- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Monday 25 November 2013

दस्तावेज:- आफ्नो भनाई [भाग-१]

         प्रवर्तकको कलमबाट 
- मौलश्री लिम्बु
झापा,हाल-मलेसिया 
                                  [पृष्ठ ड-त]
“जाउँ”

जाउँ यता
जाउँ उता

दु:खी मान्छे
जाउँ कता

जाउँ यता
जाउँ जता। 




            प्रयुक्त रचना साथै संरचना सर्वप्रथम फेसबूकमार्फत [०३-१०-२०११] मा ‘केस्रा विधा’ प्रस्तावका लागि प्रकाशित गरिएको हो। अहिलेको अत्याधुनिक समयमा इन्टरनेटको माध्यमले साहित्यको क्षेत्रलाई बृहत,छिटो,सुलभ अनि सुविधा उपभोग गर्नेहरुको पहुँचसम्म पुर्याई रहेकोछ।‘केस्रा’ विधाको घोषणा हुनुमा इन्टरनेटको प्रयोगले पनि अति नै सघाउ पुर्याएकोछ।यसैको प्रयोगले प्रकाशित हुने ‘केस्रा’ हरुमा अग्रज स्रष्टा ,सर्जक,समकालीन साहित्यानुरागी मित्रहरुसंग बारम्बार बहस/प्रतिक्रिया आदान-प्रदान गरि विधाका लागि चाहिने आधारभूत मान्यताहरुको खाका तयार पार्न सम्भव भएको हो। उपर्युक्त
केस्रा झट्टै अध्ययन गर्दा सोझो अर्थ र शब्दहरु मात्र उच्चारण गरे जस्तो लागे पनि यसको गम्भिरता, पृथक संरचना,भावको प्रभाव र एकरुपता,विषयमा हुने अंश वा सूक्ष्मताको प्रष्फुटन भएकोले यस रचनाको लागि गम्भीर अध्ययन-अनुसन्धान गर्न सबैबाट हौसला मिल्यो।थोरै शब्द त्यसमा सार्थकता पूर्ण भावार्थको उजागर हुने भएकोले क्रमश: अन्य सर्जकहरु पनि प्रभावित भई लेखन थालनी भयो।प्रकाशित रचनाहरु संरचनाको आधारमा हुबहु प्रकाशन भएता पनि अन्तरिक पक्षहरुमा अनमेल भईरहेको थियो।विधालाई अलग पहिचान दिनका लागि बाँकी आधारभूत मान्यताहरुको पूर्ण रुपरेखा तयार नभएकोले भ्रम फैलिन थाल्यो।यसर्थ निश्चित मान्यताहरु तर्जुमा गर्नका लागि निरन्तर बहस गर्दै सल्लाह/सुझावहरुलाई मनन गर्दै फलस्वरूप केस्राको प्रकार,अन्त्यानुप्रासको प्रयोग र अनुप्रासको प्रकार आदि बारे नियमहरुको प्रालेख तयार पार्दै प्रकाशित गर्दै गएँ।ति सबै नियमहरुलाई आधार मानेर लेख्न थालिएकोले रचनाहरुको अन्तरिक र बाह्य पक्षहरुमा एकरुपता र अन्य विधाहरुको तुलनामा पृथकता कायम हुँदै गयो।अन्ततः ति सबै प्रलेखहरुलाई समेटेर अलग आधारभूत मान्यताका साथ “केस्रा’ विधाका लागि घोषणा-पत्रको प्रस्तावना प्रतिवेदनलाई फेसबूकमार्फत नै [वि.सं.२०६८/०६/२६ सन् १३-१०-२०११] मा प्रकाशित गरि ‘केस्रा’ विधाको घोषणा गरें।तत्काललाई भने प्रत्येक सर्जकका स्वतन्त्र मान्यता र संरचनाको भ्रमहरु टरेर गयो।जसले गर्दा अलग विधाको मानसिकता बढ्दै गयो।
