- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Tuesday 1 October 2013

खेमराज गाउँलेको कृति

           खेमराज गाउँलेको कृति
- प्रेमप्रकाश मायालु
मुक्तक संग्रह:-"मनभित्रको मन
प्रकाशित :- २०७० 
         परिचित वा चर्चित हुनलाई अर्थात् नाम कमाउनलाई नेपालको राजधानी काठमाडौं उपत्यका वा कुनै व्यस्त शहरमा बस्नैपर्छ भन्ने छैन । मोफसलमा बसेर पनि धेरैको ढुकढुकी अनि रोल्पा जिल्लाको मुटुजस्तै बन्न सफल थोरै स्रष्टाहरु रोल्पामा छन् । जसका ज्वलन्त उदाहरण हुन्– खेमराज गाउँले । २०४४ सालमा खुमेल–५, रोल्पामा आफ्ना आँखाको ढकनी खोलेका गाउँले निकै सोझा र इमान्दार युवाका रुपमा चिनिन्छन् । हुन पनि स्रष्टाहरु प्रायः इमान्दार भएर नै साहित्य रचना गर्छन् । उनी अन्तर्मुखी स्वभावका साथै मध्यममार्गी व्यक्तित्वका रुपमा बढी देखिन्छन् । पत्रकार र साहित्यकार खेमराज गाउँलेको रोल्पामा प्रशंसा नगर्ने मान्छे ज्यादै न्यून नै होलान् । पुराना पुस्ताका पत्रकार साहित्यकारदेखि लिएर नयाँ पुस्ताका स्रष्टाहरुले गाउँलेको मुक्तकण्ठले गुणगान गाउको पाइन्छ । खेमराज गाउँलेलाई ज–जसले चिने पनि र उनी जसरी चिनिए पनि यथार्थमा उनी मूख्यतः एक
साहित्यकार र दुई पत्रकार नै हुन् । रोल्पाका रेडियो र पत्रपत्रिकाको लागि समाचार बनाउने र प्रषित गर्ने काम गाउँलेभन्दा सायद अरुले कमै गर्छन् । शुरु–शुरुमा बढी फुट्कर लेखरचनाका माध्यमबाट प्रस्तुत 
संयुक्त गजल संग्रह
"क्रान्तिकारी हातहरु 
भइरहने गाउँलले हालसम्म २ वटा साहित्यक कृति पनि प्रकाशित गरेका छन् ।गाउँले विभिन्न सामाजिक सञ्जालहरुका माध्यमबाट समेत रोल्पाकै क्रियाशील र थोरैमा एक स्रष्टा हुन् । जिम्मेवारीलाई अनिवार्य रुपले बहन गर्ने गाउँले मूलतः साहित्य साधनाका हिसाबले अझै इमान्दार देखिन्छन् । जुन कुरालाई प्रष्ट्याउन उनका दुई कृतिका बारेमा थोरै समीक्षा गर्नु आवश्यक ठान्छु ।

देश र जनताका लागि मर्नेहरु थोरै हुन्छन्
जोखिममा महासागर तर्नेहरु थोरै हुन्छन् ।
आफ्नो भन्दा अरुको भलाईका लागि,
जानीजानी चितामा पर्नेहरु थोरै हुन्छन् ।

       साँच्चिकै गाउँलले माथिका आफ्ना गजलका शेरहरुमार्फत् वर्तमान व्यस्त परिवेशमा बाँचिरहेको मानिसको खास प्रवृत्तिर्ला व्यक्त गरेका छन् । कुनै समयमा नेपाली पुर्खाहरुले आफ्नो शौर्य र पराक्रम देखाएकै हुन् । तर अब मानिस देश र जनताका लागि वा अरुका निम्ति पटक्कै केही गर्दैनन् । गरेमा पनि वश आफ्नो स्वार्थपूर्ति हुने काम मात्र गर्छ ।

यो शहरमा अझै मैले गाउँ भेटिनँ
चोट कहाँ छ, पीरतिको घाउ भेटिनँ
पश्चिमी संस्कृति पछ्याएर पो हो कि,
अचेल प्रेमको निश्चित भाउ भेटिनँ ।

      वास्तवमै गाउँले गम्भीर र यथार्थवादी व्यक्तित्व हुन् । उनले जीवन के हो ? भन्ने कुरालाई पनि राम्रोसँग बुझेका छन् । गाउँमा जन्मिएका उनी गाउँले स्रष्टा भएकाले शहरको जीवन गाउँको जस्तो नहुने कुरा बताउँछन्, माथिका गजलीय शेरमा । पूर्वी संस्कृतिका रुपमा चिनिने नेपाली संस्कृतिमा पश्चिमी संस्कृति भित्रिदिनाले पनि शहरमा अझ जीवन र प्रेम दुवै भेटाउन कठीन भएको विचार गाउँलेको छ ।

