- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Saturday 2 November 2013

दस्तावेज:-अध्याय-क [भाग-३]

          “केस्रा”विधाको नामाकरण 
                                             [पृष्ठ ४२-४३] 
         नेपाली साहित्यमा धेरै विधाहरु छन् ।प्रत्येक विधाहरुको छुट्टै तत्व तथा आधारहरु हुने गर्छन।संरचना शिल्प,प्राविधिक पक्ष,लय तथा प्रस्तुति आदीमा फरक-फरक पहिचान भएकोले अलग विधाको नामकरण सम्भव भएको हो।मुलत:साहित्य विधालाई चार प्रकारमा विभाजन गरिएकोछ:-१) आख्यान= उपन्यास,कथा,लघुकथा,आत्मा कथा आदि २) कविता = गीत,कविता,गजल,मुक्तक आदि ३) निबन्ध = निबन्ध,प्रबन्ध,नियात्रा,संस्मरण आदि र ४) नाटक =एकाङ्की,पूर्णाङ्की आदि ।अहिले यिनीहरुको सूक्ष्म अध्ययन पछी दुई भागमा बाँडेर चर्चा गर्न थालिएकोछ।:-१) आख्यान र २) अनाख्यान
        आख्यान भन्नाले सिलसिलेवार शब्दहरुको वाक्य संरचनामा पद्ध्य विधामा जस्तो लय नभएका उपन्यास,कथा,लघुकथा,निबन्ध,नाटक,नियात्रा आदि पर्दछन।त्यस्तै अनाख्यान विधा अन्तर्गत कविता,गीत,गजल,लेखिएका खण्ड काव्य-महा काव्य,गद्ध्य कविता आदि पर्दछन।विधाहरुलाई दुई समूहमा
विभाजन गरिएता पनि ति शिर्षकहरुको आफ्नै गुण-विशेषता,मान्यता,शिल्प,संरचना आदिले गर्दा एक-अर्कामा बिल्कुल फरक छन् ।त्यसैले यिनीहरु अलग विधाको पहिचान लिएर साहित्यमा देखा पर्न सम्भव भएको हो।यहि अर्थमा कविता विधा कै पृष्ठभूमिमा रहेर पनि ''केस्रा''मा आफ्नै मुल्य-मान्यता,संरचना,शिल्प आदिको मौलिक संयोजन छ।जसरि दुधबाट बन्ने परिकारहरुको गुण-विशेषता आदिले गर्दा नाम फरक छन् त्यसरी नै कविता विधा अन्तर्गत आफ्नै मान्यता,संरचना आदिले गर्दा ''केस्रा' फरक नाम रहेकोछ।दुधलाई तताएर ठेकीमा राख्छौ त्यो दही बन्छ,दहीबाट मही र घिउ।त्यसतै दुधबाट विभिन्न प्रकारका परिकार बन्छन,समग्रमा यी सबैलाई दुध भनेर सम्बोधन गर्न मिल्दैन।दुधबाटै बनेता पनि तिनीहरुको गुण-दोष,विशेषता फरक बन्न गएकोले अलग पहिचान रहेको हो।यसको मतलब के भन्न खोजिएको हो भने पद्ध्य साहित्यहरु कविता विधा अन्तर्गत नै बनेका हुन् तर तिनीहरुको संरचना,मान्यता,शिल्प,लय,प्रविधि आदिले गर्दा अलग पहिचानका साथ फरक विधाको नाममा सुचिकृत हुन सफल बनेको हो।कविताबाट बनेका खण्ड काव्य-महा काव्यलाई हामीले कविता मात्र भन्न मिल्दैन ।त्यस्तै सायरी तथा मुक्तकको लामो रुप मानेर गजल भन्न मिल्दैन।साथै सायरी-शेर,मुक्तक-रुवाईलाई हामीले लघु गजल तथा गजलको उपविधा मानेर स्विकार्न कदापि सकिंदैन। यिनीहरु न त गजलको प्रारम्भिक संरचना वा सोचबाट रचिने गरिन्छ न त गजल नै यी विधाहरुलाई आधार मानेर लेख्ने गरिन्छ। यिनीहरुको लेखन प्रविधि,लय,संरचना उस्तै देखिएता पनि आफ्नै मान्यता,शिल्प,सूक्ष्म संरचना आदिले गर्दा फरक पहिचानका साथ विध्यमान रहेकाछन् ।यसर्थ दुधबाट बन्ने परिकारहरुको विशेषतासंगै नाम फरक भए जसरि नै कविता विधा अन्तर्गत ''केस्रा'' विधा पनि फरक पहिचानका साथ “केस्रा” नामाकरण रहेकोछ।
[दस्तावेजको पछिल्लो अंक अध्ययन गर्नका लागि यहाँ क्लिक गर्नुहोस्]

No comments:

Post a Comment