        इन्टरनेटमार्फत सामाजिक संजाल फेसबूकमा ‘केस्रा’ विधाको घोषणा गरिएता पनि यसको प्रस्तावना प्रतिवेदन भने “घोषणा-पत्र”को लागि पूर्ण थिएन।यसको लागि फेसबूकमा प्रकाशित हुने ‘केस्रा’ रचनाहरुमा निरन्तर बहस/प्रतिक्रिया गरि यसैमा अभिप्रेरित भएर पुन:लेखहरु तयार पारें।उक्त लेखमा पनि टिका-टिप्पणी भए। केस्राको लागि चुनौती भने विषय वस्तुको अभिव्यति र अन्य विधाहरु भन्दा बेग्लै शैली,मान्यतामा भावार्थको प्रष्फुटन र महशुस दिलाउनु थियो।जसको तर्जुमा गर्नका लागि विधाहरुको अन्तरिक पक्षले प्रमुख भूमिका निर्वाह गरेको हुन्छ।विधाहरुमा एउटा विषय वस्तुलाई रचना गर्दा वा लेख्दा सबै रस वा पक्षलाई समेटेर उतिकै प्राथमिकता दिएर लेख्ने गर्दछौ तर केस्राका लागि एक रस वा विषय वस्तुमा अन्तर्निहित विविध पक्ष मध्ये एक पक्षलाई विशेष प्राथमिकता दिएर लेखिनु पर्छ भनि अन्तरिक संरचना तय गरियो।अपितु,केस्राको लागि कठिन चुनौती र प्रमुख बहसको विषय भने यसको बाह्य संरचनामा हुन थाल्यो।संरचनाको लागि केहि फरक नमूनाहरु तयार पारी बहस गरियो।केस्रा सर्जक र केहि वरिष्ट साहित्यकार ज्यूहरुको रायमा प्रयुक्त संरचनालाई नै सदर गरि मान्यतामा ल्याउन सफल भयौ।बाह्य संरचना त्यसै पनि अन्य विधाहरु भन्दा स्पष्ट गरि अलग छंदैछ अझ यसको अन्तरिक पक्षले केस्रालाई निर्लिप्त बनाएकोछ।यो पृथकताले गर्दा नै केस्रा लेखनप्रति सर्जकहरुको अभिरुची बढ्दै गयो/गईरहेकोछ।
       “केस्रा” विधाको लागि घोषणा-पत्र तयार पारेर सार्वजनिक गर्न मेरो लागि कम चुनौती थिएन।केहि नियमहरुलाई परिष्कृत गर्दै अवधारणाका लागि सहि रुपरेखा खिच्न शुभ चिन्तकहरुको हौसला,समर्थनले मात्र कदापि सम्भव थिएन जसका लागि प्रतिक्रियाको क्रममा स्वीकारेर मनन गर्नु परेका आरोप-प्रत्यारोप,आपत्ति-असहमति यी सबैको उतिकै महत्वपूर्ण भूमिका रहेकोछ। अन्ततः यिनै प्रक्रियाहरुबाट प्रतिवेदनलाई परिमार्जन एवं संशोधन गरि “साहित्यमा केस्रा विधाको घोषणा-पत्र २०६८/२०१२” तयार पार्न सफल भएँ।यसलाई इन्टरनेटको दुनियाँबाट सर्वसाधारण सबैको पहुँचसम्म पुर्याउनका लागि नयाँ वर्षको पावन अवसर पारेर सन् २०१२ जनवरी १ तारिखको दिन क्वालालुम्पुर,मलेसियामा पत्रकार सम्मेलन गरि विधिगत रुपमा साहित्यका लागि नयाँ विधा ‘केस्रा” को सार्वजनिक गरियो।यहाँबाट प्रकाशित हुने पत्र-पत्रिकाहरुले प्राथमिकताका साथ समाचार,क्रमश: घोषणा-पत्र,आलेख र केस्राहरु प्रकाशन गरि समर्थन र सहयोग निरन्तर दिईरहेका छन्। यो ऐतिहासिक कदमको उद् घोष र प्रकाशनले केस्रा लेखन विस्तारमा तीव्र गतिले संख्यात्मक र गुणात्मक सिर्जनाहरु हुन थाल्यो।अधिकांश सर्जकहरुले केस्राको मूलमर्मलाई बुझेर लेख्ने प्रयास गर्नु भयो भने कतिपयले उपस्थिति जनाउनका लागि मात्रै पनि लेखे।यी दुई पक्षका केस्राहरुबीच आकाश-पातालको अन्तरहरू भेटिए।जसले गर्दा ‘केस्रा’लाई सामान्य आँक्न मुनासिब थिएन र पृथक विधाका लागि प्रमाणित गर्न गहकिलो आधारहरु साबित भयो।फलस्वरूप: सबै सर्जकहरुको ‘केस्रा’हरुलाई संकलन गरि सुरक्षित तथा अभिलेखालयको लागि “केस्रा मञ्च” ब्लग निर्माण गरेर यस विधालाई अझ प्रवर्द्धन र संरक्षण गरिएको छ ।यो पुस्तक उक्त ब्लगबाट प्रकाशन गर्न सम्भव भएको हो। ब्लगमा प्रकाशित घोषणा-पत्र,प्रमुख आलेखहरु, साथै सर्जकहरुको सन् २०१२ भरि प्रकाशन भएका र लेख्नु भएका प्रतिनिधि केस्राहरुलाई सम्पादन गरेर ‘"केस्रा" 'साहित्यमा केस्रा विधाको घोषणा तथा दस्तावेज” नामक यस पुस्तक प्रकाशन गरिएको छ।
