी हासिल गर्न सक्दैन।यसर्थ यसले आफ्नो सिमित दायरालाई खकुलो पारेर फराकिलो कदम चालिए मात्र सर्वमान्य तथा विश्वको ध्यानाकर्षण गराउन सफल हुन्छ।आज विश्व साहित्य पनि यसैको सेरोफेरोमा अघि बढी रहेको सर्वविदित नै छ।कुनै पनि राष्ट्र या राष्ट्रिय भाषाको साहित्यलाई दोश्रो भाषामा अनुवाद गरिने भएकोले भाषा वा साहित्यको क्षेत्राधिकार सर्वव्यापी भईरहेकोछ।यसरि नै एक राष्ट्र वा एक भाषामा प्रतिपादन भई स्थापित भएका साहित्यका विधाहरु अनेकौ राष्ट्र भाषा र राष्ट्रिय भाषामा रुपान्तरण/भाषान्तरण भइ प्रचलनमा आईरहेकोछ।आज केस्राविधा नेपाली साहित्यमाझ प्रतिपादन भई नेपाली भाषामा उर्वरा भएता पनि यसले समयक्रमसंगै अन्य राष्ट्र वा राष्ट्रिय भाषामा पनि उपस्थिति जनाउन सक्नु पर्दछ,अनि मात्र यस विधाले सर्वव्यापी रुप धारण गरि सर्वमान्य भई कालान्तरसम्म नै स्थापित रहनेछ।

निष्कर्ष:
       
केस्रासाहित्य विधाको आधिकारिक मिति[संवत्]तोक्नका लागि मत सर्वेक्षणमा प्राप्त भएको अभिमत तथा धारणामा गम्भीर भई निराकरण गरिएकोछ।यस विधाको खोज-अनुसन्धान गरिएमा केस्राविधाको सार्वजनिक मिति वि.. १७-०९-२०६८ अथवा सन् ०१-०१-२०१२ यी दुवै मितिलाई अनिवार्य आधार मानिनेछ।विशेषत: नेपाली साहित्यको लागि केस्राविधा प्रतिपादन भएको हो।यो गौरब सर्वदा नेपाली साहित्य र नेपाली साहित्यकारमाझ अकाट्य रहि रहने छ। केस्राविधाको गोष्टि,सेमिनार,प्रतियोगिता आदि कार्यक्रममा दुवै मिति [संवत्]को अनिवार्य उल्लेख गरिएता पनि यसको आधिकारीक वार्षिकोत्सवको अनुपम दिन भने हरेक वर्ष जनवरी १ तारिख रहने निर्णय गरिएकोछ।
*******      ********      *******      *********

समाचार: केस्रा" साहित्य विधाको सार्वजनिक 

२०१२-१ जनवरी, क्वालालम्पुर,मलेसिया / साहित्यमा नया विधाको रुपमा प्रतिपादन भएको "केस्रा" विधाको घोषणा पत्र सार्वजानिक तथा पत्रकार सम्मेलन यही जनवरी १ तारिको दिन क्वालालम्पुर स्थित एक सभाहलमा सम्पन्न भयो । 
      नयन साहित्य समाज, जोहोरका निवर्तमान अध्यक्ष तथा केस्रा बिधाका प्रवक्ता दिलिप 'सगर' राई को सभाध्यक्षमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथिमा विश्व नेपाली साहित्य महासंघका केन्दि्रय सदस्य जीतमान राई 'सबिन' को उपस्थिति रहेको थियो । केस्रा विधाका प्रवर्तक मौलश्री लिम्बु व्दारा किन र कसरी यो विधाको जन्म भयो भन्ने बारेमा उपस्थित सबै माझ आफ्नो धारणा राखेका थिए । प्रमुख अतिथिव्दारा ‘घोषणा-पत्र ‘सार्वजनिक गरि आफ्नो भनाईको क्रममा केस्रालाई आफ्नो कमि कमजोरीहरुलाई सुधार्दै अघि बड्नु पर्ने राय दिएका थिए । यसो गरेमा सफल्ता अवस्य मिल्न सक्छ थप आफ्नो भनाईमा बताएका थिए । साथै कार्यक्रम सञ्चालक तथा केस्रा विधाका प्रवक्ता जीवन देवान 'गाउँले' ले पनि केस्राका बारेमा धेरै कुरा प्रस्ट्याउनुको साथै यसमा रहेका कमि कमजोरीहरुलाई एकापसमा छलफलव्दारा समाधान गर्दै लगिने कुरा बताएका छन् । कार्यक्रमको स्वागत मन्तव्य कवि जे.वि.राई ‘रुमानी’ले गर्नु भएको थियो।
       गजलकार तथा अनाममण्डली मलेशियाका अध्यक्ष श्रीजनश्री ले आफ्नो भनाईमा केस्रा विधालाई मलेशियाबाट प्रतिपादन गर्न सकेकोमा खुशी लागेको र यसलाई स्थापित गराउन स्वदेशमा पनि पहल गर्नु पर्ने राय व्यक्त गरेका थिए । अन्य वक्ताहरु साहित्यकार मनि राई 'गोठाले', रुवेन पुन 'रन' लगायतका सहभागीहरुले आ आफ्नो राय प्रस्तुत गरेका थिए । साहित्यकार दिलिप 'सगर' राई ले केस्राको प्रकार र वाचन शैलीको बारेमा प्रकाश पार्ने काम गरेका थिए ।
[दृष्टान्त:- समाचार प्रकाशित पत्र-पत्रिकाहरु:- १) 'श्रम साप्ताहिक' समाचारपत्र ,मलेसिया  २) 'नेपाल पृष्ठभूमि' साप्ताहिक,मलेसिया ३) 'नेपाली खबर' पत्रिका ,मलेसिया ४) वेभ साईट www.sahityaghar.com]