आँसु पिउँदै बाँच्नुपर्ने बाध्यता उस्तै छ
के छ भनी खबर नासोध व्यथा उस्तै छ ।
टुक्रा टुक्रा मनलाई जोड्ने प्रयास गर्दैछु,
गरिब ‘गाउँले’को यहाँ कथा उस्तै छ ।

      संसारका सबैको जीवन चाहेको र इच्छाएको जस्तो बन्नै सक्दैन । जन्मेपछि मृत्युलाई अनिवार्य स्वीकार्ने नियमसँगै जीवन चलिरहेको हुन्छ, क्षणिक समयका लागि । गाउँले पनि सानै उमेरमा आफ्ना पितालाई गुमाएका असहाय हुन् । उनलाई पितृस्नेहबाट वञ्चित हुनु परेको व्यथासँगै बाध्यतावश जीवन जसरी तसरी चलाउनु परेको अवश्य हो । जति नै प्रयास गर्दागर्दै पनि आर्थिक समस्यालाई व्यहोर्नु परेको जीव्न कथा छ गाउँलेको । अनि छ जीवन कहानी ।

भगाएर होइन म तिमीलाई मागेर लान्छु
मेरो मनमुटुमा तिमीलाई साँचेर लान्छु
मैलेझैं तिमीले मलाई माया गछ्र्यौ भने
हुन्छ भन, डोलीमा तिमीलाई राखेर लान्छु ।

      कसैसँग नजानिदो रुपमा एकोहोरो भए पनि वा एकोहोरो रुपमा भए पनि प्रेम हुने गर्दछ । आखिर प्रेम सुन्दर जीवनको आधार पनि हो । बुझेर, जानेर र इज्जत मानेर कसैलाई प्रेम गर्दा नै त्यहाँ सच्चा जीवन प्राप्त हुन्छ । गाउँले पनि एक अविवाहित तथा लक्का जवान हुन् । त्यसैले त उनी नम्र र मायालु भाषामा आफ्ना प्रियसीलाई मनका कुरा मनैदेखि भनेका छन्, उद्दृत मुक्तममा । हाम्रो समाजमा भागेर विवाह गर्नेहरुलाई समाजको नियम तोडेका रुपमा लिन्छन् । अनि त्यस किसिमको कार्यलाई समाजमा नकारात्मक रुपमा लिन्छन् । तर गाउँलेले आफ्नो मान्छेलाई नियम नतोडी प्रचलित चलनअनुसार नै मागेर तथा डोली चढाएर लाने कुरा गरेका छन् । जुन कुरा गाउँलेको मनभित्रको मनकै भाव पनि हो ।

खुशी साट्दै जीवनभर बाँचौ सँगसँगै
पीरतिको गफगाफ गर्दे हाँसौं सँगसँगै
हामी दुईको मनमुटु एक भइसक्यो
पीरतिलाई जतन गरी राखौं सँगसँगै ।

      गहिरो माया बसेछ, गाउँलेको । त्यसैले आतुर भएर आफ्नी प्रेमीकालाई सँगै बाँच्ने र सँगै हाँस्ने आग्रह गर्छन् । दुई जनाको मनमुटसमेत एकै भएकाले पीरतिमै हराउने आग्रहको भावना व्यक्त गर्छन्, गाउँले ।

यात्रा अन्तै मोड्यौ हैन ?
नाता अन्तै जोड्यौ हैन ?
माया किन्न सकिएन गरिबीले गर्दा
धनीलाई नै रोज्यौ हैन ?

      यहाँ प्रेमलाई क्षणिक रुपमा लिने र धन सम्पत्तिसँग तुलना गर्नेहरुले वास्तवमै प्रेमको बद्नामी गरिरहेका छन् । केही दिनको हाँसखेलका रुपमा चोखो मायालाई अथ्र्याउनेहरुको मन त सायद पत्थरभन्दा पनि कठोर हुन्छ होला । हुन पनि अधर्मीलाई के थाहा प्रेमको अर्थ ? खै निष्ठूरीलाई त एकपछि अर्कोसँग नाता जोड्दै जाने अनि त्यो नाता ताड्दै र याता अन्तै मोड्दै जानेभन्दा बढी के पो आउला र ? गाउँलेको पनि जहाँसम्म प्रेम तोडिएकै गुनासो रहेको छ, उक्त सुन्दर मुक्तममा ।

