कसैले भने हाङ्ग
कसैले ठाने माङ्ग
मुन्धुममा पूजेको
काटेर जस्को टाङ्ग
ऊ सोझो पारुहाङ्ग
इतिहासको चाङ्ग ।
२१-०८-२०१३
"झरी"
बर्ष बर्ष ए झरी
गरेर मनपरी
शितलता छाउँदै
खुशी धरती भरी
आईदेउ सँधै झरी
ल्याउ आनन्द छरी ।
०१-०७-२०१३
“लागि”
तिम्रो लागि
आएँ भागी
देउतासंग
वर मागी
हाम्रो लागि
सारा त्यागी।
०३-०६-२०१३