       वर्तमान समयमा मानवीय क्रियाकलाप,आवश्यकताका वस्तुहरु,उपभोगका सामाग्रीहरु,सदुपयोग,तौर-तरिका आदिमा सस्तो,छिटो,टिकाऊ,आकारमा सूक्ष्मताको प्रयोग दिनानुदिन बढिरहेकोछ।यसको मतलव पुराना वस्तुहरु बिस्थापित हुँदै गईरहेकोछ भने बदलामा अनेक विशेषतायुक्त सामग्रीहरुको आविष्कार/प्रतिपादन भईरहेकोछ।साहित्य क्षेत्रमा पनि यसले प्रभाव पारिरहेकोछ,फलस्वरूप लामो-लामो लेख,रचना साथै सविस्तार गरिएको कथ्यहरु भन्दा छोटो र सिलसिलेवार मिलेका रचनाहरु रुचिका साथ अध्ययन गर्ने गरिन्छ।पुरानो वस्तुको विस्थापन र नयाँ वस्तुको प्रतिस्थापन हुनुसंग केस्राको सम्बन्ध रहेता पनि ति पुराना ,नयाँ या सम्भावित निर्माण हुने वस्तु वा संरचनाको एक-एक सूक्ष्म तत्त्व वा पदार्थको भूमिकालाई महत्त्वका साथ चर्चा-परिचर्चा गरि दर्शाउन सक्नु केस्रा विधाको विशेषता हो।यस्तै समय क्रमसंगै हुने आर्थिक, शैक्षिक, सामाजिक,राजनीतिक परिवर्तनले साहित्यमा नयाँ सोच र प्रयोगको प्रादुर्भाव हुने गर्दछ।यसर्थ ‘केस्रा’विधा प्रतिपादन हुनमा पनि यी सबै तत्वहरुको भूमिका रहेकोछ।वस्तुत:विषय वस्तुको विविध पक्षहरुलाई सूक्ष्मताको आधारमा पहिचान गरि अलग र एकल वचर्स्व भावमा समेटेर लेख्ने कोशिस धेरै पहिले देखि नै गर्न खोजेता पनि अलग विधा र “केस्रा” नामाकरणको सोच ममा थिएन। यद्यपि आन्तरिक र बाह्य पक्षहरुको केहिहदसम्म परिकल्पना गर्दै आएको थिएँ।आज मूर्त रुप लिन सम्भव भएकोछ।तथापि भोलिको समय/पुस्तामा “केस्रा” विधा कति रुचिकर भई प्रचलनमा आउने हो या अप्रचलन हुने हो,यसका लागि अड्कल लगाउन मुश्किल नै पर्ला।वर्तमान समयमा मानवीय संवेग तथा हरेक क्रिया-प्रक्रियाहरु व्यस्त,छिटो,सुलभ र सूक्ष्मतामा केन्द्रित रहदै गईरहेकोले ‘केस्रा’ विधाको अवधारणा समयसापेक्ष रहिरहनेछ भन्दा अत्युक्ति नहोला।
     अन्तमा,केस्रा विधा प्रतिपादनका लागि प्रवक्तात्रय,सल्लाह/सुझाव एवं मत-अभिमत दिनु हुने महानुभावहरु,यस पुस्तकका लागि भूमिका र शुभकामना लेखि दिनु हुने सम्मानीय स्रष्टा, केस्रा सर्जकहरु, प्रकाशनको लागि यथाशक्य आर्थिक सहयोग गर्नु हुने शुभचिन्तक/सहयोगी एवं सम्पूर्ण केस्रा अनुरागीहरुमा हार्दिक आभार व्यक्त गर्दछु। धन्यवाद ।

[दृष्टान्त:- उपर्युक्त केस्राको अनुप्रास "उता" अनुप्रास संरचनामा दोष रहेको छ।अन्य अनुप्रासहरु समश्रुति अनुप्रास" का आधारमा रहेका छन् ।जस्तै:- यता =य+अ+ता> "अता" स्वर उच्चारण । उता =उ+ता> "उता" स्वर उच्चारणकता = क+अ+ता>"अता" स्वर उच्चारणजता =ज+का+ता>"अता" स्वर उच्चारण ।]

{दृष्टान्त:- दस्तावेजको पछिल्लो भाग अध्ययन गर्नका लागि यहाँ क्लिक गर्नुहोस् ]

No comments:

Post a Comment