प्रेमको खेल हारेर रोएँ ।
एक्लै आँसु झारेर रोएँ
विर्सने मन त थिएन मेरो
तिमीले माया मारेर रोएँ ।

      अवश्य पनि निष्ठूरीले माया मारेर गइन् भने त जिन्दगी बिताउन कहाँ सजिलो हुन्छ र ? आफ्नै ठानेको मान्छेले चटक्कै छोडेर गइन् भने त आँसु झारेर रुने कठिन अवस्था पो सिर्जना हुन्छ । उनलाई बिर्सन र भुल्न र भुल्न मन नहुँदा नहुँदै पनि प्रेमको बाजीमा हारेकोझैं महसुस हुन्छ, प्रेम गर्ने प्रेमीलाई । गाउँले पनि मायामा धोका पाएपछिको भित्री मनका प्रसङ्गमा खुलेका छन्, माथिका सुन्दर मुक्तकीय शैलीमा ।

फर्किहाल्छौ कि भन्ने अझै आस बाँकी छ
तिमीलाई सम्झी राखेको गास बाँकी छ
पर्खिदा पर्खिदै थाकिसकें म त आज
तिम्रै लागि भनेर मात्र सास बाँकी छ ।
श्रष्टा:- खेमराज 'गाउँले'

      आफूसँग भएको चिजवस्तुलाई गुमाएर पनि पुनः प्राप्त गर्न सकिन्छ कि ? भन्ने आश हुन्छ, मान्छेमा । यो मानवीय विशेष प्रवृत्ति हो । यहाँसम्म कि आफूदेखि अलग भएर गइसकेको मान्छेसमेत फर्किन्छन् कि भनेर उसैलाई सदासदा पर्खिने काम पनि हुन्छ । अझ यो संसारमा बाँचिरहँदा पनि केवल उनकै लागि हो, भन्ने भ्रम हुन्छ, मान्छेमा । तर वास्तविकता भने सोचेको भन्दा निकै फरक भइसकेको हुन्छ, जीवनमा ।
       यसरी यौवनका सबै मनहरुलाई केलाउँदै, नियाल्दै तथा जीवनका हरेक उतारचढावसँग नजिक रहँदै र भोग्दै आफ्ना सिर्जनशील हातलाई क्रियाशील बनाउँदै फुट्कर रुपमा अझै बढी देखिने साधक हुन्–गाउँले । सबैसँग मित्रवत् व्यवहार गर्ने गाउँले औधी मिलनसार पनि देखिन्छन् । रोल्पाका क्रियाशील मध्येका थोरै युवाहरुमा पर्ने गाउँलेका बारेमा चाहे रोल्पाकै साहित्यिक कार्यक्रममा होस्, चाहे दाङका विभिन्न कार्यक्रमहरुमा किन नहोस्, चर्चा भएकै सुनेको छु । दाङका प्रयाः कार्यक्रममा उपस्थित हुँदा रोल्पाली मित्रहरुसँग पनि भेटघाट हुन्थ्यो र म गाउँलेकै प्रसङ्ग कोट्याउँथे । त्यतिखेर केही मित्रहरुले गाउँलेलाई रोल्पाको मुटु संज्ञा दिएको पनि सुनेको छु । यसपछि गाउँले र गाउँलेको योगदानका बारेमा चासो बढेको हो, मलाई । फलस्वरुप उनको प्रवृत्तिगत विशेषताको चर्चा गर्दै उनका ‘क्रान्तिकारी हातहरु’ संयुक्त गजलसङ्ग्रह र ‘मनभित्रको मन’ मुक्तकसङ्ग्रहका बारेमा समेत मेरा केही मसिना शब्दहरुलाई उन्ने प्रयास गरेको हुँ । मेरो यो अँधुरो र अपूरो समीक्षलाई रोक्दै गाउँलेको बारेमा कुनै दिन एक वरिष्ठ समालोचक वा समीक्षकले विस्तृत रुपमा लेखिदिनु हुनेछ भन्ने आशा राख्दछु ।
उवा–६, रोल्पा

[साभार:- http://samakalinsahitya.com/reloaded.php?show=detail&art_id=4462 - शनीबार, ५ आश्वीन, २०७०]
[दृष्टान्त:- खेमराज गाउँले जीका केस्राहरु अध्ययन गर्नका लागि यहाँ क्लिक गर्नुहोस् ]

No comments:

Post a Comment