- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Wednesday 6 November 2013

असफल गौतम

    असफल गौतम जीका केस्राहरु 
- असफल गौतम
पोखरा 

"चाकडी"

खै सधै दुई अक्षर केरिरह्यो
चाकडीले सीमा नाघ्दा हेरिरह्यो

उनी आजको चलन यस्तै भन्छन्
तर एक्लै लामो सास फेरिरह्यो

दिनरात नभनि नै केरिरह्यो
दोसल्ला त अर्कैले पो बेरिरह्यो !
२१-१०-२०१३

"चलखेल"



के हुने हो बेजोड हुरी चल्दैछ
शंका उपशंकाको आगो बल्दैछ

देशमा संविधान बन्ने भएन
विरोधै-विरोध  सडक जल्दैछ

विदेशीको इसारा भित्र चल्दैछ
तयारी संविधान यहाँ फल्दैछ ।

"विस्तारवाद"

नेपालको सीमा सर्दैछ
विदेशीले छल गर्दैछ

स्वदेशको अस्तित्वसंगै
बुद्ध भारतमा पर्दैछ

स्वाभिमान अन्तै सर्दैछ
विश्वमा अफवाह छर्दैछ।
२९-०९-२०१३


No comments:

Post a Comment